प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले राजीनामा दिएका छन्।
खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनले प्रदेश १ को मन्त्रीपदबाट राजीनामा दिएका हुन्।
मन्त्री राईले बिहीबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।
मन्त्री राईले राजीनामा दिएपछि उक्त मन्त्रालय मुख्यमन्त्री राजेन्द्र राईले नै सम्हाल्ने पोखरेलले बताए। २०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि २०७८ माघ २३ गते खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राईलाई नियुक्त गरेका थिए।