बागमती प्रदेश नेकपा एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन) चयन भएका छन्। बिहीबार बसेको एमाले बागमती प्रदेशको संसदीय दल बैठकले थपलियालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
एमाले बागमती प्रदेशसभामा दोस्रो ठूलो दलको रुपमा रहेको छ। संसदीय दलको नेतामा चयन भएका थपलिया चितवन क्षेत्र नम्बर-१ को प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली निकटका उनी एमालेबाट निर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य पनि हुन्। जेष्ठ सदस्यको रुपमा उनले बिहिबारको संसदीय दलको अध्यक्षता गरेका थिए। डोरमणि पौडेल मुख्यमन्त्री हुँदा उनी राजनीतिक सल्लाहकार रहेका थिए। उनी नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।
बागमती प्रदेशसभामा एमालेको प्रत्यक्ष तर्फका १३ र समानुपातिकतर्फ १४ गरी २७ जना सांसद छन्। एमालेबाट मुख्यमन्त्रीका दावेदार नेताहरु निर्वाचनमा पराजित भएका थिए।