संसद बैठक दोस्रो पटक स्थगित, भोलि २ बजे बस्ने
०६ साउन २०७३
•
७ मिनेट पाठ
संसद बैठक दोस्रो पटक स्थगित, भोलि २ बजे बस्ने
काठमाडौं–दलहरुबीच सहमति गराउने सभामुख ओनसरी घर्तीको प्रयास असफल भएपछि दुई बजेका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक पुन स्थगित गरिएको छ। बिहीबार ११ बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै आजै दुई बजेसम्मका लागि स्थगित गरिएको थियो। निर्धारित समयभित्र पनि दलहरु आ–आफ्नो अडानबाट टसमस नभएपछि संसद सचिवालयले शुक्रबार २ बजेसम्मका लागि  बैठक स्थगित गरेको हो।




सभामुख घर्तीले बिहीबार प्रमुख दलका शीर्ष नेतासँग दुईपटकसम्म छलफल गरेकी थिइन्। दुवै बैठकमा दलहरु आफ्नो अडानबाट पछि नहटेपछि संसद बैठक स्थगित गरिएको हो।

बजेट आश्रित विधेयकमाथि छलफल नगराएसम्म संसद चल्न नदिने सत्तापक्षको अडान र संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि पहिला छलफल गर्नुपर्ने कांग्रेस–माओवादीको अडानबीच संसद बैठक प्रभावित हुँदै आएको छ। माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएर कांग्रेसँग मिलेर संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएपछि दलहरुबीच विवाद हुँदै आएको छ। सत्तापक्षले संसदको नियमित अधिवेशनलाई सरकारले बिजनेश दिने भन्दै सरकारले दिएको विजनेश कार्यसूचिबाट हटाएर सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्न समय तोकेपछि विवाद सुरु भएको हो।

सत्तापक्षले पहिला वजेट आश्रित विधेयकमाथि छलफल गर्नुपर्ने अडान राख्दै आश्रित विधेयकमाथि छलफल नगरे संसद बैठक चल्न नदिने अडानमा छ। बिहीबार बसेको सत्तापक्षको बैठकले आश्रित विधेयकमाथि छलफल नगराएसम्म संसद चल्न नदिने निर्णय गरेको थियो। यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा एमालेको शसक्त सामना गर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन्। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले  सभामुखले कार्यसूचिमा चढाइसकेको अविश्वासको प्रस्तावमाथिको छलफल नै पहिला हुनुपर्ने निष्कर्ष निकाल्दै अविश्वासको प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो। कांग्रेर र माओवादीले आफ्ना सांसदलाई अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्।

माओवादीले सरकारलाई लिएको समर्थन फिर्ता लिएर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेपछि सरकार अल्पमतमा परेको भन्दै कांग्रेस माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्। तर प्रधानमन्त्रीले भने अविश्वासको प्रस्ताव पारित नभएसम्म सरकार अल्पमतमा परेको भन्न नमिल्ने भन्दै प्रस्ताव पारित भएपछि मात्र सरकार कामचलाउ हुने बताउँदै आएका छन्।

सत्तापक्षले संविधानको धारा २९८ ले बर्तमान सरकार बाहेक अर्को सकारको परिकल्पना नगरेको भन्दै ०७४ माघ ७ गतेसम्म यही सरकारले निरन्तरता पाउने दाबी गर्दै आएका छन्। संविधानमा गरिएको संक्रमणकालीन व्यवस्था सम्बन्धी धारा २९८ को उपधारा ९२० मा यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसदको अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले र अधिवेशन चलिरहेको छ भने धारा २ सय ९६ को उपधारा ९६० बमोजिम आह्वान गरिएको व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।

उपधारा २ अनुसार सहमतिको सरकार गठन हुन नसकेमात्र धारा २९८ कै उपधारा ३ बमोजिम बहुमतको सरकार गठन हुने व्यवस्था संविधानमा छ। ओली सरकार यही व्यवस्था अनुसार निर्वाचित भएको हो। संविधानमा सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था गरिए पनि संविधानकै संक्रमणकालीन व्यवस्थामा भने पदमुक्त भएको अवस्थामा नयाा सरकार कसरी गठन हुने भन्ने प्रष्ट व्यवस्था छैन।  ओलीले यही व्यवस्थालाई टेकेर संक्रमणकालीन अवधि ९२०७४ माघ ७० सम्म आफ्नो नेतृत्वको सरकारको विकल्प नरहेको सन्देश दिएका हुन्।

यही व्यवस्थाका कारण आफूले राजीनामा दिएपनि  कामचलाउ सरकारका रुपमा रहने उनको आशय हो।

संविधानको धारा २९८ लाई लिएर कानुन व्यावसायीको समेत मत बाँझिएको भन्दै सत्तापक्षले त्यसको अन्तिम व्याख्या सर्वोच्चले गर्नुपर्ने बताउँदै आएको छ। त्यसो हुन नसके सबै दलको सहमतिमा संविधान संशोधनमार्फत नयाँ सरकार गठनको व्यवस्था गर्नुपर्ने सत्तापक्षले अडान लिँदै आएको छ। तर, कांग्रेस–माओवादीले भने संविधानमा नयाँ सरकार गठनको स्पष्ट व्यवस्था भएको दाबी गर्दै धारा २९८ अनुसार नै नयाँ सरकार गठन गर्न सकिने बताउँदै आएका छन्।
अर्को समाचार
प्रतिनिधि सभा बैठक स्थगित,भोलि १ बजे बस्ने
०५ भदौ २०७९
•
१ मिनेट पाठ
प्रतिनिधि सभा बैठक स्थगित,भोलि १ बजे बस्ने
आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।  




संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।

बैठक भोलि (सोमबार) दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ। भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ।

नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी विसं २०२१ पछि राजनीतिमा सक्रिय भएका हुन्। हाल प्रतिनिधिसभा सदस्य रहेका  उनी विसं २०२४ मा वनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए।  

उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए। यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए। नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका हुन्।  विसं २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्रका रूपमा उनको जन्म भएको थियो।  
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस