५ बर्षमा प्रदेशलाई उचाईमा पुर्‍याउँछौ: मुख्यमन्त्री अधिकारी
०७ माघ २०७९
•
३ मिनेट पाठ
५ बर्षमा प्रदेशलाई उचाईमा पुर्‍याउँछौ: मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकूलको उत्पादन बढाउनुपर्ने बताएका छन्। गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्ने बताए। 




१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सव,माघे सङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले माटो अनुकूल उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिने प्रशस्तै सम्भावना भएकाले प्रदेश सरकारले निजी क्षेत्रसँग समेत सहकार्य गरी योजना बनाउने बताए। ‘म्याग्दीमा उत्पादन हुने बस्तु पोखराबाट ल्याउनुपर्ने अवस्थाको अव अन्त्य हुनुपर्छ,‘अब सबैले कुराभन्दा काम गरेर देखाउने समय आएको छ’ मुख्यमन्त्री अधिकारीले भने।  

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक म्याग्दीमा आएका अधिकारीले कालिगण्डकी नदीको शिलालाई भारतको अयोध्यासम्म पुर्‍याउने कार्यले धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने बताए। उनले गण्डकी प्रदेशको लाइफलाइन मानिएको काली गण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने सडक खण्डको स्तरोन्नति, कोरोला नाका सञ्चालनमा आएपछि आर्थिक गतिविधिका धेरै सम्भावना भएकाले पर्यटन क्षेत्रमा सक्रिय भएकालाई अहिले नै होटल बन्द नगर्न अनुरोध गरे। ‘हामीसँग सम्भावना धेरै छ, कालिगण्डकीमा सुन भेटिन्छ,मैले प्रत्यक्ष धेरै पटक सुन चाल्दै गरेको देखेको छु’ मुख्यमन्त्री अधिकारीले भने।

उनले कृषि, पर्यटन र जलविद्युत मुख्य आधार भएकाले अब प्रदेश सरकारले जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजना बनाउने बताए। उनले गण्डकी प्रदेशभित्रका हरेक जिल्लाका बारेमा जानकारी रहेको बताए। उनले छिमेकी राष्ट्र चिन र भारतसँगको सम्बन्धलाई बलियो बनाउने बताए। उनले दुबै देशलाई जोड्ने कालिगण्डकी कोरिडोरलाई समयमै सम्पन्न गर्न प्रदेश सरकारबाट सबै किसिमको सहयोग हुने बताए। उनले विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताए। मुख्यमन्त्री अधिकारीले अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शैयाको भवनलाई तत्काल सुरू गर्न समेत ठेकेदारलाई निर्देशन दिए। ‘ठेकेदारको लापरबाहीले जनतालाई असर गरिरहेको छ,‘जिल्ला अस्पताललाई गुणस्तरीय सेवाका लागि आवश्यक सबै सहयोग गर्छु’ मुख्यमन्त्री अधिकारीले भने। उनले शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोड्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताए।  

मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको बताउँदै आफ्नो ५ बर्षे कार्यकालमा जनतालाई अनुभूति हुने गरी काम गर्ने बताए।म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनी बजारको खुलामञ्चमा गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा शनिबार सकिएको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।  

१० करोडको कारोबार, डेढ लाखले अवलोकन गरे  

म्याग्दी महोत्सवमा १० करोड बराबरको कारोबार भएको छ। महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेष भूषाको जगेर्नामा समेत सघाएको आयोजकले बताएको छ। महोत्सवमा काली गण्डकी नदीमा र्‍याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुर्ख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो। महोत्सव स्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु लगायत रमाइलो मेलामा डेढ लाख आन्तरिक पर्यटकको आगमन भएको र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।  

महोत्सवमा एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ। म्याग्दीको बेनीमा २०५७ सालदेखि माघे सङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौँ महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यस वर्ष आयोजना गरिएको थियो।          
अर्को समाचार
गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह
१२ चैत्र २०७९
•
२ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।




नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आग्रह गरे। ‘माओवादीले साथ छाडिसकेको छ,’ उनले भने, ‘त्यसैले सरकार अल्पमतमा परिसक्यो। बहुमत जुटाउने सम्भावना पनि देखिँदैन। यस्तो अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ।’

पाण्डेले काम चलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, नियुक्ति र सरुवा बढुवालगायतका कार्य गर्नु न्यायोचित नहुने बताए। उनले वर्तमान अल्पमतको सरकारले गरेका निर्णयबाट आर्थिकलगायतका दायित्व सिर्जना भएमा सो दायित्व नया सरकारले लिन बाध्य नहुने चेतावनी दिए। ‘हामी अल्पमतको सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन सचेत गराउँछौं र सो निर्णय कार्यान्वयन नगर्न पनि आग्रह गर्छौं,’ उनले भने।

पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा पार्टीका शिर्ष नेताहरूले टुंग्याउने बताए। नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने र पहिलो कार्यकाल आफूले पाउनुपर्ने माग गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेता पाण्डेले भने, ‘यो सबै केन्द्रले टुंग्याउँछ। शीर्ष नेताहरूबीच जे सहमति हुन्छ त्यो कार्यान्वयन हुन्छ।’

सरकारको नेतृत्वका लागि आलोपालो गर्न सहमत कांग्रेस गण्डकीले पहिलो कार्यकाल भने आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

पाण्डेले १० दलीय गठबन्धन बनेपछि नेपालको राजनीति सही लिकमा आएको बताए। छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नहुने उनको भनाइ छ। ‘तर सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरण भने निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल छ। यसले निर्वाचनपछि केही समय लिकबाहिर पुगेको राजनीति पुनः सही लिकमा प्रवेश गरेको छ,’ उनले भने।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस