देउवासँग पौडेल पक्ष असन्तुष्ट
२१ साउन २०७३
•
९ मिनेट पाठ
देउवासँग पौडेल पक्ष असन्तुष्ट
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली सरकार ढल्यो। संसद्कै ठूलो दल कांग्रेस समर्थनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नया“ सरकार गठन पनि भयो तर यी घटनाक्रमलाई टुलुटुलु नियाल्न विवश छ, प्रमुख समर्थक दल कांग्रेसकै रामचन्द्र पौडेल पक्ष।




कांग्रेसका वरिष्ठ नेता पौडेल समूह असन्तुष्टिका चाङ लिएर बसिरहेको छ। यही चाङमा थन्किएको छ, माओवादी र कांग्रेसबीचको मन्त्रालय बा“डफा“ट र त्यसमा आफ्नो पक्षको उपस्थिति। यति मात्र होइन, पार्टीको अरु दललाई हेर्ने दृष्टिकोण र व्यवहारसमेत स्पष्ट नभएको ठहर यो पक्षको छ। 

सभापति शेरबहादुर देउवाले परम्परागत निर्णय प्रक्रिया र विधानसमेत नमानेपछि पौडेल समूहमा असन्तुष्टि बढेको हो। देउवा यातायातको साधन टा“गा तान्ने घोडा जस्तै गरी आफूखुसी अघि बढिरहेको आरोप यो पक्षको छ।

प्रधानमन्त्रीको शपथसम्म थामथुम हुँदै आएको यो पक्ष बिहीबार बिहान नेता पौडेलको घरमा छलफलमै उत्रियो। त्यसमा केन्द्रीय सदस्य र सांसदसहित ६० जना सहभागी भए। त्यहाँ पौडेल समूहका अधिकांश नेता उपस्थित भए। यिनीहरुको असन्तुष्टि बिहीबार राष्ट्रपति कार्यालयमा बनाइएको शपथ लिने मञ्चबाट पनि पुष्टि भयो। किनकि त्यहा“ पौडेल पक्षका कोही पनि शपथ लिँदै थिएनन्।

'हेर्नुस् सरकार परिवर्तन भयो, प्रचण्डजी प्रधानमन्त्री पनि बन्नुभयो तर हाम्रो सभापतिले कहिल्यै हामीस“ग सल्लाह गर्नुभएन', उनले नागरिकस“ग भने, 'मन्त्री बन्ने र बनाउनेबारे सल्लाह त धेरै टाढाको कुरा हो।'

के हो तपाईहरुको पक्ष त सरकारमा गएन नि? ४० प्रतिशत मन्त्री आफ्नो पक्षकै हुनुपर्छ भनेर माग राख्नुभएको थियो? भन्ने नागरिकको प्रश्नमा पौडेल भन्छन्, 'केको मन्त्रीको माग राख्नु? यस विषयमा खास कुरै भएको छैन।' उनले कुरा नचपाईकन भने, 'देउवाजी पार्टीको परम्पराबमोजिम हाइकमान्डबीच सल्लाह नै नगरी अघि बढिरहनुभएको छ।'

उनले बिहीबार बिहानको बैठकले सभापति परम्परागत निर्णय प्रक्रिया र विधानअनुसार अघि नबढेसम्म आफूहरु सरकारमा नजाने निर्णय गरेको बताए। 'देउवाजीले आफ्नो निर्णय प्रक्रिया नसुर्धादासम्म हामी यही अडानमा हुन्छौं', पौडेलले भने।

देउवा पार्टीको विधान र प्रक्रियाअनुसार अघि नबढेको पौडेलले बताए। यद्यपि नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई बधाई दिन देउवा र पौडेल शीतल निवास पुगेकै थिए। तर पनि पौडेल भन्छन्, 'पटक–पटक भेटेर सल्लाह गर्नुपर्‍यो भनिरहेको छु तर उहा“ले सुन्नुभएको छैन।

'पार्टीको विधान, प्रक्रिया र पद्धती केही पालना भइरहेको छैन', उनले भने।

पौडेलले दलहरुबीचको सम्बन्ध र अरु दलहरुलाई हेर्ने दृष्टिकोण, मन्त्रालय बा“डफाँटका विषय केन्द्रीय समिति बोलाएर खुला रुपमा छलफल गरेर विधानसम्मत अघि बढ्नुपर्ने नेतृत्व एकलौटी रुपमा अघि बढिरहेको बताए।

असन्तुष्टहरुको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देउवा विधानअनुसार नचलेको बताए। 'विधानले संसदीय समितिले मन्त्री चयन गर्ने भनेको छ, तर यो प्रक्रिया लागू भएन', उनले नागरिकस“ग भने।

देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खा“णले राजनीतिक घटनाक्रमहरुले धेरै भएको र सभापति त्यसमै व्यस्त भएकाले पार्टीभित्र आन्तरिक छलफल गर्न नभ्याएको बताए। 'मधेसवादी र सहयोगी दलहरुस“गको छलफलमा व्यस्त हुनुपर्‍यो। त्यसैले छलफल नभएको हो। यसलाई साथीहरुले अन्यथा लिनुभएन', उनले भने।

खा“णका अनुसार प्रधानमन्त्रीको मतदान, मधेसी दलस“गको सहमति, सहमतीय सरकार र बहुमतीय सरकारजस्ता विषयले सभापति देउवा व्यस्त भएका हुन्। उनले सभापति देउवाले विमलेन्द्र निधि र रमेश लेखकलाई पुरानो सत्तासमीकरण बदलेर माओवादीस“ग नया“ समीकरण गराएबापत मन्त्रिमण्डलमा लगेको बताए।

'उहा“हरुले कुशलतापूर्वक सभापतिको विश्वासमा रहेर नया“ सत्तासमीकरणका लागि काम गर्नुभयो, त्यसैले उहा“हरुको पहिलो चरणमा मन्त्रिमण्डलमा जानुभएको हो', खा“णले भने। त्यसो त उनले सुशील केाइरालाले पनि पहिलोपटक आफ्नो क्याबिनेट बनाउँदा आफ्ना विश्वास पात्र डा. रामशरण महतलाई मात्र लगेको कुरा उल्लेख गर्न छुटाएनन्।

'अब बल्ल सभापतिलाई फुर्सद भएको छ। अब दलभित्र छलफल हुन्छ', उनले भने। देउवाले माओवादीस“गको सत्तासमीकरणमा जाने निर्णय भने केन्द्रीय समितिबाटै गराएका हुन् तर त्यसयताका मन्त्रिमण्डल गठन विस्तार र दलीय दृष्टिकोणबारे पार्टीभित्र कुनै पनि निर्णय गराएका छैनन्।

गृह वा स्थानीय विकास मन्त्रालयका माग गर्दै कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्ने इच्छा व्यक्त गरेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी आफूभन्दा कनिष्ठ नेताको नेतृत्वमा नजाने भन्दै बिहीबारको शपथमा गएनन्। केसी निकट स्रोतका अनुसार उनलाई देउवाले स्वास्थ्यमन्त्रीको प्रस्ताव राखेका थिए। निकटका नेता र कार्यकर्तास“ग छलफल गरेर उनले नजाने निर्णय गरे।

'तीन बजे शपथको कार्यक्रम थियो। सवा एक बजेतिर उहा“लाई स्वास्थ्यमन्त्रीको शपथ लिन आइदिनुपर्‍यो भनेर फोन आएको थियो', केसी निकट स्रोतले भन्यो, 'तर उहा“ आफ्ना माग सम्बोधन नभएको भन्दै जानुभएन। १८ वर्ष मन्त्री नहु“दा त केही भएन, अहिले कनिष्ठको नेतृत्वमा किन जाने भन्नुभो।'

देउवाले पौडेल पक्षको मात्र नभई विगतका आफ्ना निकटका नेतास“ग समेत छलफल नगरेको आरोप लागेको छ। कांग्रेसका अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले उहा“का आफ्ना भनिएका नेतासमेत उहा“को निर्णय प्रक्रियाबाट असन्तुष्ट रहेको बताए।

'सरकारमा कोको गए, सत्तासमीकरणको सम्झौता के भयो भन्ने कुरा अब हामीले रेडियोबाट सुन्नुपर्ने अवस्था आयो', उनले भने। केसीले देउवाले समग्र कांग्रेसको नेतृत्व गर्न नसकेको उल्लेख गरे।
अर्को समाचार
सभापति देउवासँग पौडेल पक्ष असन्तुष्ट, लिखित ध्यानाकर्षण गराउने तयारी
१३ फागुन २०७३
•
२ मिनेट पाठ
सभापति देउवासँग पौडेल पक्ष असन्तुष्ट, लिखित ध्यानाकर्षण गराउने तयारी
काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि प्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएको छ।




शुक्रबार महामन्त्री सशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षिय नेताहरुको बैठकले पार्टी सभापतिका गतिविधि प्रति असन्तुष्टि जनाएको हो।

स्रोतका अनुसार बैठकमा नेताहरुले पार्टी संस्थागतरुपमा संञ्चालन नभएको भन्दै सभापतिको ध्यानाकर्षण गराउन पौडेललाई आग्रह गरेका थिए। बैठकमा पौडेल, महामन्त्री कोइराला लगायत अन्य प्रभावशाली नेताहरु सहभागि थिए।  

सभापति देउवाले राजनीतिक नियुक्तिमा विभेद गरेको र नियुक्तिमा स्वच्छ छविका व्याक्ति ल्याउन नसकेर पार्टीको छवि धुमिलाउने काम गरेको समेत आरोप पौडेल पक्षको छ।

सभापतिले निर्वाचन देखि संविधान संशोधनका विषयमा नीतिगत छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन्। पदाधिकारी नियुक्ति देखि पार्टी संगठन अहिले सम्म अपूर्ण रहेकोमा पनि पौडेल पक्ष असन्तुष्ट रहेको स्रोतले बतायो। स्रोतका अनुसार बैठकबाटै बरिष्ठ नेता पौडेलले सभापति देउवालालाई फोन गरेर बैठक पनि बोलाउनु हुन्न, छलफल पनि गर्नु हुन्न भनेका थिए।

पौडेल निकट एक नेताका अनुसार शनिबार बिहान ९ बजे पौडेल समूहले भेला बस्ने र लिखितरुपमा सभापतिलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस