काठमाडौं-आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद् विस्तार गर्न कठिन हुँदै गइरहेको छ।
सरकार गठनको एक साता बित्दा पनि सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तोक्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा अन्योल बढेको हो ।
माओवादीले प्राप्त गरेका आठमध्ये पाँच मन्त्रीको नाम टुंगो लगाउन मंगलबार बसेको हेडक्वार्टर बैठक बिनानिष्कर्ष टुंगियो । यसअघि प्रधानमन्त्री दाहालसँगै माओवादीका तीन र कांगे्रसका दुई मन्त्रीले शपथ लिएका थिए । सोमबार दाहालले राप्रपाका दुई र नेकपा संयुक्तका एक मन्त्री चयन गरे पनि मुख्य सत्ता साझेदारबाटै नाम टुंगो नलाग्दा ती तीन जनालाई कुन मन्त्रालय दिने भन्ने पनि अन्योलै छ ।
स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्री दाहाललाई नेपाल विद्यार्थी संघको महाधिवेशनपछि मन्त्रीको टुंगो लगाउने जानकारी दिएको छ भने माओवादी केन्द्रमा मन्त्री हुने खोज्ने आकांक्षी धेरै भएकाले समस्या परिरहेको छ । सत्ता बाँडफाँट क्रममा माओवादीले प्राप्त गरेका पाँच मन्त्रालयमा दर्जनभन्दा बढीले हानथाप गरिरहेको एक हेडक्वार्टर सदस्यले जानकारी दिए ।
‘पाँच जना मन्त्री चयन गर्दा पनि महिला, भूगोल, अनुभवी र अन्य जनजाति, समूहबाट मिलाउनुपर्ने अवस्था छ,’ ती सदस्यले नागरिकसँग भने, ‘मन्त्री चयन नहुँदै सार्वजनिक गरिएका नाममा सहमति जुटाउन केही नेता सक्रिय रहे पनि धेरैले विरोध गर्दा दाहाललाई अप्ठेरो भइरहेको छ ।’
अन्य राजनीतिक दलको तुलनामा माओवादीले नै सर्वाधिक रूपमा समानुपातिक समावेशीको कुरा उठाउँदै आएको तर मन्त्री चयन गर्दा त्यसो नदेखिए पार्टी नै बदनाम हुन सक्ने भन्दै केही नेताले कुरा उठाइरहेका छन् । माओवादी हेडक्वार्टर सदस्य लोकेन्द्र विष्टमगरले सरकारमा जाने मन्त्रीको टुंगो लाग्न अझै तीन–चार दिन लाग्न सक्ने बताए । ‘छिटो मन्त्री चयन गर्न आवश्यक भए पनि त्यसका लागि तयारी देखिँदैन,’ उनले भने, ‘अहिले बजारमा आएका नाम पार्टीले निर्णय गरेका होइनन् ।’
माओवादीले तीन–चार दिनमा मन्त्रीको टुंगो लगाउने तयारी गरे पनि कांग्रेसमा भने अझै लामो समय लाग्ने सम्भावना देखिएको छ । कांग्रेसले नेविसंघ महाधिवेशन सकिएपछि मात्र मन्त्रीको टुंगो लगाउने बताइरहे पनि विवादका कारण महाधिवेशनको बन्दसत्र नै सुरु हुन सकेको छैन ।
प्रधानमन्त्री दाहालले मन्त्री चयन गर्न नसक्दा सबै मन्त्रालय कामचलाउ रूपमा कर्मचारीले चलाइरहेका छन् । मन्त्री छनोट नहुँदा दैनिक प्रशासनबाहेक अरू काम हुन सकेको छैन । पटकपटक सरकार फेरिइरहँदा अस्तव्यस्त हुने गरेको प्रशासनक्षेत्र बेलाबेला मन्त्रीविहीन हुँदा झनै शून्यको अवस्थामा पुग्ने कर्मचारी गुनासो गर्छन् । सूचना तथा सञ्चार मन्त्रालयका एक सहसचिवले भने, ‘मन्त्री नआउँदै कुनै योजना बनाउने हो भने नयाँ मन्त्रीले त्यस्ता योजना फेर्लान् भन्ने डर । त्यत्तिकै पर्खने हो भने कहिलेसम्म पर्खने ?’ दुई दिनअघि प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका सचिवलाई नतिजामुखी काम गर्न दिएको निर्देशन सम्झँदै ती सहसचिवले भने, ‘अरुलाई निर्देशन दिने व्यक्तिले पहिला आफूले काम गरेर देखाउनु नि !’
कतिपय भने मन्त्री चयन गर्नमै लामो समय लगाएको सरकारले कसरी जनताको पक्षमा काम गर्ला भनेर प्रश्न गर्न थालेका छन् । ‘सुरुमा मन्त्री चयन गर्न गाह्रो, त्यसपछि मन्त्रीलाई मन्त्रालयको काम र प्रक्रिया बुझ्न समय चाहिने अनि मात्र काम गर्ने परम्परा हेर्दा दाहालको नौमहिने कार्यकाल त्यत्तिकै सकिएला जस्तो छ,’ माओवादीकै एक नेताले भने । माओवादीले नयाँ व्यक्तिलाई पनि मन्त्रीमा छनोट गर्ने बताएकाले उनीहरूलाई बुझ्नकै लागि धेरै समय आवश्यक पर्ने देखिन्छ ।
पछिल्लो समय कांग्रेसले गरिरहेको ढिलाइप्रति माओवादीले शंकाले हेर्न थालेको ती नेताले बताए । ‘कांग्रेसले भनेझैं मन्त्री चयन नहुनुको कारण नेविसंघ महाधिवेशन मात्रै हो भन्ने लाग्न छाडेको छ,’ उनले भने, ‘नेविसंघका नेता मन्त्री त हुने होइनन् नि !’ पहिलो चरणमा कांग्रेसले चयन गरेका तीन मन्त्रीमध्ये अर्जुननरसिंह केसीले अस्वीकार गरेका कारण माओवादीभित्र शंका चुलिएको उनको भनाइ छ । माओवादी प्रवक्ता पम्फा भुसाल कस्ता मन्त्री छनोट गर्ने भन्नेबारे सबै जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताउँछिन् ।
यसैबीच माओवादीले आगामी भदौ १ र २ गते आयोजना गरेको राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठक भदौ १० देखि १५ गतेबीच कुनै दिन पारेर गर्ने निर्णय गरेको भुसालले जानकारी दिइन् । विभिन्न १० कम्युनिस्ट घटकबीच एकतापछि माओवादी केन्द्र आउँदो माघमा पहिलो महाधिवेशन तयारीमा छ । त्यसैको तयारीका लागि समिति बैठक डाकिएको थियो ।