नेपाली कांग्रेस प्रदेश १ का सांसद अमृत अर्यालले इमान्दार कार्यकर्ता विरुद्ध गरिएको मानमर्दन विरुद्ध विद्रोहको मसाल उठाउने चेतावनी दिएका छन्। शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी अर्यालले पार्टीका इमान्दार नेता कार्यकर्ताको मानमर्दन गर्ने र पाखा लगाउने प्रबृत्ती विरुद्ध विद्रोहको मसाल उठाउने चेतावनी दिएका हुन्।
प्रतिनिधिसभा सदस्यको दाबी गरिरहेको वेला आफूलाई प्रदेशको मुख्यमत्री बनाउने बचन दिएर पार्टीका नेताहरूले प्रदेसभामा उठाएको तर, प्रदेशसभा निर्वाचन जितेपछि प्रदेश १ को संसदीय दलको नेता बन्न नदिएको अर्यालको आरोप छ। अर्यालले मुख्यमन्त्री बनाउने भनेर प्रदेशसभामा उठाउने तर, चुनाव जितेपछि संसदीय दलको नेतामा हराउन खेल पार्टी भित्रका केहि नेताहरूले गरेको बताए।
शुक्रबार सम्पन्न नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिएका अर्यालले जम्मा दुई मत मात्रै प्राप्त गरेका थिए। अर्यालले पार्टी भित्रैका नेताहरू आफूलाई हराउन लागेको थाहा पाएर पनि आफूले विद्रोह स्वरुप उम्मेदवारी दिएको दाबी गरेका छन्। उनले भने ‘ मलाई संसदीय दलको नेतामा हराउन पार्टी भित्रैका नेताहरू लागेको थाहा पाउँदा पाउँदै पनि मैले विद्रोह स्वरुप उम्मेदवारी दिएको हुँ।’ अर्याल देउवा खेमाका नेता हुन्।
उनले आफूलाई हराउन मुख्य भूमिका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले खेलेको आरोप लगाए। ‘पार्टी भित्रका चार जना नेताले मलाई हराउन भूमिका खेले’ अर्यालले भने ‘ मुख्य भूमिका भने ज्ञानेन्द्र कार्कीको रह्यो।’ अर्यालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई उचालेर सत्तामा रहेको कांग्रेसलाई प्रतिपक्षमा पु¥याउने काम पनि ज्ञानेन्द्र कार्कीलगायतका नेताहरूले नै गरेको आरोप लगाए। प्रदेश १ को संसदीय दलको नेतामा नेता कृष्णप्रसाद सिटौला समूहका उद्वव थापा १८ मत ल्याएर निर्वाचित भएका थिए।
डा शेखर कोइराला समूहका केदार कार्कीले ९ र शेरबहादुर देउवा समूहका अमृत अर्यालले २ मत मात्रै पाएका थिए। प्रदेश १ मा नेपाली कांग्रेसका २९ जना प्रदेशसभा सदस्यहरू छन्। संसदीय दलको निर्वाचनमा लज्जास्पद हार वेहोरेका अर्यालले विभिन्न गुट उप गुटमा विभाजित कांग्रेसलाई एक ढिका बनाउनुपर्ने भन्दै डा शेखर कोइराला समूहतर्फ ढल्किने संकेतसमेत गरेका छन्।