'पर्ख र हेर' मा मधेसी मोर्चा
३१ असार २०७३
•
९ मिनेट पाठ
'पर्ख र हेर' मा मधेसी मोर्चा
काठमाडौं- नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकारमा सहभागिता हुने या नहुनेबारे  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले 'पर्ख र हेर' को रणनीति लिएको छ।

मोर्चामा आबद्ध केही दलका नेताले कांग्रेस–माओवादी गठबन्धन सरकारमा सामेल हुन सक्ने संकेत गरे पनि उनीहरूले त्यसबारे खुलेर बोल्न सकेका छैनन्।  स्रोतका अनुसार मोर्चामा आबद्ध सातवटा दलमध्ये आधाजतिले अब बन्ने गठबन्धनमा सहभागी हुनुपर्छ भनेर लबिङ गरिरहेका छन्। तर, मोर्चाको सबभन्दा ठूलो घटक संघीय समाजवादी फोरम तथा मधेसका मुद्दालाई लामो समयदेखि उठाइरहेका महन्थ ठाकुरलगायत नेता मौन बस्दा सरकारमा सहभागी हुने/नहुने निर्णय गर्न अन्य घटकलाई समस्या परेको हो।

नयाँ सरकारले मूर्त रुप पाउन अझै केही दिन बाँकी रहेकाले ती घटकले कांग्रेस–माओवादी गठबन्धनसँग सरकारमा सामेल हुने अहिले नै निर्णय  गर्दा 'अपरिपक्व' हुने मोर्चाका नेताहरूको ठम्याइ छ। यद्यपि  मोर्चामा आवद्ध ७ वटै दल तथा संघीय गठबन्धनमा रहेमा २८ वटामध्ये धेरैजसोले कांग्रेस–माओवादी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसद्मा पेश गरेको अविश्वासको प्रस्तावको  मतदान प्रक्रियामा भने सघाउने निर्णय गरिसकेका छन्। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले नयाँ सरकारमा सामेल हुनेबारे पहिला ओलीको बर्हिगमन हुनुपर्ने धारणा राखे।

'पहिला प्रधानमन्त्रीको कुर्सी खाली होस्। त्यसपछि सरकारमा सहभागिताबारे निर्णय गरौंला,' झाले भने।

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेश गरेपछि कांग्रेस, माओवादीका नेताले मधेसवादी दलका नेताहरूसँगको छलफललाई तीव्र बनाएका छन्। कांग्रेसका एक नेताका अनुसार नयाँ सरकार गठनका लागि भन्दा पनि विद्यमान समस्या समाधान, संविधान संसोधन गर्न मधेसवादी दल कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सामेल हुनुपर्छ। 'कांग्रेस–माओवादी गठबन्धनलाई दीर्घकालीन बनाउन र संविधान संसोधन लगायतका काम गर्न मधेसवादी  दलले नयाँ सरकारमा सामेल हुने निर्णय गर्नुपर्छ,' उनले भने । कांग्रेससँगको गठबन्धन जुटाउन निकै प्रयास गरेका एक माओवादी नेताका अनुसार छलफल जारी रहेकाले अन्तिममा मधेसवादी दल नयाँ सरकारमा सामेल हुने सम्भावना छ।

'कांग्रेस–माओवादी गठबन्धनले गर्नुपर्ने पहिलो कामको रूपमा मधेसका समस्या समाधान गर्ने लक्ष्य लिइएको छ,' ती नेताले भने, 'मधेसीले राख्दै आएका माग पूरा गर्ने प्रमुख लक्ष्य लिएको सरकारमा मधेसी नआउने सम्भावना कम छ।'

मोर्चाका नेता लक्ष्मणलाल कर्णले कांग्रेस–माओवादी गठबन्धनको सरकारले पहिला मधेस आन्दोलनका क्रममा घाइते, सहिद भएकालाई राहत पुग्ने गरी कार्यक्रम घोषणा तथा संविधान संशोधनको प्रस्ताव ल्याउनुपर्ने बताउँछन्।  कतिपय राजनीतिक विश्लेषक भने मोर्चाका धेरैजसो नेता नयाँ सरकारमा सामेल हुने मनस्थितिमा रहे पनि कांग्रेस–माओवादी गबठन्धनसँग मुद्दा र मन्त्रालय बार्गेनिङ गर्नलाई खुलेर बोल्न नचाहेको बताउँछन्। 'प्रधानमन्त्री ओलीविरुद्ध पेस भएको अविश्वास प्रस्तावलाई सघाउँछौं। तर, नयाँ सरकारमा जाँदैनौं भन्ने मोर्चाको पहिलो निर्णय पत्याउने खालको छैन,' ती  विश्लेषकले भने, 'राजनीतिमा एजेन्डा मिल्नेसँग सहकार्य गर्न नखोज्नु भनेको निहुँ खोज्नु सिवाय केही होइन। सायद मोर्चाले त्यस्तो गल्ती गर्दैन होला।'

मोर्चाका अर्का नेता लालबाबु राउत कांग्रेस–माओवादी गठबन्धनसँग मुद्दा मिल्यो भने सरकारमै नगईकन पनि नयाँ सरकारलाई सहयोग गर्न सकिने बताउँछन्। 'कांग्रेस–माओवादी गठबन्धनले मोर्चाले विगतदेखि राख्दै आएका ११ बुँदे मागलाई कसरी लिएको छ,' त्यसबारे केही प्रष्ट भएपछि मात्र अर्को निर्णयबारे  सोच्ने हो,' उनले भने, 'यतिखेर हाम्रो चाहना सरकारमा सहभागी हुने भन्दा पनि यो संविधानले मधेसप्रति गरेको विभेद सच्याउने काम गरोस् भन्ने नै हो।' मधेस मामिलाका जानकार दीपेन्द्र झा यतिखेर अधिकांश मधेसी जनताको मनोभावना सरकारमा सहभागी हुनु भन्दा पनि विगतदेखि थाँती राखिएका समस्या समाधानको पक्षमा रहेको ठान्छन्। 'अहिलेको परिस्थितिमा जनताको भावना विपरित जाने निर्णय कसैले गर्लान् जस्तो लाग्दैन,' झाले भने।

अविश्वासको प्रस्ताव प्रक्रियामा गयो

प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा दर्ता गरिएको अविश्वासको प्रस्ताव बिहीबारदेखि प्रक्रियामा गएको छ। संसद्का ५ सय ९७ मध्ये २ सय ५४ सदस्यले हस्ताक्षर गरी बुधबार दर्ता गरेको उक्त प्रस्ताव परिपक्व हुन कम्तीमा एक साता लाग्ने सभामुख ओनसरी घर्तीले जानकारी दिइन्। 'एक सातापछि उक्त प्रस्तावलाई फटाफट प्रक्रियामा लैजानेछु,' उनले भनिन्। एक सातापछि मात्र संसद्मा उक्त विषयमाथि छलफल हुनेछ। उक्त प्रस्तावमा कहिले मतदान हुन्छ भन्नेबारे भने  यकिन हुन सकेको छैन।

नेपालको संविधान २०७२ को धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ। 'सत्तासाझेदार दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीको राजीनामा आएको भए छिटै नै यसबारे टुंगो लाग्थ्यो,' सभामुख घर्तीले भनिन्, 'प्रधानमन्त्रीज्युले अविश्वासको प्रस्ताव सामना गर्ने भन्नुभएकोले प्रक्रियामा जाँदा केही दिन लाग्छ।'

यसैबीच, बजेट पास गर्ने विषयमा दलहरूबीच बढेको विवाद कायमै छ। कांग्रेस–माओवादीले प्रधानमन्त्री अल्पमतमा परेकाले पहिला राजीनामा अनि बजेट पास भनिरहेका छन् भने प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदा असार महिनाभित्रै बजेट पास गर्न समस्या सिर्जना भइरहेको छ। बजेट पास गर्नका लागि शुक्रबार व्यवस्थापिका संसद्को बैठक बोलाइएको छ। दलहरूबीच विवादका कारण बुधबार संसद्को बैठक अवरुद्ध भएको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस