गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जितेका सांसद राजेन्द्र बजगाईले आफ्नो तलब प्राकृतिक विपतमा परेकालाई उद्धारका लागि खर्च गर्ने घोषणा गरेका छन्।
आज सांसदको शपथ लिएपछि बजगाईले सांसदको तलब वा भत्ता सबै प्राकृतिक प्रकोपमा परेको सर्वसाधरणको उद्धारमा खर्च गर्ने बताएका हुन्।
उनले भने, 'आज एक सांसदको रूपमा सपथ लिए तर यसअघिनै मैले नागरिकलाई सेवा गर्ने सपथ खाइसकेको छु र यसैको निरन्तरताको रूपमा मैले सांसदको रूपमा पाउने तलब वा भत्ता सबै गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विपतमा परेकाका लागि खर्चने घोषणा गरेको छु।'