'बूढा' डाक्टरसँग युवा मन्त्रीले भने- 'जवानीको जोश देखाइदिनुस्'
१७ भदौ २०७३
•
९ मिनेट पाठ
'बूढा' डाक्टरसँग युवा मन्त्रीले भने- 'जवानीको जोश देखाइदिनुस्'
काठमाडौं- 'मेरै उमेरजति त तपाईंले स्वास्थ्य सेवामै बिताइसक्नुभएको छ,' मन्त्री भएपछि पहिलोपटक बिहीबार वीर अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीतिर हेर्दै यसो भन्दा हल हाँसोले गुन्जियो।

आफ्नो पिता उमेरका चिकित्सकहरुका बीच युवा मन्त्री गगन यत्तिमै रोकिएनन्। उनको भनाइ अघि बढ्दै जाँदा थुप्रै वरिष्ठ चिकित्सकका अनुहारमा मुस्कान भरिँदै थियो। जोश थपिँदै थियो।

मन्त्री थापाले आफ्नो टिमलाई हौस्याउँदै गए।

'युवा अवस्थामा परिवर्तन ल्याउँछु भन्ने सबैमा हुन्छ,' उनले अगाडि भने, 'तपाईंहरुले पनि लड्न र बदल्न खोज्नु भएकै थियो होला तर जब सकिन्न अनि हात उठाएर प्रणालीको अंग बनिन्छ।'

थापाले यसो भनिसक्दा धेरैले टाउको हल्लाएर सहमति जनाए।

उनी भने अझै रोकिएन्।

'युवा हुँदा जे सोच्नुभएको थियो, त्यही उत्साह र समर्पण आफ्नो कर्ममा एकचोटि देखाइदिनुस्,' मन्त्री थापाले भने, 'यो मेरो निर्देशन होइन, विनीत आग्रह हो।'

युवा उमेर र जोशका मन्त्री थापा, पाका उमेरका थाकेका कर्मचारी। कसरी तादात्म्य होला भन्ने चासो राख्नेलाई उनी बिहीबार जवाफ दिँदै थिए। वृद्ध पुस्ताका वरिष्ठ चिकित्सकमा युवा जोश भर्दै थिए।

मन्त्रीले लामो समयदेखि जकडिएका समस्याको हल निकाल्नु आफ्नो जिम्मेवारी भएको राम्ररी बुझेको पनि सुनाए। वीरको हलमा उत्साहप्रद मन्तव्य सकेर उनी केही वार्डको भ्रमणमा निस्किए। उनले अस्पतालको हालत देखे।

त्यसअघि नै उनले आफू वीरमा पटकपटक आएको भन्दै आफ्नै श्रीमती केही वर्षअघि शल्यक्रिया गर्नुपर्दा अन्य विकल्प हुँदाहुँदै पनि वीरमै गराएको प्रसंगसमेत उप्काए।

१ सय २७ वर्षको इतिहास बोकेर दिनदिनै जीर्ण बन्दै गएको वीरको निरीक्षण गर्न पुगेका थापाले आफूले स्वास्थ्यका समस्या बुझेको सुनाए। ०४६ को परिवर्तनयताका २४ औं स्वास्थ्यमन्त्री थापाले आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउने चुनौती लिएर आएको स्विकारे। 'मेरो कार्यकालको आज पाँचांै कार्य दिन हो,' उनले भने, 'आजसम्मको छलफलबाट मैले काम गर्न सक्छु भन्ने उत्साह बढेको छ।'

वीर मात्र होइन, सिंगो स्वास्थ्य मन्त्रालय समस्याग्रस्त छ। सेवा समूहअनुसारको जिम्मेवारी नहुनु, उपकरण, जनशक्तिको समुचित व्यवस्था अभाव, चरम पार्टीकरण, सेवाभन्दा बढी राजनीतिमा भुल्ने स्वास्थ्यकर्मीको प्रवृत्ति सबैभन्दा नयाँ मन्त्रीका लागि चुनौतीका पहाड बनेर बसेका छन्। 'एकतिर स्वास्थ्य मन्त्रालयमा समस्यै समस्याको चाङ छ, अर्कोतिर युवा मन्त्रीप्रति जनअपेक्षाको चाङ,' वीर अस्पतालका एक वरिष्ठ चिकित्सकले थपे, 'मन्त्रीको कामलाई स्मरणयोग्य बन्ने/नबन्ने वीरमा मात्रै पनि निर्भर हुन सक्छ।'

मन्त्रीले हालै सुरु भएको सुविधासम्पन्न जेनेटिक ल्याब, आइसियु र क्यान्सर विभागको भ्रमण गरे। करिब १५ महिनादेखि बिग्रिएको क्यान्सर उपचारमा अत्यावश्यक रेडियोग्राफी 'कोबाल्ट ६०' हालसम्म बन्न र नयाँ आउन सकेको छैन। विभागकै एक डाक्टरको अनुरोधमा एक वर्षअघि थापाले सांसद हैसियतमा अर्थ मन्त्रालयमै गएर १३ करोड रुपैयाँसमेत छुट्ट्याउन लगाएका रहेछन्। 'मेसिन किन्न टेन्डर भए पनि हालसम्म मेसिन आएन,' विभागकी डा. सन्ध्या चापागार्इंले भनिन्।  उनले तत्कालै मेसिन खरिद गर्ने वचन पनि दिए।

वीरका पदाधिकारीलाई सय दिनभित्र गर्न सक्ने कामको योजना बनाउन र सम्पन्न गर्नसमेत निर्देशन दिए। 'तपार्इंहरु योजना बनाएर ल्याउनुस्, मेरा कुरा पनि थप्छु, सय दिनमा गरेर देखाऊँ,' उनले भने।

'मन्त्रालयको सामाजिक सञ्जालमा अस्पतालका डाक्टरले शौचालयको फोटो खिचेर हालिदिनुभयो,' उनले आफ्नो मोबाइल सेट देखाउँदै भने, 'यस्तो शौचालय प्रयोग गर्ने हामी कल्पना पनि गर्न सक्दैनौं, यो सुधार गर्न केले रोक्छ?'

वीरका २८ प्रतिशत कर्मचारी सफाइ क्षेत्रमा रहेको औंल्याउँदै उनले 'तत्काल गर्नुस्, मबाट हुने काम रोकिन्न, त्यो भन्दा माथि जानुपर्ने काम समेत गराउने जिम्मा मेरो भयो।'

स्वास्थ्यको नेतृत्व सम्हालेपछि सायदै सबै मन्त्रीले नछुटाई वीर अस्पताल निरीक्षण गरेका थिए। अधिकांश मन्त्रीले वीरलाई 'स्वास्थ्य सेवाको मुहार' को रुपमा व्याख्दै गर्दै सुधारको प्रतिबद्धता गरे पनि सेवाग्राहीको 'सन्तोषको ग्राफ' माथि चढ्न सकेको छैन। तर कार्यकारीका रुपमा 'अनटेस्टेड' थापासँगका अपेक्षा स्वास्थ्य क्षेत्रका समस्याबीचको मेल निकै चुनौतीपूर्ण भएको बुझाइ स्वास्थ्य सेवा विभागमा पूर्व महानिर्देशक डा.लक्ष्मीराज पाठकको छ।

पाठकले स्वास्थ्यमा संस्थागत समस्या समाधान, घट्दो क्रममा रहेका सूचकलाई बढाउने गरी नयाँ प्रयत्न र सही मान्छेलाई सही ठाउँमा राख्न सक्नुपर्ने बताए। 'चिकित्सा सेवा र अस्पतालहरुमा व्यवस्थापकीय रन्थमोल र ठूलो दलाली छ,' पाठकले नागरिकसँग भने, 'यसलाई चिर्न त्यसैमा संलग्न चिकित्सकको सहयोग लिनु मन्त्रीको ठूलो चुनौती हुनेछ।'

करिब ३० हजार कर्मचारी, ४ हजार सरकारी स्वास्थ्य संरचना र निजी क्षेत्रको समेत ठूलो लगानी रहेको स्वास्थ्य क्षेत्र बेथितिको पयार्य बन्ने गरेको छ।

मन्त्रालय र विभागका महाशाखालगायत अस्पताल र प्रमुख निकायमा लामो अवधि सेवा गुजारेका चिकित्सकले भरिएको छ। 'सरकारी स्वास्थ्य सेवाको अनुहार हेर्न एउटै वीर अस्पतालको अव्यवस्था पर्याप्त छ,' अस्पतालका वरिष्ठ चिकित्सक डा. ढुण्डीराज पौडेलले भने। पौडेलले देशभरका बिरामी आइपुग्ने वीरलाई सुधार्न सके मात्र पनि जनताले स्वास्थ्य सेवामा परिवर्तनको अभास गर्न सक्ने बताए।

बिहीबारै मन्त्रालयमा आयोजित कार्यक्रममा पनि थापाले परिवर्तनको नेतृत्व गर्न तयार भइरहेको बताउँदा सञ्चारकर्मीले संशययुक्त प्रश्न तेर्स्याएका थिए। 'तपार्इंको नयाँ दृष्टिकोण वषर्ौंदेखि कायम रहेको नेतृत्वबाट सम्भव देख्नुहुन्छ?' भन्ने प्रश्नमा थापाले भने, 'मैले २/५ दिनमै मान्छेको गति र नियतको भेउ पाउँछु, आग्रह–पूर्वाग्रह राख्दिनँ, नसुध्रनेलाई नहटाए र अरुले समेत न्याय गरेको ठान्दैनन्।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस