संविधान संशोधनपछि भारत
१३ भदौ २०७३
•
९ मिनेट पाठ
संविधान संशोधनपछि भारत
काठमाडौं- संविधान संशोधन र निर्वाचनसम्बन्धी कानुनलाई टुंगोमा पुर्‍याएर मात्रै छिमेकी मुलुक भारत भ्रमण जाने योजना प्रधानमन्त्री पुष्पकमल दाहालले बनाएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन तथा स्थानीय निकाय निर्वाचन चैतमै सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन कानुनलाई भदौभित्रै टुंग्याउने योजनामा दाहाल छन्। उनी भदौ ३० गते भारत भ्रमणमा निस्कँदै छन्। 

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उक्त कार्य सम्पन्न गर्न प्रधानमन्त्री दाहालले छलफलसमेत सुरु गरिसकेका छन्। 'भारत भ्रमणमा जानुअघि नै संविधान संशोधन र निर्वाचनसम्बन्धी कानुनलाई पूर्णता दिने योजनासहित प्रधानमन्त्रीले पहलकदमी सुरु गर्नुभएको छ,' आचार्यले नागरिकसँग भने, 'मन्त्रिपरिषद् विस्तारका कारण अलमलमा परेका दुवै कार्यले अब तीव्रता पाउने छन्।' उनका अनुुसार यसबीच प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेस तथा सरोकारवाला पक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग एक चरणमा छलफलसमेत गर्न भ्याएका छन्।

मन्त्रिपरिषद् बिस्तारलगत्तै गत शुक्रबार दाहालले मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए। दुवै नेतासँग मोर्चा, संघीय गठबन्धन र थरूहट–थारूवान संयुक्त संघर्ष समितिले उठाउँदै आएका मागलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल भएको थियो। त्यसो त मोर्चाले पनि भदौभित्रै संविधान संशोधन गरिसक्न दबाब दिइरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवासमेत उपस्थित रहेको उक्त छलफलमा यादव र ठाकुरले भदौभित्रै संविधान संशोधन गर्ने 'भद्र सहमति' बारे चासो राखेका थिए। तर, प्रधानमन्त्री दाहालले 'संविधान संशोधनजस्तो गम्भीर विषयमा सबैसँग सरसल्लाह तथा सुझाव लिएर अघि बढ्नुपर्छ, म त्यसका लागि सधैं गम्भीर छु' भन्ने जवाफ दिएका थिए। आचार्यका अनुसार संविधान संशोधन तयारीबारे यादव र ठाकुरले चासो व्यक्त गरेपछि प्रधानमन्त्री दाहालले संशोधनका विषय खुट्याउन आन्तरिक छलफल अगाडि बढाएका छन्।

मधेसी मोर्चाले बल गरेरै संविधान संशोधन प्रक्रियालाई तीव्रता दिन खोजेपछि सोही बैठकमा उपस्थित देउवाले भने सिंगापुरबाट फर्केपछि विस्तृत छलफल गनर्ेे बताएका थिए। बैठकपछि देउवा उपचारका लागि सिंगापुर लागे भने त्यसको भोलिपल्ट यादव पूर्वनिर्धारित पार्टी कार्यक्रममा भाग लिन बर्दिवास गए।

कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रक्रिया अघि बढाउन समन्वयको भूमिका खेल्न सुरु गरेको बताए। 'राजनीतिक सहमति मूल कुरा हो, प्रधानमन्त्रीलगायत कानुन मन्त्रालय पनि पहलकदमी पनि गरिरहेको छ,' नायकले नागरिकसँग भने। उनका अनुसार राजनीतिक सहमति जुट्नेबित्तिकै प्राथमिकता दिएर संविधान संशोधन प्रस्ताव सरकारले लैजानेछ। निर्वाचनसम्बन्धी ऐनलाई टुंग्याउन पनि मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए।

त्यसो त, संविधान संशोधन प्रक्रियामा प्रवेश गर्नुअघि बाँकी रहेका १६ जनालाई सहिद घोषणा गर्ने, घाइते र अंगभंग भएकाको उपचार र आन्दोलनक्रममा पक्राउ परेकाको मुद्दा फिर्ता लिने तयारी पनि सुरु गरिसकिएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई यसबारेमा पटक–पटक ताकेता गरिरहेको सद्भावना महासचिव मनीष सुमनले बताए।

'घाइतेको उपचार खर्च, बाँकीलाई सहिद घोषणा र झुटा मुद्दा फिर्ता लिनेबित्तिकै संविधान संशोधन प्रक्रिया सुरु गर्ने सरकारले जनाइसकेको छ,' सुमनले नागरिकसँग भने, 'सरकार तीव्र रूपमा लागिरहेको हामीले पाएका छौं, उक्त कार्य सम्पन्न हुने बित्तिकै संशोधन प्रक्रिया अघि बढाउने प्रधानमन्त्री स्वयंले पनि बताइसक्नुभएको छ।' उनका अनुसार घाइते, अंगभंग भएका तथा मुद्दा लागेकाको अन्तिम विवरण यसै साता संकलन भई टुंगो लगाइसकिनेछ।

सुमनका अनुसार अन्तिम विवरण टुंगो लाग्नेबित्तिकै तराई–मधेसको आन्दोलनमा घाइते भएकाका उपचार खर्च सरकारले निकासा गराउँदैछ। त्यसका लागि पुनः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय गठबन्धन र थारूवान–थरूहट संयुक्त संघर्ष समितिले गृह मन्त्रालयमा जिल्लाबाट संकलन भएका थप विवरण आइतबार पनि बुझाए।

महान्यायाधिवक्ता र कानुन मन्त्रालयको समन्वयमा मुद्दा फिर्ता लिने गृहमन्त्री निधिले आइतबार भेट्न पुगेका मोर्चाका नेतालाई जानकारी दिएका छन्। सिंगापुरबाट देउवा र इन्डोनेसियाबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्कनुअघि नै मन्त्रिपरिषद्बाट हुनसक्ने निर्णय कार्यान्वयन गर्ने योजना गृहले बनाएको छ।

मन्त्रिपरिषद्ले सम्पन्न गर्ने काम सम्पन्न भएलगत्तै संविधान संशोधनको एजेन्डामा मुलुकलाई प्रवेश गराउने योजना प्रधानमन्त्री दाहालले बनाएको आचार्यले जानकारी दिए। त्यसको तयारी गर्नका लागि कानुनविद्सँग पनि दाहालले पहिलो चरणमा छलफल गरेको बुझिएको छ।

उता, सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्र्याक बनाउन सकिँदैन भनिरहेका बेला प्रधानमन्त्री दाहालले भने त्यसलाई ठाडै अस्वीकार गरिदिएका छन्। नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रसारण हुने 'सिधा कुरा प्रधानमन्त्रीसँग' मा दाहालले दुई–दुईपटक स्वदेशी लगानीमा नै बनाउन सकिने भन्दै देउवाको भनाइ अस्वीकार गरिदिएका हुन्।

'विदेशी लगानीमा फास्ट ट्र्याक बनाउने कुरा मैले कल्पनासम्म गरेको छैन, केपी ओलीजीलाई स्वदेशी लगानीमा बनाउनुपर्छ भनेर भन्ने नै मै हुँ, त्यसैले नीति तथा कार्यक्रममा परेको हो,' दाहालले पछिल्लो कार्यक्रममा भने। उनका अनुसार कुनै पनि विदेशी कम्पनीलाई फास्ट ट्र्याक निर्माणको जिम्मा वर्तमान सरकारले दिने छैन।

दाहालनिकट स्रोतका अनुसार ओली सरकारले छुट्याएको १० अर्ब रकम सदुपयोग गर्दै फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी गरिएको छ। त्यसका लागि दाहालले नेपाली सेनाका पूर्वअधिकृत तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतसँग परामर्श गरेका छन्।
अर्को समाचार
मुझफ्फरपुरमा मधेश बहस: माेर्चाका शीर्ष नेता सहभागी
१७ माघ २०७२
•
२ मिनेट पाठ
मुझफ्फरपुरमा मधेश बहस:  माेर्चाका शीर्ष नेता सहभागी
मुझफ्फरपुर (भारत) -संविधान संशोधनपछि भारत सरकारको रवैयामा परिवर्तन आउन थालेको बेला सीमावर्ती बिहारका सांसद र विधायकको समर्थन जुटाउनरत अान्दाेलनरत मधेसी माेर्चाका शीर्ष नेता बिहारको मुझफ्फरपुर पुगेका छन्। 

माेर्चाकाे नेता एवं संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराइ मधेश सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादव  भारतको मुझफ्फरपुरमा भारत नेपाल मैत्री सम्बाद यात्रा कार्यक्रममा सहभागी भएका हुन्। साे  कार्यक्रममा राष्ट्रिय जनता दलका उपध्यक्ष रघुवस सिंहलगायत बिहारका सताधारी नेताकाे सहभातिता रहेकाे छ। बिहारका कतिपय सांसद र विधायक खुलेरै मधेश आन्दोलनको पक्षमा वकालत गर्दै आएका छन्। कार्यक्रम अाइतबार नै सकिने भएपनि माेर्चा नेताहरू भने राजनीतिक भेटघाटमा व्यस्त हुने छन्।

संविधान संशोधनपछि भारत सरकारले नेपालको यस कदमलाई सकारात्मक रूपमा लिएको छ।  मधेशी मोर्चाका नेताहरू बिहार र यूपीका नेताहरूसँग समर्थन जुटाउन  लविङ गरिरहेका छन्। बिहारका सत्तारूढ दल लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलका उपाध्यक्ष  रघुवंश प्रसाद सिंहले पछिल्लो दुई महिनादेखि नेपाल-भारतको सीमावर्ती सहरहरूमा सभा र सम्मेलन गर्दै आन्दोलनमा खुलेरै समर्थन गर्दै आइरहेका छन्। पूर्व केन्द्रीय मन्त्री समेत रहेका  सिंहले पटनामा मोर्चाका प्रमुख नेतालाई बिहारका मुख्यमन्त्री नितीश कुमार, राजदका अध्यक्ष लालूरसाद यादव, बिहार भाजपाका नेता सुशील मोदी, नन्द किशोर यादव लगायतसँग भेट गराउने कार्यतक्रम राखेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस