काठमाडौं, फागुन २० (नागरिक)- निर्धारित समयमै संविधान बनाउन दबाबमूलक कार्यक्रमअन्तर्गत फागुन २१ गते काठमाडौंमा थारुहरुले गर्ने भनिएको संविधानसभा घेराउ कार्यक्रम स्थगित भएको छ।
संविधानसभा अहिले कार्यतालिका संशोधन या संविधान संशोधनको अवस्थामा आइपुगेकाले संविधानसभाले अब के निर्णय गर्छ त्यसै आधारमा मात्र घेराउ कार्यक्रम गर्ने गरी सारिएको थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
एक प्रदेश मान्दैनौं, दुई प्रदेश जान्दैनौं, बहुप्रदेश छाड्दैनौं भन्दै आन्दोलन गरिरहेका ८ वटा थारु सङ्घ/संस्थाले अहिले यसैका लागि आन्दोलन गरिरहेका छन्। जसअन्तर्गत आज उनीहरुले विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत् संविधानसभामा ज्ञापनपत्र पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ।