अझै छाडेनन् लामिछानेले मन्त्री निवास
१९ माघ २०७९
•
३ मिनेट पाठ
अझै छाडेनन् लामिछानेले मन्त्री निवास
सर्वोच्चको फैसला पछि उपप्रधान तथा गृहमन्त्रीबाट राजिनामा बुझाएका रवि लामिछानेले अहिलेसम्म पुल्चोकस्थित मन्त्री निवास छाडेका छैनन्। सर्वोच्चले लामिछानेको नेपाली नागरिकता कायम नगरेपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उनले राजीनामापत्र बुझाएका थिए। त्यसकै भोलिपल्ट उनले सरकारी निवास छाडेको बताए पनि गृहमन्त्रीको हैसियतमा लामिछाने पुल्चोकस्थित मन्त्री निवासको ‘डि टु ब्लक’मा बस्दै आएका छन्।  




मन्त्री निवासको व्यवस्थापन गर्न तथा मन्त्रीहरूलाई सुविधा उपलब्ध गराउन संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मन्त्री निवासमै आफ्नो इकाइ कार्यालय खोलेको छ। त्यस कार्यालययमा व्यवस्थापन कार्यालयले २ जना कर्मचारी चौबिसै घण्टा खटाउने गरेको छ। व्यवस्थापन कार्यालयमा कार्यरत एकजना कर्मचारीले भने, ‘पूर्वगृहमन्त्रीज्यूले मन्त्री क्वार्टर छाडेको बुझबुझारथ गर्नु भएको छैन। त्यसैले मन्त्री क्वार्टर छाडेको जानकारी हामीलाई छैन।’  

लामिछानेका सचिवालयका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले भने गृहमन्त्रीबाट राजीनामा गरेको भोलिपल्टै लामिछानेले निवास छाडेको दाबी गरे। उनले भने, ‘तर हाम्रा केही थोरै सामान भने मन्त्री क्वार्टरमै छन्। ती सामान लिन बाँकी नै छ।’ मन्त्री निवाससम्बन्धी निर्देशिकाअनुसार मन्त्री निवास छाड्दा सम्बन्धित मन्त्रीका परिवारका सदस्यले निवास छाडेको बुझबुझारथ व्यस्थापन कार्यालयमा बुझाउनु पर्छ। कार्यालयमा बुझबुझारथ नगर्दासम्म मन्त्री क्वार्टर प्रयोग भइरहेको बुझ्ने गर्छौं,’ व्यवस्थापन कार्यालयका ती कर्मचारीले भने।  

व्यवस्थापन कार्यालयका अनुसार गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टै लामिछाने मन्त्री निवास सरेका थिए। व्यवस्थापन कार्यालयका अर्का एक कर्मचारीले भने,‘मन्त्रीबाट राजिनामा गरेको भोलीपल्टै या पर्सिपल्टै क्वार्टर छाड्नु पर्छ भन्ने निर्देशिकामा स्पष्टसँग दिन तोकिएको छैन। तर कति दिनभित्र छाड्ने भन्ने विषय सम्बन्धित व्यक्तिको नैतिकताको विषय हो।’ ती कर्मचारीका अनुसार कोहीले मन्त्रीबाट हटेको भोलिपल्टै मन्त्री निवास छाडेका घटना छन् भने कोही मन्त्री पद नभए पनि २-३ महिना निवासमै बसेको उदाहरण पनि छन्।  

व्यवस्थापन कार्यालयले मन्त्री फेरिएपछि नयाँ मन्त्रीका लागि नयाँ सामान उपलब्ध गराउने गर्छ। व्यवस्थापन कार्यालयका कार्यालयका कर्मचारीले मन्त्री तथा मन्त्रीका सदस्यहरूले प्रयोग गर्ने गलैंचा, पर्दा, सोफा सिरकलगायतका सबै सामान नयाँ फेर्ने गर्छन। यसरी नयाँ सामान फेर्दा एउटा निवासका लागि ५ देखि ६ लाख खर्च हुने गर्छ। दाहाल नेतृत्वको सरकारमा लामिछाने पुस ११ मा उपप्रधानसहित गृहमन्त्री बनेका थिए। मन्त्रीको हैसियतमा उनी ३३ दिन गृह मन्त्रालयमा बसेका थिए।  

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्री पदबाट राजीनामा गरेपछि पनि लामिछानेले पूर्वगृहमन्त्रीको हैसियतले उनले २ जना सुरक्षाकर्मी लिइरहेका छन्। गृहमन्त्री हुदाँ लामिछानेले कार्यविधिबाहिर पूर्व मन्त्रीहरूले प्रयोग गर्दै आएका सुरक्षाकर्मीहरू हटाएका थिए। विशिष्ट व्यक्तिलाई उपलब्ध गराउने सुरक्षाकर्मी सम्बन्धी गृह मन्त्रालयले तयार गरेको कार्यविधिमा पूर्वमन्त्रीले मन्त्री पदमा नरहेको २ वर्षसम्म तथा पूर्वगृहमन्त्रीले मन्त्री पद नरहेको १० वर्षसम्म सुरक्षाकर्मी लिन पाउने व्यवस्था छ। लामिछाने गृहमन्त्री भएको बेला यो प्रावधान भने हटाएका थिएनन।  

यसैबीच, रास्वपाका नेताहरूले गृहमन्त्रालय आफ्नो पार्टीले पाउनुपर्छ भन्ने अडान कायमै रहेको बताएका छन्। गृहमन्त्रालय नपाए सरकार सरकार छाड्ने विषयमा भने रास्वपाका नेताहरू प्रष्ट बोल्दैनन्। ‘गृहमन्त्रालय हामीले पाउनुपर्छ भन्ने अडान कायमै हो। यस विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ बोहराले भने, ‘अहिले त्यही विषयमा छलफल कुराकानी भइरहेको छ। त्यसैले सरकार छाड्ने भन्ने विषय अहिले आएको छैन।’

रास्वपा स्रोतका अनुसार गृहमन्त्रालय नपाए सरकार छाड्ने कि नछाड्ने भन्ने विष्यामा रास्वपाभित्र दुई मत देखिएको छ। रास्वपाबाट सरकारमा सहभागी भएका डिपी अर्याल, तोसिमा कार्की, शिशिर खनाल गृह मन्त्रालय नपाए पनि सरकार छाड्न नहुने अडानमा छन् भने सरकारमा सहभागी नभएका सांसदहरू भने गृहमन्त्रालय नपाए सरकार छाड्नु पर्छ भन्ने लाइनमा छन्। लामिछाने भने पुन गृहमा फर्कन विभिन्न तहबाट लबिङ गरीरहेका छन्।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
यो पनि पढौँ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस