राष्ट्रिय राजनीतिमा बाह्य प्रभाव बढ्यो :काँग्रेस नेता खाण
१६ पौष २०७९
•
३ मिनेट पाठ
राष्ट्रिय राजनीतिमा  बाह्य प्रभाव बढ्यो :काँग्रेस नेता खाण
नेपाली काँग्रेसका नेता तथा निर्वतमान गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य प्रभाव बढेको बताएका छन। वी.पी.कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको उपलक्ष्यमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता खाणले काँग्रेस नेतृत्वको सरकार गठनको चरणमा रहँदा अन्तराष्ट्रिय प्रभावका कारण प्रतिकुल अवस्था सिर्जना भएको बताएका हुन।




पछिल्लो समय विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको महत्व र सान्र्दभीकता झनै बढेको भन्दै उनले नेपालको राष्ट्रिय राजनीतिमा भइरहेको बाहय प्रभावलाइ रोक्नु पर्ने बताए। ‘काँग्रेस देशको मुख्य लोकतान्त्रिक शक्ति भएकाले देशमा भइरहेको बाह्य हस्तक्षेपलाइ कसरी रोक्ने,देश र जनताको बृहत्तर विकासलाइ कसरी अगाडी बढाउने भन्ने दायित्व जिम्मेबारीबाट पछि हट्ने छैन’ नेता खाणले भने। यसपाली सरकार गठनमा काँग्रेसको प्रयास सफल हुन नसकेपछि निराश भइहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए। ‘केही आन्तरिक र बाहय प्रभावका कारण सरकार निर्माणमा सफल हुन सकेनौं तर यसबाट आत्तीहाल्नु पर्दैन, यद्यपी रणनीतिक हिसावले हामी कहाँनीर चुक्यौं समिक्षा गर्न जरुरी छ,करेक्सन भएर अगाडी बढ्नु पर्छ’नेता खाणले भने।

नेपाली काँग्रेस पार्टीका मुलभुत सिद्धान्त,नीति र दृष्टिकोणका साथ सत्ता तथा सरकार संचालनको राणनीतिमा पनि लागीरहने उनको भनाइ थियो। काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै उनले लोकतान्त्रिक मुल्यमान्यता र पद्यतीलाइ बलियो बनाउँदै देश र जनताको बृहत्तर हितकालागि अन्य दलसंग हातेमालो गर्ने गरेको स्पष्ट पारे। नेता खाणले देश  जनताकालागि आफु सधै सहमती,सहकार्य र एकताका पक्षमा उभिएको भएपनि आफनो निर्वाचन क्षेत्रमा राष्ट्रिय,अन्तराष्ट्रिय शक्तिहरुको चलखेल कै कारण हार व्यहोर्नु परेको टिप्पणी गरे। सो अवसरमा उनले वी.वी.बाटिकामा बनाइएको वीपी कोइरालाको अर्धकदको शालिकको अनावरण समेत गरेका थिए। कार्यक्रममा काँग्रेसका जिल्ला सभापती तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण,बुटवल नगर सभापती तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे,काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी,फर्सुराम ढकाल,प्रतिष्ठानका अध्यक्ष युवराज गिरी,रामप्र्रसाद खनाल,विमलराज भट्टराइ, खिमानन्द भट्टराइ लगायतले बोल्दै काँग्रेस जहाँ छ त्यहाँ  विकास,मेलमिलाप र  राष्ट्रिय एकता जोडीने भन्दै वीपीले ल्याएको मेलमिलापको नीतिको सान्दर्भीकता र महत्व झन बढेर गएको बताए।

प्रतिष्ठानको अध्यक्षमा पुनः गिरी  

यसैबिच वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले युवराज गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण आर्चाय क्षेत्री,सचिवमा खिमानन्द भट्टराइ,कोषाध्यक्ष अर्जुन ढकाल र सहसचिवमा दिनानाथ गिरी निर्विरोध निर्वाचित भएका हुन। त्यस्तै सदस्यहरुमा बिमलराज भट्टराइ,रबि विक,सितादेवि कार्की,राधा ज्ञवाली,सितु लाकोल चयन भएका छन। लेखा समिति संयोजकमा भरठ गिरी,सदस्य दिलबहादुर थापा र राजेन्द्र रिजाल रहेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए। एक जना उपाध्यक्ष र ४ जना सदस्य पछि  मनोनित गरीने निर्वाचन अधिकृत अधिकारीले बताए।
अर्को समाचार
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
३७ सेकेन्ड अघि
•
१ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। 




केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले सरकारलाई अध्यादेश फिर्ता लिन, संसद्को अधिवेशन बोलाउन र संवैधानिक संस्थाको मर्यादा कायम राख्न आग्रह गरेका हुन्।

पौडेलले सरकार गठनको सुरुवाती कमजोरीलाई अनुभवको कमीका रूपमा लिएर कांग्रेसले संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको कार्यशैली र नेतृत्वको सोचमाथि प्रश्न उठेको उनको भनाइ थियो। संसद्लाई छल्ने, संसदीय समितिप्रति जवाफदेही नहुने र अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

बैठकले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग जोडिएका विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश फिर्ता लिन र संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, विभिन्न प्रकरणमा राज्य शक्तिको दुरुपयोग र राजनीतिक हस्तक्षेप भएको भन्दै निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने निर्णय गरेको पौडेलले बताए।

कांग्रेसले अर्थतन्त्र कमजोर हुँदै गएको, महँगी बढेको र नागरिकको जनजीविका कठिन बनेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। निजी क्षेत्रको विश्वास फर्काउन, लगानीको वातावरण बनाउन तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उसको माग छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई कांग्रेसले सकारात्मक माने पनि सीमा विवादलगायतका महत्त्वपूर्ण विषय उठाउन नसकेको भन्दै प्रश्न गरेको छ। भैरहवा हुँदै दुईतर्फी हवाई मार्ग सञ्चालन गर्ने सहमति र भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई भने स्वागत गरेको पौडेलले जानकारी दिए।

बैठकले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी क्षेत्रका बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणका लागि पहल गर्नुपर्ने निर्णय गरेको छ। सुकुमबासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्था नगरी हटाउने काम रोक्न र उनीहरूको व्यवस्थापन मानवीय ढंगले गर्न पनि कांग्रेसले माग गरेको छ।

त्यस्तै, पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्न रुख अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बैठकले कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायतका समिति गठनका लागि सभापतिलाई अधिकार प्रत्यायोजन गरेको छ।

कांग्रेसले लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ। साथै, सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ परिमार्जनसहित पारित गरेको छ।

किसानका समस्या समाधान र उत्पादनको उचित मूल्य निर्धारण गर्नुपर्ने विषयलाई पनि बैठकले निर्णयमा समेटेको पौडेलले बताए। कांग्रेसले सरकारका कामकारबाहीमाथि संसद् र सार्वजनिक मञ्चबाट निरन्तर निगरानी तथा खबरदारी गर्ने जनाएको छ।

https://images.nagariknewscdn.com/pdf/jpg2pdf.pdf
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
यो पनि पढौँ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस