काठमाडौं- तराई–मधेस आन्दोलन क्रममा ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णयले मधेसवादी दल उत्साही छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र मधेस आन्दोलनमा मृत्यु भएकाका सबै परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
यसअघिको सरकारले नै मृतकका अधिकांश परिवारलाई १० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिइसकेको छ। अझै पनि केही परिवारले रकम नपाएकामा मधेसी दल रुष्ट थिए।
बैठकले क्षतिपूर्तिका साथै घाइतेको उपचार र पक्राउ परेकालाई पनि साताभित्रै रिहा गर्ने निर्णय लिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार उक्त सबै शीर्षकका रकम गृह मन्त्रालयबाट निकासा हुनेछ। कसैले आफ्नै रकमले उपचार गरिसकेको भए पनि यो सुविधा पाउनेछ।
गृहले तराई–मधेस र थरुहट आन्दोलनक्रममा लागेका मुद्दा र बन्दी रिहाइसँग सम्बन्धित विवरण साताभित्र तयार गर्ने, गम्भीर प्रकारका अपांगता भएकाको विवरण पनि दुई साताभित्र संकलन गर्ने र आन्दोलनमा भएका आगजनी र घटनाक्रमबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णयसमेत बैठकले लिएको छ।
शुक्रबारै सरकार–संघीय गठबन्धनबीच तीनबुँदे सहमति कार्यान्वयन गर्ने समझदारी भएको थियो।
व्यवस्थापिका संसद्मा दाहाललाई प्रधानमन्त्रीमा मतदान गर्नुअघि कांग्रेस–माओवादी गठबन्धनसँग गरिएका तीन बुँदामध्ये सरकार गठन भएको तीन दिनमै दुई बुँदा पूरा भएपछि बाँकी माग पूरा हुनेमा मधेसी दल आशावादी छन्।
'तीनबुँदे सहमतिमध्ये तेस्रो बुँदा हामीले नै दाहाललाई प्रधानमन्त्रीमा मतदान गरेर कार्यान्वयन गरेका थियौं,' संघीय समाजवादी फोरमका महासचिव मनीष सुमनले भने, 'सहमतिको एक नम्बर बुँदालाई सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको छ, यसलाई सन्तोषका रूपमा लिएका छौं।'
मधेसवादी दलका नेताका अनुसार कांग्रेस–माओवादी गठबन्धनको आधार नै मधेस, जनजाति तथा आदिवासीका समस्या समाधान गर्ने भन्ने रहेकाले धेरैले समस्या समाधान हुने अपेक्षा गरेका थिए। सोही अपेक्षाअनुसार दाहाल नेतृत्वको सरकारले प्राथमिकतासाथ मधेसवादी दलले उठाउँदै आएका समस्या सम्बोधन गरेपछि अब तेस्रो सहमति पनि चाँडै कार्यान्वयनमा आउने आशा गरिएको मधेसवादी नेताले बताए।
दाहाल प्रधानमन्त्री बन्नुअघि कांग्रेस–माओवादी गठबन्धन र मोर्चाबीच भएका तीनबुँदेलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा शुक्रबार सरकारसँग छलफल भएको र सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको सुमनले बताए।
कतिपयले दाहाल नेतृत्व सरकारले संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन असम्भव रहेको बताउँदै आए पनि मधेसवादी दल भने सरकारले चाहे सहजै हुनेमा ढुक्क छन्।
महासचिव सुमन वर्तमान सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै संसद्मा विधेयक पेस गर्दा त्यसलाई एमालेले पनि समर्थन गर्ने बताउँछन्। 'एमालेभित्र मधेसबाट विजयी भएका ४० जना सांसद छन्,' उनले भने, 'पान खाएर, धोती लगाएर बज्जिका (मध्यतराईको स्थानीय भाषा) बोल्दै भोट मागेका माधव नेपाल पनि एमालेमै हुनुहुन्छ। त्यसैले संसद्मा विधेयक पेस भइसकेपछि पास हुन्छ।'
माधव नेपालले म तपाईंको हुँ, तपाईंका लागि सांसद चुनिएर तपाईंकै अधिकार लेख्न संसद् जाँदै छु भनेर मधेसी जनतासँग भोट मागेको मतदाताले नबिर्सेको उनले सुनाए।
मधेसवादी दलले विशेषगरी संविधानमा उल्लेख गरिएको सात प्रदेश, त्यसको सीमांकन, नागरिकता तथा सीमान्तकृत समुदायका हक–अधिकारबारे चित्त नबुझेको भन्दै गुनासो गरिरहेका छन्।
दाहालले प्रधानमन्त्रीमा उम्मेदवारी दिनेबित्तिकै मधेसवादी दलका सांसदले संसद्मा भाग लिने क्रम पनि सुरु भएको छ। राजनीतिक विश्लेषकका अनुसार कुनै पनि मुलुकले आर्थिक समृद्धि गर्नका लागि राजनीतिक स्थायित्व अपरिहार्य हुने भएकाले दाहाल सत्तामा आएपछि आन्दोलनरत दल सकारात्मक हुनु पहिलो उपलब्धि हो।
अहिलेको उपलब्धि कायम हुनेगरी अबको राजनीतिक यात्रा अघि बढ्नुपर्ने आवश्यकता रहेको विश्लेषक ठान्छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा आन्दोलन चर्किंदा ४७ जना सर्वसाधारण र १३ प्रहरीले ज्यान गुमाएका थिए।
माओवादीका थप मन्त्री दुई/तीन दिनमै
गठबन्धनको सहमतिअनुसार आठ मन्त्रालय पाएको नेकपा माओवादी केन्द्रले सबै मन्त्रीको टुंगो दुई/तीन दिनमै लगाउने भएको छ। स्रोतका अनुसार मन्त्री हुन ठूलो संख्याका नेताले आकांक्षा देखाएकाले केही समस्या देखिए पनि त्यसलाई दुई/तीन दिनमै टुंग्याउनेगरी काम भइरहेको छ।
माओवादी सचिवालय सदस्य मणि थापाका अनुसार पार्टीभित्र ओली नेतृत्वको सरकारमा सहभागी भएकालाई पुनः अवसर नदिने तथा राज्यमन्त्री बनाउनु हुँदैन भन्ने मत बलियो छ। 'अधिकांश नेता, कार्यकर्ताले अध्यक्षलाई मन्त्री छान्दा पार्टीको निर्णय ख्याल गर्न आग्रह गरेका छन्,' थापाले भने, 'प्रधानमन्त्रीलाई आफूअनुकूल टिम बनाउन छुट भए पनि पार्टीको सल्लाहबमोजिम काम होला भन्ने धेरैको अपेक्षा छ।'
स्रोतका अनुसार प्रधानमन्त्री दाहाल भने पार्टीभित्रको समानुपातिक सन्तुलन मिलाउन केही राज्यमन्त्री बनाउने सोचमा छन्। यतिखेर पार्टीका नेता, कार्यकर्ताले प्रधानमन्त्री बन्ने दोस्रो अवसर पाएका दाहाल नेतृत्वको सरकारले राम्रो काम गर्न सकेन भने माओवादी पार्टी नै विघटन हुनसक्ने चेतावनी अध्यक्षलाई दिइरहेका छन्। 'अहिलेको समय दाहालका लागि व्यक्तिगत चुनौती मात्र नभई पार्टीका लागि पनि त्यस्तै चुनौती भएकाले सक्षम, जनताले पत्याएका र समावेशी व्यक्ति छनोट गर्नुपर्ने अवस्था छ,' एक नेताले भने।
माओवादी स्रोतका अनुसार मन्त्री पदका लागि थुपै्र नेता आकांक्षी हुँदाहुँदै पनि अब जनार्दन शर्मा, राम कार्की, प्रभु साह, हितराज पाण्डे, शिवकुमार मण्डल, टेकबहादुर बस्नेतमध्येबाट मन्त्री छनोट हुने सम्भावना बढी छ। पहिलो चरणमा दाहालसँगै उपप्रधान तथा अर्थमा कृष्णबहादुर महरा, युवा तथा खेलकुदमा दलजित श्रीपाइली र कृषिमन्त्रीको जिम्मेवारी गौरीशंकर चौधरीले लिइसकेका छन्।
अब माओवादीले ऊर्जा, स्थानीय विकास, कानुन, शिक्षा र सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी लिन कसलाई पठाउने भन्ने निर्णय गर्न बाँकी छ। माओवादी प्रवक्ता पम्फा भुसाल भने मन्त्री छनोटमा पार्टीभित्र विवाद नरहेको बताउँछिन्।