गच्छदारलाई अल्मल्याउँदै दाहाल
०२ भदौ २०७३
•
८ मिनेट पाठ
गच्छदारलाई अल्मल्याउँदै दाहाल
काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका उप्रप्रधानसहित तीन मन्त्री फिर्ता बोलाएर कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन जनाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने सम्भावना घट्दै गएको छ।




वर्तमान सरकार बन्नुअघि नेकपा माओवादी केन्द्रका नेताहरूले नयाँ गठबन्धनमा सत्तासाझेदार बनाउने आश्वासन दिए पनि पछिल्लो समयमा प्रधानमन्त्री/मन्त्रीसँग संवाद नै हुन छाडेपछि सरकारमा सहभागी हुने सम्भावना घट्दै गएको फोरम लोकतान्त्रिकका नेताहरू बताउँछन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पार्टीको तर्फबाट अध्यक्ष विजयकुमार गच्छदारले एकपटक मात्र औपचारिक छलफल गर्ने मौका पाएका छन् । उक्त छलफलमा गच्छदारलाई सम्मानजक रूपमा सरकारमा सहभागी गराउने दाहालको आशय नदेखिएको फोरम लोकतान्त्रिकका नेताले बताए। दाहालले सम्मानजक रूपमा गच्छदारलाई सरकारमा सहभागी गराउने इच्छा नदेखाएपछि सरकार र लोकतान्त्रिकबीच औपचारिक छलफल नभएको एक नेताले बताए ।

उक्त पार्टीका मुख्य सचेतक योगेन्द्र चौधरीका अनुसार अहिलेसम्मको मोटामोटी बुझाइअनुसार सत्तारुढ दल कांग्रेस र माओवादी फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गर्न गम्भीर देखिएका छैनन्। 'अब हामी सरकारमा सहभागी दलले आवश्यकता महसुस गरे भने मात्रै जान्छौं, सहभागिता खोज्न सत्तारुढ दलका नेताको निवास धाउँदैनौं,' चौधरीले भने।

पछिल्लो समयमा सत्तारुढ दलको व्यवहार बदलिएपछि फोरम लोकतान्त्रिकका नेताले कांग्रेस–माओवादीले धोका दिएको गुनासो गर्न थालेका छन्। 'कांग्रेेस–माओवादीका नेताले अहिले गरिरहेको व्यवहार सरकारमा सामेल हुने खालको छैन,' फोरम लोकतान्त्रिकका अर्का नेताले भने, 'ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दा धेरैले सत्ताका लागि राजीनामा दिएको आरोप लगाए। अहिले नयाँ सरकारमा सामेल हुने छाँट देखिँदैन।' नेता चौधरी भने संविधानको त्रुटि सच्याउन र १६ बुँदे सहमति कार्यान्वयनका लागि कम्तीमा चार दल (कांग्रेस, एमाले, माओवादी र गच्छदारसहितको मधेसी मोर्चा) बीच सहमति हुन आवश्यक रहेको ठान्छन् ।

विगतका अधिकांश सरकारमा सहभागी हुँदै आएका गच्छदारले दाहाल नेतृत्वको सरकारमा पनि सहभागी जनाउने इच्छा राख्दै प्रधानमन्त्री चुनावमा उनलाई मतदान गरेका थिए। १४ सांसद संख्या रहेको उक्त पार्टीले सुरुमा उपप्रधानसहित तीनवटा मन्त्री पाउनुपर्ने माग गरे पनि मधेसी मोर्चाकै कतिपय नेताले गच्छदारलाई सरकारमा सहभागी नगराउन प्रधानमन्त्रीसँग लबिङ गरेको आरोप लाग्दै आएको छ। तर, पछिल्लो समयमा मोर्चाका नेताहरूले गच्छदारलाई सरकारमा सहभागी गराउने/नगराउने प्रधानमन्त्रीको व्यक्तिगत अधिकार भएको बताउँदै आएका छन्।

माओवादी स्रोत भने पछिल्लो समय संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेसवादी दलसँग सरकारको सम्बन्ध सुधार हुँदै गएकाले गच्छदारलाई सरकारमा सहभागी गराउने या नगराउनेबारे प्रधानमन्त्री द्विविधामा रहेको बताउँछ। 'ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिनेबेला गच्छदारलाई दाहाल नेतृत्व सरकारमा सहभागी गराउनुपर्छ भन्नेमा लगभग सबैको धारणा एउटै जस्तै थियो,' माओवादी स्रोतले भन्यो, 'तर संसद्मा समर्थन प्राप्त गरिसकेपछि भने राजनीतिमा केही फरकपन आएकाले प्रधानमन्त्रीलाई द्विविधामा पुर्‍याएको हो।' प्रधानमन्त्री निर्वाचनकै क्रममा व्यवस्थापिका संसद्मा बोल्ने क्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गच्छदारलाई 'मुसा' प्रवृत्तिको संज्ञा दिँदै खिल्ली उडाएका थिए।

फोरम लोकतान्त्रिकका मुख्य सचेतक चौधरी पछिल्लो समय केही दल र नेताले फरक विचार राख्ने दललाई निषेधको राजनीति गर्न खोजेको उल्लेख गर्दै त्यस्तो व्यवहार समस्या समाधानका लागि घातक रहेको ठान्छन्। 'जो जसले जे प्रयास गरे पनि सरकारमा कसलाई सामेल गराउने/नगराउने भन्नेबारे निर्णय गर्ने अधिकार भने प्रधानमन्त्रीको हो, प्रधानमन्त्रीले अरुलाई देखाउन  मिल्दैन,' उनले भने।

सत्ता बाँडफाँट क्रममा कांग्रेसले १३, माओवादीले ८ र अन्य दलका लागि ६ मन्त्रालय छुट्टाइएको छ। जसमध्ये अहिलेसम्म माओवादीले मात्र आफूले पाएका सबै मन्त्रालयका लागि मन्त्री पठाउन सकेको छ। त्यस्तै साना दलका लागि छुट्टाइएको भनिएका मन्त्रालयमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दुई र नेकपा संयुक्तलाई एक मन्त्रालय दिइएको छ। कांग्रेसले अहिलेसम्म दुई जनालाई मन्त्री बनाएको छ। भातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनपछि सरकारमा जाने बाँकी व्यक्तिको टुंगो लगाउने कांग्रेस नेताहरू बताउँछन्।

बालुवाटार स्रोतका अनुसार मधेसी मोर्चासँगको सम्बन्धलाई सुधार गर्ने पक्षमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा प्रयासरत रहेकाले गच्छदारलाई सरकारमा सहभागी गराउनका लागि 'पर्ख र हेर' को रणनीतिमा छन्। मधेसी मोर्चासँगको सम्बन्ध बिग्रेमा मात्र गच्छदारलाई सरकारमा लैजाने प्रक्रिया सुरु हुने बताइएको छ। सरकारमा जाने तय भइसकेपछि फोरम लोकतान्त्रिकले मन्त्री बनाउने व्यक्तिको टुंगोसमेत लगाइसकेको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस