प्रदेश १ को मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन्। आइतबार प्रदेश प्रमुख खापुङले विज्ञप्तिमार्फत पुस २४ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएका कारण संविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश १ को प्रदेशसभा सदस्यलाई पुस २४ गते बेलुकी ५ बजे भित्र दाबी पेश गर्न प्रदेश प्रमुख खापुङले आग्रह गरेका हुन्।
प्रदेश १ मा ९३ जना सांसद छन्। जसमा सत्तारुढ एमाले गठबन्धनसँग बहुमत देखिएको छ। यस आधारमा एमाले गठबन्धनबाटै मुख्य मन्त्री बन्ने अवस्था देखिएको छ। एमाले गठबन्धनका दुईवटा दलहरू एमाले र माओवादी केन्द्रले प्रदेश १ को मुख्यमन्त्रीको दाबी गरिरहेका छन्। एमालेबाट पूर्व आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले मुख्यमन्त्रीमा दाबी गरेका छन्। प्रदेश १ मा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आjश्यक पर्छ। एमाले गठबन्धनसँग एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना सांसद छन्।