बालुवाटारको क्याबिनेट हलमा कांग्रेस-एमाले भनाभन
१४ भदौ २०७३
•
५ मिनेट पाठ
बालुवाटारको क्याबिनेट हलमा  कांग्रेस-एमाले भनाभन
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलको मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत नेताहरु । तस्बिर:रासस
काठमाडौं–मधेसको माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रियता सुदृढ गर्न भन्दै प्रधानमन्त्रीमा निर्वाचन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोही विषमया सहमति जुटाउने प्रयासस्वरुप मंगलबार प्रमुख तीन दलको बैठक बोलाएका थिए। बैठक कक्ष तोकिएको थियो– क्याबिनेट हल।




त्यस्ता  छलफल त कति गरियो गरियो, संविधान जारी गर्ने बेलामा कुन मुलुकले कति फन्डिङ गरे त्यो तपाइँकै ल्यापटमा होला हेर्नुस्’ भनेपछि स्थिति असहज बन्यो

एमाले, कांग्रेस, माओवादी केन्द्रका नेताहरु मेटल डिटेक्टरद्वार हुँदै भित्र पसे। वेटिङ रुम र कन्ट्रोल रुम हुँदै नेताहरु नीलो बैठकको बाटो भएर क्याबिनेट हल प्रवेश गरे। प्रधानमन्त्री दाहालले त्यहाँ छलफलका लागि सबै तयारी गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली स्वास्थ्योपचारका लागि सिंगापुर र बैंकक गएका कारण दुवै दलका दोस्रो तहका नेताहरु बालुवाटार पुगेका थिए। प्रधानमन्त्री दाहालले सुरुमै आफ्नो धारणा राखे। उनले संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, स्थानीय निकाय पुर्नसंरचना आयोगको काम तथा मधेस समस्या समाधानको विषयमा धाराणा राखे।

दोस्रो वक्तको रुपमा एमाले उपाध्यक्ष भीम रावलले विषय उठान गरे। उनले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्र, दुवै छिमेकी मुलुकमा विशेषदूत पठाएको विषय र मुख्य रुपमा नेपालको संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग भएको छलफलप्रति आपत्ति जनाए।

उपाध्यक्ष रावलले प्रधानमन्त्रीका विशेष दूतका रुपमा दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल गरेको विषय उठाए।

जवाफमा उपप्रधानमन्त्री निधिले आफूले संविधान संशोधनका विषयमा भारतीय नेताहरुसँग छलफल नगरेको र सामान्य राजनीतिक कुराकानी भएको उल्लेख गरे। त्यसपछि एमाले उपाध्यक्ष रावलले दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति निकालेर वाचन गरेका थिए। जसको बुँदा नम्बर २ मा नेपालको संविधान संशोधनबारे भारतीय नेताहरुसँग छलफल भएको उल्लेख छ।

रावलले दूतावासको विज्ञप्ति पढेर सुनाएपछि निधिले ‘त्यस्ता  छलफल त कति गरियो गरियो, संविधान जारी गर्ने बेलामा कुन मुलुकले कति फन्डिङ गरे त्यो तपाइँकै ल्यापटमा होला हेर्नुस्’ भनेपछि स्थिति असहज बन्यो। त्यसपछि बैठकमा सहभागी एमाले नेताहरु निकै आक्रमक मुडमा देखिए। विशेषगरी रावल बढी आक्रमक देखिए।

उनले कुन मुलुकले कति फन्डिङ गरेको हो सो देखाउन निधिलाई चुनौती दिए। निधिले सोको प्रमाण आफूसँग रहेको बताए।

बैठक असमान्य दिशातर्फ अगाडि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले निधिको संविधान बनाउन धेरै मुलुकले सुझाव दिए पनि संविधान नेपाली आफैँले बनाएको भन्दै स्थिति साम्य पार्ने प्रयास गरे। प्रधानमन्त्री दाहालले निधिको भनाइ खण्डन गरेपछि एमाले नेताहरु केही शान्त भएका थिए।

‘संविधान संशोधनको विषय विदेशी फन्डिङसम्म पुगेपछि स्थिति धेरै गम्भीर भयो,’ बैठकमा सहभागी एक नेताले नागरिकन्युजसँग भने,‘प्रधानमन्त्रीले हस्तक्षेप नगरेको भए स्थिति अप्रिय हुनसक्थ्यो।’

बैठकमा एमालेकातर्फबाट कार्यवहाक अध्यक्ष बामदेव गौतम, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, कांग्रेसकातर्फबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह, रामशरण महत पूर्णबहादुर खड्का अर्जुननरसिंह केसी सहभागी थिए। माओवादी केन्द्रबाट अध्यक्ष दाहाल नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापा सहभागी थिए।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१२ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस