शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
०६ माघ २०७९
•
२ मिनेट पाठ
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन्।




केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका हुन्। उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका छन्।  

प्रधानमन्त्रीले अगाडि भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो। केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गरेको थियो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’

केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री दाहालले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बोधन गरिनेछ।’

नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा दुई सय वटा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाले वर्षमा एक सय बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्।

प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ।’ मिर्गौला प्रत्यारोपणका लागि वार्षिकरुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि केन्द्रले भूमिका खेलको भन्दै प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे। प्रधानमन्त्रीले त्यसका लागि केन्द्रलाई धन्यवाद दिए।

प्रधानमन्त्रीले थपे, ‘यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन। यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ। साथै सातवटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यकपर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न  सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईंहरूको मागप्रति गम्भीर छु।’
अर्को समाचार
अंगदान गर्ने महिला, लिने पुरुष
२८ असार २०८०
•
९ मिनेट पाठ
अंगदान गर्ने महिला, लिने पुरुष
रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ। रोगकै कारण कुनै व्यक्तिको अंग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ। यस्तो अवस्थामा नजिकका आफन्तको अंग आवश्यक पर्छ। त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अंगदानको प्राथमिकतामा पर्छन्।




श्रीमानका लागि श्रीमती र श्रीमतीका लागि श्रीमान् वा बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा। यस्तो अवस्थामा घरका पुरुषहरू वा महिलाहरूमध्ये को पहिला अंगदानका लागि तयार हुन्छन् होला? सामान्य अवस्थामा हेर्दा पुरुष र महिला भन्नै पर्दैन, सबैका लागि सबै तयार हुन्छन् भन्ने लाग्छ। तर,तथ्यांकले त्यस्तो भन्दैन। अंगदानमा पनि व्यापक लैगिक विभेद् देखिने गरेको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तथ्यांक अनुसार अहिलेसम्म भएको अंग दानको विश्लेषण गर्दा ७८ प्रतिशत अंगदाता महिला छन् भने २२ प्रतिशत मात्रै पुरुष छन्। महिलाले दान गरेको सबै अंग पाउने सबै पुरुष छन्। महिलाले महिला र पुरुष दुवैका लागि अंग दान गरिरहेका बेला पुरुषको अंग पाएर ज्यान बचाउने महिलाको संख्या अत्यन्त न्यून छ।

प्रत्यारोपणका लागि अंग दान गर्नेमा महिलाको संख्या बढी छ। महिलाले दान गरेका अंग लिने जति सबै पुरुष छन्। श्रीमानलाई अंग दान आवश्यक परेमा श्रीमती सजिलै तयार हुँदा श्रीमानले भने कन्जुस्याइँ गर्छन्। विभिन्न बहाना बनाउँछन्।

आफन्तलाई अंग आवश्यक पर्दा दिन तयार हुने महिलालाई अंग प्रत्यारोपण गर्नु परेमा पुरुषहरू पर सर्ने गरेको तथ्यांकले देखाएको छ। विशेष गरी मिर्गाैला प्रत्यारोपणमा यो अवस्था बढी हुने गरेको हो।

रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ। रोगकै कारण कुनै व्यक्तिको अंग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ। यस्तो अवस्थामा नजिकका आफन्तको अंग आवश्यक पर्छ। त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अंगदानको प्राथमिकतामा पर्छन्।
पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।

‘श्रीमतीले श्रीमानलाई सजिलै अंग दान गर्छन, तर श्रीमानले श्रीमतीलाई दिन मान्दैन, बुवाआमालाई आवश्यक परे छोरीले दान गर्छ तर छोराले दिंदैन’, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘अंग दानमा देखिएको यो विभेदले आफूलाई पुरुष भन्न पनि लाज लाग्छ।’

लैंगिक विभेद अंगदान र प्रत्यारोपणको चुनौती नै बनेको डा. श्रेष्ठ बताउँछन्।

‘महिलाको अंग लिने अधिकार ठान्ने तर महिलालाई दिन पर्दैन भन्ने पुरुषको मानसिकता छ, यो मानसिकता हटाउनुपर्छ’, उनी भन्छन्।

अंगदान गर्ने पुरुषको संख्या बढाउनकै लाागि महिलालाई पुरुषले अंग दिंदा ५० हजार रुपैयाँ आर्थिक सहयोगको व्यवस्था छ। यो प्रावधानले पनि धेरै सुधार ल्याउन सकेको छैन। महिलाले पनि प्राथमिकतासाथ मृर्गौला प्रत्यारोपण गर्न पाउन् भनेर मस्तिष्क मृत्युबाट प्राप्त हुने मिर्गौला वितरणमा महिलालाई पुरुषको दाँजोमा तेब्बर प्राथमिकता दिइएको डा. श्रेष्ठ बताउँछन्।

समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकको रूपमा लिइन्छ। श्रीमानले परिवारको पालनपोषण गर्नुपर्छ भन्ने पुरानो मान्यता छ जसले गर्दा उसले अंग दान गर्नु हुँदैन भन्ने सोच परिवार र आफन्तले राख्छन्। तर,यो सबै पितृसत्ताकै उपज हो भन्छिन्, अधिकारकर्मी प्रतिमा शर्मा।

हिंसा घरबाट र आफ्नै श्रीमानबाट बढी हुन्छ। श्रीमानलाई केही भए श्रीमतीले सबैथोक त्याग गर्न तयार हुन्छिन् तर पुरुषले महिलालाई उपयोग मात्रै गर्छन्’, उनी भन्छन्।

उपयोगितावादले गर्दा महिलाप्रति पुरुषको सम्वेदना कम हुने गरेको उनको विश्लेषण छ। ‘महिलाप्रति व्यक्ति र समाजको सोच बदल्न सानो लगानीले हुँदैन। सरकार, निजी क्षेत्र तथा सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ, शिक्षाको पाठ्यक्रम पनि त्यही अनुसारको बनाउनुपर्छ’, शर्मा थप्छिन्।

लैगिक विभेद अन्त्य गर्न पितृसत्तात्मक संरचना नै बदल्नुपर्ने र तीनै तहका सरकारले प्रत्येक घरधुरीमा पुग्ने गरी व्यापक सचेतना जगाउनु पर्ने सुझाव अधिकारकर्मी शर्माको छ। अंग नपाएका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपालमा २०७४ देखि मस्तिष्क मृत्युपछि अंगदान गर्ने प्रचलन सुरु भयो।

अठार वर्षभन्दा माथिका व्यक्तिले स्वेच्छाले आफ्नो नजिकका नातेदारलाई चिकित्सकीय उद्देश्यका साथ मानव अंग, मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ कानुनको अधिनमा रही अंग दान गर्न सक्छन्। हाम्रो मृत्युपछि डढेर र गलेर जाने अंगले अरूको जीवन बँचाउन सकिन्छ।

अंग शरीरको विशेष काम गर्ने अवयव हुन् जस्तैः मुटु, फोक्सो, मिर्गौला, कलेजो, प्याङक्रियाज तथा आन्द्रा इत्यादि। त्यस्ता रोगीहरू जसको रोगका कारण अंग विफलताको अन्तिम चरणमा बसेर मृत्यु कुरेकालाई अंग दानले नयाँ जीवन दिन्छ।

डा.  श्रेष्ठका अनुसार नेपालमा बर्सेनि तीन हजार मानिसको मिर्गौलाले काम नगर्ने हुन्छ तर प्रत्यारोपण भने तीन सयको मात्रै भइरहेको छ। बाँकी २७ सयको प्रत्यारोपण जरुरी छ तर मिर्गौला छैन। अंग दान र प्रत्यारोपणबारे पर्याप्त सचेतना नहुँदा अंग नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको डा. श्रेष्ठको भनाइ छ।

समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकको रूपमा लिइन्छ। श्रीमानले परिवारको पालनपोषण गर्नुपर्छ भन्ने पुरानो मान्यता छ जसले गर्दा उसले अंग दान गर्नु हुँदैन भन्ने सोच परिवार र आफन्तले राख्छन्। तर,यो सबै पितृसत्ताकै उपज हो भन्छिन्, अधिकारकर्मी प्रतिमा शर्मा।
‘स्वस्थ व्यक्तिले पनि अंगदान गर्न चाहँदैन, मृत व्यक्तिको अंग निकाल्न परिवार र आफन्तले दिंदैनन्’, उनी भन्छन्।

नेपालमा अहिलेसम्म झण्डै ११ सयको मिगौला प्रत्यारोपण गरिएको छ। प्रत्यारोपणका लागि अंगदान गर्नेहरू पनि सबै स्वस्थ छन्। मिर्गाैला दान गर्ने व्यक्ति धेरै वर्ष बाँच्ने चिकित्सा विज्ञानले नै प्रमाणित गरेको डा.श्रेष्ठ बताउँछन्।

कुनै पनि व्यक्तिको अंग फेल भएमा दीर्घकालीन उपाय भनेको अर्को अंग राख्ने हो। अंगप्रत्यारोपणको विकल्प छैन। मिर्गौलाको डायलाइसिस सेवा भए पनि प्रत्यारोपणको विकल्प होइन। ‘डायलाइसिस गरेपछि प्रत्यारोपण गर्नु पर्दैन भन्ने भ्रम हामीमा छ तर डायलाइसिसले मानिसलाई केही समय बँचाउने मात्र हो, पुनःस्थापना होइन’, श्रेष्ठ भन्छन्, ‘डायलाइसिस गरेर बस्नु भनेको सधैं बिरामी भइरहनु हो भने मिर्गौला प्रत्यारोपण रोग निको पारेर पहिलाको झैं तन्दुरुस्त हुनु हो, रोगमुक्त हुनु हो।’

नेपालमा एक वर्षमा झण्डै ३० हजार डायलाइसिस सेसन हुने गरेको छ।

मधुमेह रोग नभएको, उच्च रक्तचाप (सुगर, प्रेसर) बढेर धेरै औषधी नखाएको, क्यान्सर र सरुवा रोग नलागेका मानिसले अंगदान गर्न सक्छन्। १८ वर्षदेखि माथि ६५ वर्ष र स्वस्थ छ भने  त्योभन्दा पनि धेरै उमेर भएकाहरूले पनि अंगदान गर्न मिल्छ।

नेपालमा मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ अनुसार स्वस्थ व्यक्तिले आफ्नो  नजिकको नातेदारलाई अंग दिन मिल्छ। नजिकको नातेदार भन्नाले बाबुआमा, दाजुभाइ, दिदीबहिनी, बाजेबजै, छोराछोरी, नातिनातिनी, भतिजाभतिजी, ज्वाँइजेठान, काकाकाकी, भाञ्जाभाञ्जी, मामामाइजु, श्रीमान् श्रीमती, दुई वर्षदेखि सँगै बसेका धर्मपुत्रधर्मपुत्री, सौतेलो बाबुआमा लगायतले अंग आपसमा लिन दिन सक्ने कानुनी व्यवस्था छ।

नेपालमा अहिलेसम्म झण्डै ११ सयको मिगौला प्रत्यारोपण गरिएको छ। प्रत्यारोपणका लागि अंगदान गर्नेहरू पनि सबै स्वस्थ छन्। मिर्गाैला दान गर्ने व्यक्ति धेरै वर्ष बाँच्ने चिकित्सा विज्ञानले नै प्रमाणित गरेको डा.श्रेष्ठ बताउँछन्।
नातेदारको बीचमा अंग गलिने दिने भए पनि मिलेन भने अर्को परिवारसँग मिल्यो भने साटासाट गर्न पाइने व्यवस्था छ। साटासाट गरेर पनि प्रत्यारोपण हुने गरेको छ। नजिकका नातेदारले मात्र अंग दान गर्न पाउने प्रावधान भएकाले कानुन विपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने प्रावधान छ।

यस्तै मष्तिष्क मृत्यु भएकाहरूबाट प्राप्त भएको अंग पनि प्रत्यारोपण हुने गरेको छ। तर,नेपालको हकमा अंग प्रत्यारोपणका लागि सबैभन्दा प्रभावकारी मस्तिष्क मृत्युपछिको अंग दान भए पनि चेतना नहुँदा दान गर्न धेरैले कन्जुस्याइँ गर्ने गरेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डा. कल्पनाकुमारी श्रेष्ठ बताउँछिन्। आँखादान जस्तो सहज अरू अंग दान हुन नसकेको उनको भनाइ छ।

नातेदारको बीचमा अंग गलिने दिने भए पनि मिलेन भने अर्को परिवारसँग मिल्यो भने साटासाट गर्न पाइने व्यवस्था छ। साटासाट गरेर पनि प्रत्यारोपण हुने गरेको छ।
नेपालमा अहिलेसम्म २७ सय बढीले मष्तिष्क मृत्युपछि अंगदान गरेका छन् भने २२ सय जनाले दान गर्ने घोषणा गरेका छन्। अंग नपाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न अंगदानको महत्व र आवश्यकता सबै नागरिकलाई बुझाउन आवश्यक छ भन्छिन् डा. श्रेष्ठ।

उनका अनुसार मस्तिष्क मृत्युपछिको अंगदान कुनैपनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणा भएपछि मात्र सम्भव हुन्छ। घरमा मृत्यु भएको व्यक्तिको निर्धारित समयसम्म आँखा दान मात्रै सम्भव हुन्छ।

मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्ण रूपमा मृत घोषित गर्छ। यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अंग निकाल्ने काम हुन्छ। मस्तिष्क मृत्युको घोषणा ऐनले तोकेका योग्यता पुगेका चिकित्सकहरूमध्ये बिरामीको उपचारमा संलग्न चिकित्सकसहित कम्तीमा एकजना ऐस्थेलियोजिस्ट वा इन्टेसिसभस्ट रहेको टोलीबाट परीक्षण पछि मात्रै गरिन्छ। यस्ता चिकित्सकहरू प्रत्यारोपण कार्यमा संलग्न हुन पाउँदैनन्।

यसरी चिकित्सा विशेषज्ञको टोलीले छ घण्टाको अन्तरालमा दुई पटक परीक्षण गरी सुनिश्चित भएपछि मात्रै मस्तिष्क मृत्युको घोषणा गर्ने डा.श्रेष्ठ बताउँछिन्।

‘अंग दान गर्ने घोषणा गरेको व्यक्तिको मृत्यु हुन्छ, आफन्त शोकमा हुन्छ्, यस्तो अवस्थामा  परिवार र आफन्तलाई अंग दानका लागि बुझाउन निकै संघर्ष गर्नुपर्छ, कतिपय ठाउँमा समस्या भोग्नुपरेको छ’, उनी भन्छिन्।

प्रत्यारोपण केन्द्रका अनुसार ‘ब्रेन डेथ’ भएकाहरूको शरीरबाट निकालिने मिर्गौला २४ घण्टासम्म प्रत्यारोपण गर्न मिल्छ। मुटु छ घण्टा, कलेजो १५ घण्टा, फोक्सो आठ घण्टा, सानो आन्द्रा १० घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ। मृत्युपछि अंगदाताको शरीरबाट सावधानीपूर्वक अंग निकालिने भएकाले शवमा कुनै पनि विकृति नदेखिने उनी बताउँछिन्।

मिर्गौला स्वस्थ राख्न हाम्रो आनिबानी परिवर्तन गर्नुपर्छ। हरेक दिन प्रशस्त पानी पिउने, उच्च रक्तचाप र शरीरको तौल नियन्त्रणमा राख्न, मद्यपान र धुम्रपान नगर्न,  नियमित स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्यप्रति सचेत रहन चिकित्सकको सुझाव छ।

पहिले रक्तदान गर्नेको संख्या निकै कम थियो अहिले सचेतनाका कारण बढ्दै गएको छ। तीनै तहका सरकारले अंगदान नै जीवन दान हो भन्ने महत्त्व बुझाउन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।  
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस