नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अब मुलुक बनाउने हो भने प्रधानमन्त्री हुन चाहने व्यक्तिले पहिले आफ्नो सम्पत्ति छानबिनको आव्हान गर्न सक्नु पर्ने बताएका छन्।
आफ्नो सम्पत्ति छानबिनको आव्हान गर्न नसक्ने व्यक्तिले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउँदै जनताको हितमा काम गर्न नसक्ने उनले बताए।
आज (शनिबार) देखि बुटवलमा सुरु भएको नेपाल निर्माण सम्बद्ध श्रमिक संघ काउनको चौंथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता गुरुङले देसलाई भ्रष्टाचार मुक्त नबनाए सम्म विकास र समृद्धि नआउने भन्दै त्यसको सुरुवात प्रधानमन्त्रीबाटै गरिनु पर्नेमा जोड दिए।
स्याङजा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका गुरुङले नेताका सम्पत्ति छानबिन गरे ठुला भ्रष्टाचारका काण्ड बाहिरिने डरले पनि त्यसो हुन नसकेको बताए। उनले आफू प्रधानमन्त्री बने पहिलो काम भ्रष्टाचारीको ढाड सेक्ने र सुशासनको पक्षमा काम गर्ने दाबी गरे। ‘यदि मलाइ प्रधानमन्त्री बन्ने मौका मिले पहिलो काम मेरो सम्पत्ति छानबिनको आव्हान गर्नेछु र भ्रष्टाचारीको ढाड सेक्ने छु’ काँग्रेस उपसभापति गुरुङले भने।
नेताका भ्रष्टाचार काण्ड बाहिरिने डरले पनि आफ्नो नाम प्रधानमन्त्रीमा चर्चा गर्न कसैले नसकेको उनको भनाइ थियो। अहिले नै सरकारको तथा काँग्रेसको संसदीय दलको नेतृत्व कसले गर्ने भन्ने बारेमा चर्चा गर्नु हतार हुने भन्दै उनले आफूलाई प्रस्ताव गरिए नाइँ नभन्ने पनि बताए।
नेता गुरुङले मजदुर बर्गलाइ समृद्ध नबनाए सम्म देश सम्पन्न बन्न नसक्ने पनि बताए। नेता र तीनका आफन्त भाइ भतिजा, श्रीमती अघिपछि लगाएर गरिने राजनीतिले नेता मात्रै सम्पन्न हुने भन्दै उनले देशको विकास र समृद्धि कालागि मजदुर वर्गको उत्थानमा विशेष ध्यान दिनु पर्ने बताए।
उनले अव बन्ने सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्नु पर्नेमा जोड दिए।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) का केन्द्रीय अध्यक्ष जेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आर्चाय,पूर्व अध्यक्ष खिलानाथ दाहाल,नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य कुमार केसी,काँग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण,बुटवल उपमहानगरपालिकाका प्रमुख तथा काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे,ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजय कुमार राई,महासचिव योगेन्द्र कुमार कुँवर,गणेशबहादुर केसी,अच्युतराज पाण्डे,कृष्ण प्रसाद बेलबासे, प्रदीप आर्चाय,ओमप्रकाश चौधरी,सूर्य देव दास लगायतले बोल्दै देश निर्माणमा श्रमिक वर्गको महत्त्वपूर्ण भूमिका हुने भएपनि श्रमीकको हित हुने गरी नीति बनाउन या भएका व्यवस्था कार्यान्वयन गर्न सरकार पक्ष सधैं उदासिन देखिएको बताए।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका (काउन) का अध्यक्ष जेवी गुरुङले देश भरका स्थानीय तहमा काउनको सङ्गठन बिस्तार गरी सामाजिक सुरक्षा कोषमा निर्माण सम्बद्ध श्रमिकहरूलाई जोड्ने अभियान संचालन भइरहेको बताए।
पौष ४ गते सम्म चल्ने अधिवेशनले काउनको नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा भाग लिन देशभरबाट काउनमा आबद्ध ३६५ जना प्रतिनिधिहरू बुटवल आएका छन्। काउनको आगामी नेतृत्वकालागि हालमा महासचिव प्रदीप आर्चाय,पूर्व उपाध्यक्ष राजेन्द्र बाँनीया र मकवानपुरका पूर्व जिल्ला अध्यक्ष कुमार पौडेलको नाम चर्चामा छ।