प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै जिल्लामा छैनन् सिडिओ र सहायक सिडिओ
१६ माघ २०७९
•
२ मिनेट पाठ
प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै जिल्लामा छैनन् सिडिओ र सहायक सिडिओ
प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष। 
गोरखामा एक सातादेखि प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) दुबै छैनन्। सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेज गरेपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निर्वाचित जिल्लामा प्रजिअ पठाउन सकेका छैनन्।




यसै भौतिक पूर्वाधार तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला पनि हो। प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै जिल्लामा सिडिओ बिहिन हुन दुःखद भएको भन्दै जिल्लामा चर्चा हुन थालेको छ। 

गृह मन्त्रालयले गोरखामा को पठाउने भन्ने निर्णय अहिले सम्म नभएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाको गोरखा सरुवा भएपनि सोमबार सम्म पनि उनी हाजिर भएका छैनन्। प्रशासकीय अधिकृत गणेश भट्टराईले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन्। 

‘मुद्दा फर्स्योटको काम हुँदैन, तारेक दिएर पठाएका छौँ’ उनले भने ‘नागरिकता, पासपोर्ट, सिफारिसका कामहरू कुनैपनि रोकिएको छैन।’ जिल्लामा भइपरी आउने कुनै घटना, मुद्दा फैसला लगायत नीतिगत अन्य निर्णयमा भने प्रजिअ अनिवार्य छ। प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले गर्ने कामकारबाही भने एक सातादेखि प्रभावित छ। सिडिओ को आउने र सहायक सिडिओ कहिले आउने भन्ने थाहा नभएको प्रशासनको कर्मचारी बताउँछन्। 

यसअघि प्रमुख जिल्ला अधिकारी रहेका शंकरहरि आचार्यको कपिलवस्तु सरुवा भएपछि गोरखा प्रजिअ बिहिन बनेको हो। स्थानीय तह, प्रदेश र संघको निर्वाचन शान्तिपूर्ण रुपमा गराएका आचार्य गोरखामा १५ महिना बसे। राजनीतिक दबाब र प्रभावका बिच छिटो छिटो प्रजिअ परिवर्तन हुने गोरखामा उनी धेरै समय बस्ने सिडिओ मध्यमा पर्छन्। उनीभन्दा अघिका ६ जना सिडिओ छ देखि आठ महिनामा गोरखाबाट सरुवा भएका थिए। विवादरहित कार्यकाल गुजारेका प्रजिअ आचार्य कपिलवस्तु गएर काम थालेका पाँच दिन बितिसक्यो।  

गृह मन्त्रालयले माघ ६ गते आचार्यलाई कपिलवस्तु र सिराहामा प्रमुख जिल्ला अधिकारी रहेका लालबाबु कवारीलाई गोरखा सरुवा गरेको थियो। गोरखा आउन नपाउँदै कवारीलाई पुन गृह मन्त्रालय तानेपछि गोरखा प्रजिअ बिहिन भएको हो। मन्त्रालयको निर्णय अनुसार कवारीलाई फिर्ता गराइएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह सचिव गोबिन्दप्रसाद रिजालले बताए। 
अर्को समाचार
चार जिल्लाका सिडिओ फेरिए
३० साउन २०८०
•
१ मिनेट पाठ
चार जिल्लाका सिडिओ फेरिए
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको हो  । मन्त्रालयले आज गरेको  निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी  (सिडिओ)फेरिएका हुन।




सप्तरीका जिल्लाका प्रमुख जिल्ला अधिकारी  (सिडिओ)भुपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ । त्यस्तै चितवनका  (सिडिओ) सुरेन्द्र पौड्याललाई नुवाकोटमा सरुवा गरिएको छ ।  नुवाकोटका (सिडिओ) किरण थापालाई सप्तरीको  (सिडिओ)को जिम्मेवारी दिइएको छ। 

त्यसैगरी धनुषाका  (सिडिओ) काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओ बनाइएको गृह मन्त्रालयले जनाएको छ । 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस