प्रदेश १ का विनाविभागिय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार साँझ मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।
जसमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लिएका छन्।
यस्तै एमालेका तिलकुमार म्याङ्वोलाई खानेपानी सिंचाई तथा उर्जा मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय, माओवादीका दुर्गा चापागाईलाई सडक पूर्वाधार तथा सहरीविकास मन्त्रालय, जीवन आचार्यलाई पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै जसपाकी निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।