प्रदेश १ मा विना विभागीय ३ मन्त्रीले लिए सपथ
२९ पौष २०७९
•
१ मिनेट पाठ
प्रदेश १ मा विना विभागीय ३ मन्त्रीले लिए सपथ
प्रदेश १ को मन्त्रीमण्डलमा नयाँ ३ जना मन्त्रीले शुक्रबार सपथ लिएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप ३ मन्त्रीलाई नियुक्त गरेका हुन्।




नवनियुक्त मन्त्रीमा नेकपा माओवादीका जीवन आचार्य, दुर्गा चापागाईं र नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङबाठ पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए। नवनियुक्त ३  जना मन्त्रीहरुलाई अहिले कुनै जिम्मेवादी दिई विना विभागीय मन्त्रीको हैसियत नियुक्त भएका छन्।  

मुख्यमन्त्री कार्कीले पुस २५ गते आफूसँगै ३ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्रीसहित प्रदेशमा ७ जनाको मन्त्री मण्डल बनेको छ। माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाई र मोरङका जीवन आचार्य मन्त्री भएका छन्। आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वार्इं हुन्। नेकपा एमालेको तर्फबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले पनि मन्त्री बनेका छन्।  

यसअघि  मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन्।  
अर्को समाचार
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै
०८ असोज २०८०
•
१ मिनेट पाठ
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। कार्कीले ४ जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।




मुख्यमन्त्री कार्कीका अनुसार कोशी प्रदेमा बाँकी रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ। कार्कीले भने, ‘चारजना मन्त्री नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ । आजै मन्त्री नियुक्त हुने संभावना छ।’ कार्कीका अनुसार बुद्धिकुमार राजभण्डारी, लिलाबल्लभ अधिकारी, रामप्रसाद मेहेता  र निरन राईलाई मन्त्री नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ। आजै मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद् विस्तार  र सपथ ग्रहण पनि हुने कार्कीले बताए।

कार्कीका अनुसार मन्त्रिलाई जिम्मेवारी तोक्ने विषयमा छलफल भइरहेको र टुंगिन बाँकी रहेको छ। यसअघि मुख्यमन्त्री कार्कीले भदौ २२ गते एक राज्य मन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेको थिए। जसमा तिलकुमार मेन्याङ्बोलाई  खानेपानी सिंचाइ तथा उर्जा र  स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई  वन वातावरण तथा पर्यटन मन्त्रालय, उद्योग भुमि ब्यवस्था तथा कृषी मन्त्रालय र एकराज कार्कीलाइ  भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए। यस्तै  सृजना राईलाई  सामाजिक विकास राज्यमन्त्रीको  जिम्मेवारी दिएका थिए।

सर्वोच्च अदालतले तत्कालिन मुख्यमन्त्री उद्वव थापालाई बरखास्त गरी नेकपा एमालेको संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्रीमा नियुक्ती गर्न बिहीबार परमादेश दिएको थियो। अदालतको परमादेश अनुसार भदौ २२ गते प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस