माग थप्दै मधेसी मोर्चा
३१ साउन २०७३
•
८ मिनेट पाठ
माग थप्दै मधेसी मोर्चा
काठमाडौं- मधेस आन्दोलनको क्षति सम्बोधनमा पुष्पकमल दाहाल नेतृत्वको सरकार उदार हुने संकेत पाएपछि मधेसकेन्द्रित दल एकपछि अर्को माग थप्न थालेका छन्। सत्तारूढ गठबन्धन संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई जसरी पनि मनाउने मनस्थितिमा रहेको चाल पाएसँगै मोर्चाले मागसूची लम्ब्याएको हो।

अघिल्लो केपी शर्मा ओली नेतृत्व सरकारलाई मधेस आन्दोलनमा ४२ जनाले ज्यान गुमाएको सूची पेस गरेको मोर्चाले दाहाल प्रधानमन्त्री भएपछिको पहिलो बैठकमा त्यो संख्या ४८ पुर्‍याएको छ । ओली सरकारलाई मोर्चाले पेस गरेको सूचीमध्ये अझैसम्म १३ जनाका परिवारले राहत नपाएको, तीन जनाका परिवारले पाँच लाख रुपैयाँ मात्र पाएको मोर्चाका नेताले बताउँदै आएका छन्। गृह मन्त्रालयका अधिकारी भने मोर्चाले पेस गरेका मध्ये ९ परिवारले मात्र राहत नपाएको दाबी गर्छन्।

– ६८ जनालाई सहिद घोषणा गर्ने तयारी

– भारतीय नागरिक पनि सहिद सूचीमा

– साढे तीन सयको मुद्दा फिर्ता लिने

– साढे ६ सयको उपचार खर्च सरकारले बेहोर्ने

– न्यायिक छानबिन समित गठन हुने

मोर्चाले पछिल्लो समय ३० दलीय आन्दोलनक्रममा थप चार जना र लिम्बुवानको आन्दोलनमा दुई गरी मृतकको संख्या बढाएको हो। आन्दोलनक्रममा मारिएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ राहत र मृतकलाई सहिद घोषणा गर्ने मोर्चा र सरकारबीच यसअघि नै सहमति छ।

गृह मन्त्रालयमा आइतबार मधेस आन्दोलनको क्षतिविवरण पेस गर्ने क्रममा मोर्चाका नेताले ६ जनाको नाम थपेको पाइएपछि अन्योल बढेको गृहस्रोतले बतायो। 'अहिले पेस गरिएको सूचीमा अघिल्लो सरकारको पालामा भन्दा ६ जना बढाइएपछि अचम्ममा पर्‍यौं,' स्रोतले भन्यो, 'परिवर्तनका लागि ठूल्ठूला कुुरा गर्ने दलबाटै यस्तो सूची आउला भन्ने लागेको थिएन।' मोर्चाले आन्दोलन अवधिमा कालगतिले मृत्यु भएकालाई समेत सहिद घोषणा गराएर राहत दिलाउन खोजेको गृहका अधिकारीको आशंका छ।

स्रोतका अनुसार कांग्रेस–माओवादी गठबन्धनका नेताहरूले नै मोर्चाले उठाएका माग जसरी पनि सल्टाउने लक्ष्य लिएकाले उक्त सूची हेरफेर गरिने सम्भावना निकै कम छ। मोर्चासँग बैठकमा सरकारका तर्फबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पेस गरिएका अधिकांश माग सरकारले पूरा गर्ने मोर्चा नेताहरूलाई जानकारी गराएका थिए। बैठकमा मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, भानुराम थारू, लालबाबु यादव, रामनरेश यादव, केशव झा, विजय सैजू, वीसेन्द्र लिम्बूलगायत नेता सहभागी थिए।

मोर्चाले मधेस आन्दोलनबाहेक संविधानप्रति असन्तुष्टि जनाउँदै देशभरि भएका आन्दोलनमा मारिएका नागरिक र सुरक्षाकर्मी गरी ६८ जनालाई सहिद घोषणा गर्न पनि प्रस्ताव गरेको छ। बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार मोर्चाले उठाएका अधिकांश माग पूरा गर्न गृहमन्त्री निधिले प्रतिबद्धता जनाएका छन्। मोर्चाले पेस गरेको मृतक तथा अन्य क्षतिको विवरण मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयन हुनेछ। 'सरकारका तर्फबाट गृहमन्त्रीले मोर्चाका सबै माग २/३ दिनमा मन्त्रिपरिषद्मा पेस गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ,' झाले भने। 

मोर्चाले आन्दोलनमा मारिएका ६८ जनाका परिवारलाई जनही १० लाख रुपैयाँ प्रदान गरिनुपर्ने, मृतकलाई सहिद गर्नुपर्ने, जेलमा रहेका साढे ३ सयको मुद्दा फिर्ता लिनुपर्ने तथा घाइते साढे ६ सयको उपचारखर्च सरकारले नै बेहोर्नुपर्ने विवरण गृहलाई उपलब्ध गराएको छ। सूचीमा आन्दोलनमा ४८ जना अंगभंग भएकाले उनीहरूको जीविकोपार्जनका लागि विशेष सहुलियत उपलब्ध गराउन माग छ।

आन्दोलनक्रममा भएका भौतिक क्षतिको विवरण तथा ज्यादती यकिन गर्न सवर्ोेच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गर्नेबारे पनि बैठकमा लगभग सहमति जुटेको संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु यादवले बताए। 'गृहमन्त्रीले अधिकांश माग पूरा गर्ने गृहमन्त्रीले प्रतिबद्धता जनाएकाले हामी उत्साही छौं,' उनले भने। छानबिन समितिले तीन महिनाभित्र सबै काम सकेर सरकारसमक्ष प्रतिवेदन बुझाउने तय गरिएको छ।

आन्दोलनपीडितको चित्त बुझाएपछि सरकारले संविधान संशोधनको प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएको मोर्चाका नेता बताउँछन्। रामसपाका महासचिव झाका अनुसार गृहमन्त्रीसँग वार्ता हुँदै गर्दा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रक्रिया पनि चाँडै सुरु गर्ने सन्देश पठाएका थिए।

गृहप्रवक्ता यादव कोइरालाले मधेसी मोर्चाले पेस गरेको विवरण मन्त्रालयमा उपलब्ध तथ्यांकसँग भिडाएर मन्त्रिपरिषद् पठाइने बताए। मन्त्रिपरिषद्ले निर्णय गरेपछि मृतकका परिवारले राहत पाउनुका साथै सहिद घोषणालगायत सबै निर्णय कार्यान्वयनमा जानेछन्। मोर्चाका नेता झाले ती सबै मागमा  दुई–तीन दिनभित्र निर्णय भइसक्ने बताए। 

मोर्चाले आन्दोलनक्रममा वीरगन्जमा  मारिएका भारतीय नागरिक आशिष रामलाई समेत सहिद घोषणा गर्न प्रस्ताव गरेको छ। फोरम उपाध्यक्ष यादवले सहिदको कुनै भूगोल नहुने भएकाले भारतीय नागरिकलाई पनि सूचीमा राख्नुपर्ने तर्क गरे। 'विगतमा कैयन भारतीयले जस्तै आशिष रामले पनि मधेस आन्दोलनका बेला नेपालमा रगत बगाए,' उनले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस