सरकारमा ३३ दिन
१४ माघ २०७९
•
५ मिनेट पाठ
सरकारमा ३३ दिन
रवि लामिछाने आफूविरुद्धको नागरिकता मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उपप्रधान तथा गृहमन्त्री बने। उनले ३३ दिन यो जिम्मेवारी समाले। नागरिकता विवादकै क्रममा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै लामिछाने गत पुस ११ गते उपप्रधान तथा गृहमन्त्री भएका थिए। गृह मन्त्रालयको जिम्मेवारी पाएपछि लामिछाने चर्चा र आलोचनाको केन्द्रमा छाइरहे।  




लामिछानेले गठबन्धन सरकारमा गृह मन्त्रालय पाउनुपर्ने अडान राखे। अडानअनुसार नै उनले उक्त मन्त्रालय पाए। सरकारमा पुगेपछि यही विषय उनको पहिलो आलोचनाको कारण बन्यो। लामिछानेको नागरिकताका विषयमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन गरिरहेका थिए। यी तीनवटै निकायको तालुकदार मन्त्रालयमा लामिछाने मन्त्री बनेर जाँदा ‘स्वार्थको द्वन्द्व’ सिर्जना हुने भन्दै चर्को आलोचना भयो। नागरिकता मुद्दाको अनुसन्धान प्रभावित गर्न नै गृह मन्त्रालय रोजेको आरोप उनीमाथि लाग्यो। उनले आफूले छानबिनमा कुनै हस्तक्षेप नगर्ने भन्दै प्रतिरक्षा गर्ने कोसिस पनि गरिरहे।

छानबिनको निष्कर्ष भने लामिछानेले भनेजस्तो भएन। प्रहरीले उनी गृहमन्त्री भएपछि छानबिन कार्य नै रोकिदियो। जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयले उनकै प्रतिरक्षामा सर्वोच्च अदालतमा जवाफ पठाए। मन्त्रालयको जिम्मेवारी समालेपछि लामिछानेको पहिलो निर्णय थियो– बलात्कारपछि हत्या गरिएको भनिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिलाउने। ‘निर्मला पन्तलाई न्यायका लागि अधिकतम प्रयास गर्ने’ उनको पहिलो निर्णय थियो। उनले निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा छानबिनका लागि उनले छानबिन समिति पनि गठन गर्न लगाए।  

मन्त्रालय समालेको दोस्रो दिन लामिछानेले मन्त्रालयका सचिव र कर्मचारी बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिए। त्यो निर्देशनबाट आफैं पछि हटेको भन्दै उनको आलोचना भयो, भइरहेकोे छ।  

तेस्रो दिन उनी राहदानी विभागको निरीक्षण गर्न गए। आफ्नो मन्त्रालय मातहतको क्षेत्रभन्दा बाहिर गएर ‘स्टन्टबाजी’ गर्न खोजेको भन्दै लामिछानेले आलोचना खेप्नुप¥यो। राहदानी विभागबाट अनधिकृत नेपाली राहदानी लिएको आरोप पनि उनीमाथि छ।

समयक्रमसँगै उनले गृह मन्त्रालयबाट अर्को निर्देशन जारी गराए। जसमा सुरक्षा निकायका पदाधिकारीलाई आफूखुसी कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेट नगर्न भनिएको थियो। त्यो निर्देशन आवश्यक भए पनि मापदण्डबिना जारी गरिएको भन्दै आलोचित बन्यो। मन्त्रालय समालेको सुरुवातदेखि नै लामिछाने एकपछि अर्को आलोचना खेप्न बाध्य भइरहे।  

गृहमन्त्रीका रूपमा लामिछानेको सबैभन्दा बढी टाउकोदुखाइको विषय बने महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी कोइरी महतो। फरार सूचीमा रहेका हत्या आरोपित कोइरीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउनुको साटो उल्टै गृह प्रशासनले संरक्षण गरेको आरोप उनीमाथि लाग्योे। कोइरी प्रहरीको फरार सूचीमा रहेकै बेला एमालेको टिकटमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

कोइरीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिए, प्रतिनिधिसभा बैठकमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत पनि दिए। सभामुखको चुनावका दिन पनि सदनमा पुगेका उनी मतदान नगरी बाहिरिए। त्यस दिन प्रतिनिधिसभामा उनको उपस्थितिलाई लिएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए। खतिवडाको नियमापत्तिविरूद्ध गृहमन्त्री लामिछाने रोस्ट्रममै उभिएर कटु रूपमा प्रस्तुत भए। उनको त्यो प्रस्तुतिविरूद्ध सामाजिक सञ्जालमा व्यापक आलोचना भयो।  

त्यसपछि लामिछानेले आफ्नो बचाउका लागि मन्त्रालयबाट विज्ञप्ति जारी गर्न लगाए। जसमा लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदासमेत प्रहरीले महतोलाई पक्राउ नगरेको भन्दै दोष प्रहरीको टाउकामा थोपर्न खोजिएको थियो। सो विज्ञप्तिमा प्रहरीलाई लिखित रूपमै पक्राउ गर्न निर्देशन भएको उल्लेख थियो। त्यो विज्ञप्ति झनै विवादित बन्यो। आरोपित पक्राउ गर्न गृहले सार्वजनिक विज्ञप्ति जारी गर्नु अपराध अनुसन्धान आचारसंहिताविपरीत रहेको भन्दै चर्को आलोचना भयो।

यसै विषयमा सञ्चारमाध्यममा उठेका सवालमा लामिछानेले प्रतिनिधिसभामा उपस्थित भएर अर्को विवादित अभिव्यक्ति दिए। ‘मिडियामा मलाई खासै इन्ट्रेस्ट छैन। त्यताबाट निस्किसकेको हुँ। त्यसमा आउने विषयमा कुनै किसिमको कमेन्ट गर्ने पक्षमा छैन,’ रोस्ट्रममा उभिएर उनले भने, ‘मिडियालाई माध्यम बनाएर गलत सूचना प्रवाह नगरिदिए मात्रै पनि हामीले जवाफ दिएर हिँड्नुपर्ने थिएन।’ पूर्वसञ्चारकर्मी उनले सञ्चारमाध्यमको आलोचनात्मक चेतलाई नै घृणा जगाउने किसिमले व्याख्या गर्नु शोभनीय नभएको भन्दै आलोचना खेप्नुपर्‍यो।

लामिछानेले गृह प्रशासनमा हुने सरुवाबढुवालाई व्यवस्थित गर्ने प्रयासको भने प्रशंसा भयो। प्रमुख जिल्ला अधिकारी सरुवामा राजनीतिक दबाब हटाउन उनले कार्यविधि बनाए। ‘जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि, २०७९’ उनले जारी गराएका हुन्। सोहीअनुसार पहिलोपटक १८ जिल्लाका सिडिओको सरुवा गरियो। उनले नेपाल प्रहरीमा पनि सरुवाबढुवा व्यवस्थित गर्ने बताउँदै आएका थिए।  

लामिछानेविरूद्धको नागरिकता मुद्दा खारेज हुनुपर्छ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा सचिवालय र निर्वाचन आयोग नै लागे। सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी लामिछानेको प्रतिरक्षा बहसमा उत्रिए। सर्वोच्च अदालतको फैसलाले लामिछाने नेपालको नागरिक नभएको ठहर गरे पनि उनको उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापति पद गुमेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरी त्यसको नेतृत्व गर्दै लामिछाने निर्वाचनमा गएका थिए।  

सर्वोच्च अदालतको फैसलासँगै पदच्यूत भएका लामिछाने शुक्रबार साँझ गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा भावुक देखिए। उनले सञ्चारकर्मीले सोधेका धेरै प्रश्नको जवाफ दिन चाहेनन्। उनले सञ्चारकर्मीसँग भने, ‘म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन।’ लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा बुझाएका छन्।

अर्याल कार्यवाहक सभापति

यसैबीच शुक्रबार साँझ बसेको रास्वपाको आकस्मिक बैठकले डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
अर्को समाचार
पौडेल पक्षबाट पाँच जना मन्त्रीको नाम तय, को-को बन्दैछन मन्त्री ?
०९ भदौ २०७३
•
३ मिनेट पाठ
पौडेल पक्षबाट पाँच जना मन्त्रीको नाम तय, को-को बन्दैछन मन्त्री ?
काठमाडौं–सरकारमा सहभागी हुने मन्त्रीको संख्यालाई लिएको कायम रहेको विवाद अन्त्य भएसँगै  पौडेल पक्षले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गरेको छ। सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्रालय दिन तयार भएपछि पौडेलले आफ्नोतर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेका हुन्।




पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री हुने भएका छन्। यसैगरी हृदयराम थानी र रोमी गौचन थकाली पौडेलपक्षबाट मन्त्री हुने भएका छन्।

पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री हुने भएका छन्। यसैगरी हृदयराम थानी र रोमी गौचन थकाली पौडेलपक्षबाट मन्त्री हुने भएका छन्।  देउवा पक्ष पाँच मन्त्रालय दिन तयार भएपछि पौडेल पक्षको भेलाले सरकारमा सहभागी हुने पाँच जनाको नाम तय गरेको हो।

यसअघि सभापति देउवाले पौडेल पक्षलाई चार मन्त्रालयमात्र दिन सकिने बताएपछि मन्त्रिपरिषद विस्तार अन्योलमा परेको थियो। बिहीबार विहान उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पौडलसँग छलफल गरेपछि देउवा पाँच मन्त्रालय दिन तयार भएका थिए।

उता सभापति शेरबहादुर देउवा पक्षबाट पनि चार जनाको नाम पक्का भएको स्रोतले जनाएको छ। अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाही मन्त्री हुने पक्का भएको छ। बाँकी एक जनामा मोहन बस्नेत, केशवकुमार बुढाथोकी  र शंकर भण्डारीले दाबी गरेपछि नाम तय गर्न ढिला भएको स्रोतले जनाएको छ।

बाँकी एक मन्त्रालय कृष्ण सिटौला पक्षबाट गगन थापा सरकारमा सहभागी हुने चर्चा छ। आजै साँझ सम्म सबै मन्त्रीको नाम तय गरी भोलि बिहान नौ बजे सथप लिने तयारी भएको बताइएको छ । १३ मन्त्रालय पाएको कांग्रेसकातर्फबाट दुई जना सरकारमा सहभागी भइसकेका छन्।  
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस