ओली र दाहाल उस्तै
०६ साउन २०७३
•
८ मिनेट पाठ
ओली र दाहाल उस्तै
काठमाडौं- मधेसी र जनजाति अगुवाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफूहरूका लागि उस्तै रहेको बताएका छन्।




प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा पेस भएको अविश्वास प्रस्तावमा समर्थन जनाउने निर्णयमा मधेसवादी दल पुगिसकेका बेला बुधबार २८ दलीय संघीय गठबन्धनले आयोजना गरेको अन्तरक्रियामा सहभागीले ओली र दाहाल पिछडिएका वर्गलाई अधिकार दिलाउने मामिलामा उस्तै–उस्तै रहेकाले आँखा चिम्लेर समर्थन नगर्न दबाब दिए।

गठबन्धनले चौथो चरणमा सुरु गरेको पहिलो विरोध कार्यक्रमअन्तर्गत राजधानीको अन्तरक्रियामा बोल्ने अधिकांशले कांग्रेस–माओवादी गठबन्धन सरकारमा मधेसवादी दल सहभागी नहुनेमा जोड दिए। राजनीतिक विश्लेषक तुलानारायण साहले भने, 'असोज ३ गतेसम्म ओली, दाहाल, देउवा मधेसी–जनजातिका अधिकार लुट्न व्यस्त थिए। अहिले सत्ता समीकरणको बेला विभाजित हुँदा मात्र उनीहरूलाई मधेसीको साथ चाहिएको हो।'

मधेसवादी दलले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बन्न भोट दिए पनि कुनै उपलब्धि नहुने उनको भनाइ थियो। 'मधेसवादी दलले सुशील कोइरालालाई भोट दिएर के भयो?' उनले प्रश्न गरे, 'केपी ओलीको सरकारभन्दा बढी मधेसी कोइराला प्रधानमन्त्री भएका बेला मारिएका होइनन्?' ३० दलीय गठबन्धनको नेतृत्व गरेका दाहालले उक्त गठबन्धन छाडेर संविधान जारी गरेकाले उनीसँग अब पनि मधेसवादी र जनजातिले आशा गर्नु बेकार रहेको उनले बताए।

वर्तमान राजनीतिक परिस्थिति र निकास विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, 'यतिखेर देशका समस्यालाई एकै दृष्टिकोणले हेर्ने चस्मा आवश्यक छ।' गबठन्धनले जारी राखेको आन्दोलनलाई पोखरेलले अधिकारको लडाइँका रूपमा व्याख्या गरे। 'यो अन्तिम लडाइँमा न्याय र अधिकार खोज्नेको जित हुन्छ,' उनले भने।

नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले अहिलेको केन्द्रीकृत संरचना कायम रहेसम्म नेपाल अस्तव्यस्त भइरहने बताए। 'केन्द्र भ्रष्ट र घुसखोरी भइसक्यो,' उनले भने, 'देशको विकास गर्न अब आशा गर्ने भनेको केवल प्रान्तसँग मात्रै हो। त्यसैले जतिसक्दो प्रान्तलाई बलियो बनाउनुपर्छ।'

बुद्धिजीवी सुरेन्द्र महतोले कांग्रेस–माओवादीले सुरुमै मधेसीका जायज माग पूरा गर्ने भनेबाटै उनीहरूले मधेसीका लागि केही पनि गर्न नसक्ने ठोकुवा गरे। 'जायज माग पूरा गछर्ौं भन्नुको अर्थ मधेसीले नजायज माग उठाएका छन् भन्नु हो,' महतोले भने, 'यो झुक्याउने खेल हो। त्यसैले मधेसवादी दल कुनै पनि हालतमा नयाँ बन्ने सरकारमा सहभागी हुनुहुँदैन।'

प्राध्यापक कृष्ण हाछेथुले दलहरूबीच यतिखेरको झगडा अधिकारका लागि नभई सत्ताप्राप्तिका लागि मात्र भएको ठोकुवा गरे। साहित्यकार धीरेन्द्र प्रेमर्षीले विगतमा मधेसवादी दल अरुको मुद्दामा सहयोगी हुने गरे पनि अब त्यस्तो हुन नहुने बताए।

ओली नेतृत्वको सरकार असफल बनाउन साथ दिने तयारीमा रहे पनि कांग्रेस–माओवादी गठबन्धन सरकारमा सामेल हुने/नहुने भन्नेबारे अन्योलमा रहेका बेला मधेसी, जनजाति तथा संघीयता पक्षधरले अबको सरकारमा अहिलेकै अवस्थामा सहभागी नहुन आग्रह गरेपछि मधेसवादी दल संकटमा परेका छन्।

सोही कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले नेपालमा संघीयता किन आवश्यकता परेको हो भन्नेबारे गाउँ–गाउँमा बुझाउन आवश्यक रहेको बताए। 'संघीयता ७/८ जना नेतालाई मुख्यमन्त्री बनाउन मात्र होइन भन्ने कुरा दूरदराजमा बस्नेलाई बुझाउनुपर्छ उनले भने, 'संघीयता भनेको जनतालाई बलियो बनाउने र हक दिलाउने माध्यम हो।' २८ दलीय मोर्चाको गठबन्धन भनिए पनि संयुक्त मधेसी लोकतान्त्रिकका महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झाजस्ता नेता सहभागी नभएको उक्त कार्यक्रममा भएको छलफल कार्यान्वयन हुनेमा कतिपयले आंशका गरेका छन्। स्रोतका अुनसार महतो, झालगायत नेता कांग्रेस–माओवादी गठबन्धन सरकारमा सहभागी हुने पक्षमा छन्।

संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसी, जनजातिले उठाइरहेका मुद्दालाई सम्बोधन नगराई सरकारमा जाने कुनै तयारी नरहेको बताए। मधेसका समस्या समाधान गर्न र संविधान संशोधन गर्न पछिल्लो ९ महिनामा ३६ पटक वार्ता भए पनि प्रधानमन्त्री ओलीले निकास दिन नसक्दा कुनै उपलिब्ध नभएको उनको भनाइ छ। 'त्यसैले शोषित, पीडित, मधेसी ओली सरकारको विपक्षमा छन्,' यादवले भने।

संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देनले ओलीको तुलनामा देउवा र दाहाल कम खतरनाक रहेको जिकिर गरे। तमलोपाका उपाध्यक्ष वृषेश लालले समानता प्राप्तिका लागि प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय भएको बताए।

यसैबीच तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा पेस भएको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय भएको जानकारी दिएका छन्। तमलोपाद्वारा जारी प्रेस विज्ञप्तिमा कांग्रेस–माओवादी गठबन्धनले मधेसी मोर्चाले पेस गरेका ११ बुँदे माग तथा मधेस आन्दोलनको क्रममा घाइते, सहिद भएकालाई उचित क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।

माओवादीको ह्विप

प्रधानमन्त्रीविरुद्ध संसद्मा हुन गइरहेको अविश्वास प्रस्ताव छलफलको अघिल्लो दिन माओवादी केन्द्रले आफ्ना सबै सांसदलाई अविश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। बुधबार संसदीय दलको बैठकपछि उक्त पार्टीले ह्विप जारी गरेको हो। ५ सय ९७ सदस्य रहेको संसद्मा माओवादीका ८२ सांसद छन्।
अर्को समाचार
नेकपाका दुवै समूह मुठभेड मुडमा
२२ माघ २०७७
•
३ मिनेट पाठ
नेकपाका दुवै समूह मुठभेड मुडमा
सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने भएको छ। त्यसको तयारीस्वरूप ओली समूहले बुधबार मोटरसाइकल र्‍याली आयोजना गरेको छ। नेकपाकै नेपाल–दाहाल समूहले बिहीबारका लागि आमहडताल घोषणा गरेको छ। आमहडताल सफल पार्न आह्वान गर्दै दाहाल–नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकाल्यो। यसरी नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन र एकले अर्कोलाई निचो देखाउन सडकमा उत्रिन थालेपछि मुठभेडको सम्भावना बढेको छ।




प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको हो।  

२०७५ साल जेठ ९ गते दुई पार्टी एकीकरण भएपछि सत्तारुढ बनेको नेकपा कानुनी रूपमा एक भए पनि राजनीतिक रूपमा विभाजित छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो। विभाजनपछि पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह सडकमा पुगेको छ।  

ओली समूहले सभा आयोजना गरेको अघिल्लो दिन बिहीबारका लागि नेपाल–दाहाल पक्षले आमहडताल आह्वान गर्नुले मुठभेडको सम्भावना बढेको आकलन गर्न थालिएको छ। नुवाकोटमा सोमबार ओली समूहको कार्यक्रममा पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दाहाल–नेपाल समूहले कालो झण्डा देखाउदा झण्डै मुठभेड भएको थियो। ‘दुवै समूहले आआफ्नो पक्षमा जनमत देखाउन आमसभा गर्दै आएकाले कसले कति मानिस सडकमा ल्याउने प्रतिस्पर्धा चलिरहेको छ। जसले गर्दा एकले अर्काको कार्यक्रममा अवरोध गर्ने अवस्था आउने सम्भावना देखिएको छ। यसले मुठभेड निम्त्याउन सक्छ,’ सुरक्षा निकायका एक अधिकारीले भने।  

ओली समूहको आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने भएका छन्। ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ। नेपाल–दाहाल समूहलाई काउण्टर दिने उद्देश्यले गर्न लागिएको आमसभालाई ओली समूहले प्रतिष्ठाको विषय बनाएको छ। तर ओली समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउण्टर आमसभा नभएको जिकिर गरेका छन्। उनले राजनीतिक सभाबाट आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन्। ‘हाम्रा राजनीतिक उद्देश्य र मूल्य मान्यताको विषयमा जनतामा जानकारी गराउने हेतुले सभा गर्न लागिएको हो। यो काउण्टर आमसभा होइन,’ आमसभा आयोजकसमेत रहेका पोखरेलले भने।  

नेपाल–दाहाल समूहले ओलीकै कारण मुलुक राजनीतिक दुघर्टनामा पर्न लागेको दाबी गरेको छ। प्रधानमन्त्री ओलीले प्रतिनीधिसभा विघटन गरेर मुलुकमा संवैधानिक संकट उत्पन्न भएको नेपाल–दाहाल समूहले जनाएको छ। ‘प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैरसंवैधानिक, स्वेच्छाचारी एवं दमनकारी क्रियाकलापविरुद्ध पनि संघर्षलाई यस रूपमा अघि बढाउनुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुन गएको छ। यसैकारण आमहडताल गर्नुपर्ने आवश्यकता भएको हो,’ नेपाल–दाहाल समूका प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपाल–दाहाल समूहले आमहडताल आह्वान गरेपछि गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेश आसपासका जिल्लाबाट काठमाडौं आउने सवारीसाधनलाई सुरक्षा दिन निर्देशन दिएका छन्। ‘बिहीबार काठमाडौ आउने सवारीसाधनलाई सुरक्षा दिन गृह मन्त्रालयले निर्देशन दिएको छ,’ नेपाल प्रहरीको उच्च स्रोतले भन्यो।  

आमहडताल सफल पार्न तोकिए कमाण्डर

नेकपा नेपाल–दाहाल समूहले बिहीबारका लागि आह्वान गरेको आमहडताल सफल पार्न काठमाडौं उपत्यकामा स्थायी कमिटीका सदस्यहरूलाई कमाण्डर तोकेको छ। उनीहरूले उपत्यकाका विभिन्न स्थानमा नेतृत्व गर्नेछन्। कलंकी चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल, सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लिलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायण गोपालचोक महाराजगन्जमा शक्ति बस्नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई कमान्डर तोकिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस