काठमाडौं, फागुन २४ (नागरिक)- नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विजयी लयमा समाएको छ। साविक विजेता पुलिसले सोमबार न्युरोड टिम (एनआरटी) को अपराजित यात्रालाई पूर्णविराम लगाउने क्रममा १-० को जित पायो।
भोला सिलवालले २७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्दा पुलिस तीन अंक लिएर लिग अंकतालिकाको दोस्रो स्थानमा उक्लन सफल भएको छ। जुमानु राईको क्रसलाई गोलरक्षक सुरेन्द्र श्रेष्ठले फर्काएपछि रिवाउन्डमा भोलाले नजिकबाट गोल गरे । अस्वस्थताका कारण सुरेन्द्रले अघिल्ला दुई खेल खेलका थिएनन्।
पाँचमध्ये तीन जित र दुई बराबरीका साथ पुलिसको ११ अंक भएको छ। एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लब (१२) शीर्ष स्थानमा छ। पराजयपछि एनआरटी (१०) तेस्रो स्थानमा झरेको छ। राकेश श्रेष्ठको प्रतिबन्धमा 'लास्ट डिफेन्स' खेलेका सुरज विश्वकर्मा १३औं मिनेटमा घाइते हुँदा पुलिसमा समस्या देखियो। फ्रि-किक हान्दा मांसपेसी तन्किएपछि सुरज खेल्नै नसक्ने भए। उनको ठाउँमा प्रशिक्षक विराटकृष्ण श्रेष्ठले फिट भइनसकेका सुमन सुवेदीलाई मैदान उतारे।
पहिलो २० मिनेटमा दुई उत्कृष्ट आक्रमण विफल हुनु एनआरटीका लागि दुर्भाग्य सावित भयो। १५औं मिनेटमा नविन न्यौपानको छोटो पासमा जीवन सिन्केमानको सशक्त प्रहार पुलिसका गोलरक्षक रितेश थापाले पञ्च गर्दा बल बिममा ठोक्किएर मैदान फर्कियो। त्यसको पाँच मिनेटपछि जीवनले चिप गरेको बल रितेशले नियन्त्रणमा लिए। १७औं मिनेटमा रमेश कटुवालको प्रहार पोलमा लागेर बाहिरिँदा पुलिस पनि अग्रताको मौकाबाट चुक्यो।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले खेलमा सुधार भैरहेको बताए। 'खेलमा क्रमश सुधार भैरहेको छ। यो जित एनआरटीको बाधकका रुपमा रह्यो,' उनले भने, 'आज रोक्न नसकेको भए मनाङ र एनआरटी अलि अगाडि बढ्थे। आजको जितले अंक अन्तर घटाएको छ।'
यसअघि नै पहेँलो कार्ड पाएका गोलरक्षक रितेश थापा र रक्षक रविन श्रेष्ठले सोमबार पुनः पहेँलो कार्ड दर्शन गर्दा पुलिस फ्रेन्ड्ससँगको खेलमा दबाबमा आउने सम्भावना छ। फ्रेन्ड्ससँग दुवैले खेल्न पाउने छैनन् । एनआरटीका पहेँलो कार्ड पाएका उमेश उप्रेती र रञ्जित श्रेष्ठ मच्छिन्द्रको खेल देखिने छैनन्।
एनआरटीका डिकेन सुवालले सायन मोसाबी नहुँदा स्कोरिङमा समस्या परेको जनाए।
फ्रेन्ड्स लगातार विजयी
एनआइबिएल फ्रेन्ड्सले लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। संकटा काठमाडौं मल क्लबमाथि २-१ को जितपछि फ्रेन्ड्स (९) पाँचौं स्थानमा उक्लेको छ। खेल सकिन दुई मिनेट बाँकी रहँदा नीराजन खड्काले गोल गरेपछि फ्रेन्ड्सको जित सम्भव भयो। कर्नरबाट आएको बल संकटाका सन्तोष श्रेष्ठको क्लियर प्रयास असफल हुँदा नीराजनले उत्कृष्ट भलीमा गोल गरे।
विनोद लामाको गोलबाट ५४औं मिनेटमा फ्रेन्ड्सले अग्रता लिएको थियो। आजाद प्रधानको कर्नरमा विनोदले हेड गोल गरे। ७१औं मिनेटमा रामकृष्ण जिसीको गोलबाट संकटाले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन। नीराजन मल्लको फ्रिकिकमा रामकृष्णले हेड गोल गरेका हुन्। यु-१९ का प्रभावशाली स्ट्राइकर नीराजनले लिगका पाँच खेलसम्म गोलको खाता खोल्न सकेका छैनन्। उनको यो पहिलो लिग हो।
फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले जितलाई लक्ष्यअनुरुपको नतिजा भएको बताए। सफलताले उत्साहित मृगेन्द्रले अबको लक्ष्य पुलिसलाई हराउनु रहेको प्रस्ट्याए। 'ब्रिटिस कपमा पुलिससँग १-० ले अग्रताका बावजुद ५-१ ले गुमाउनुपर्यो, त्यसको बदला लिनुछ। त्यसका लागि हामी सक्षम छौं,' उनले थपे। पाँचमध्ये एकमात्र खेल जितेको संकटा ३ अंकका साथ दसौं स्थानमा छ।
सानमिगेल लिगमा मंगलबार
आरसिटीविरुद्ध मच्छिन्द्र
जावलाखेलविरुद्ध एपिएफ