सघिय सरकारको तुलनामा यस बर्ष सिन्धुलीमा प्रदेश सरकारले पठाएको विकास बजेट खर्च निकै कम भएको छ। जिल्लामा संघ र प्रदेश सरकारको गरि जम्मा पुजिगत बजेट ५ अर्ब ४१ करोड १३ लाख ७२ हजार १ सय ४० रुपैया रहेकोमा २ अर्ब ३५ करोड ७० लाख ८० हजार ४ सय ६ रुपैया खर्च भएको छ।
पुस मसान्त सम्म सिन्धुलीमा संघ र प्रदेशको जम्मा बजेटको पुजिगत तर्फ ४३ दशमलब ५५ प्रतिशत खर्च भएको भएको छ। बागमती प्रदेश सरकारले सिन्धुलीमा उपलब्ध गराएको विकास बजेट खर्चको अवस्था भने निकै कमजोर देखिएको छ । प्रदेश सरकारले सिन्धुलीका प्रदेश मातहतका कार्यालय मार्फत खर्च गर्ने गरि उपलब्ध गराएको बजेटको हालसम्म ६ दशमलब ९२ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ।
बागमती प्रदेश सरकार मार्फत सिन्धुलीमा उपलब्ध भएको बजेटको चालु खर्च ३४ दशमलब ११ प्रतिशत हुँदा पुजिगत खर्च निकै कम भएको छ। चालु आर्थिक बर्षमा बागमती प्रदेश सरकारबाट चालु तर्फ १ अर्ब २५ करोड २४ लाख ७६ हजार ६ सय २१ रुपैया विनियोजन गरेकोमा ४२ करोड ७२ लाख ४६ हजार ६ सय ३० रुपैया खर्च भएको छ भने पुजिगत बजेट तर्फ २ अर्ब २७ करोड ९९ लाख २१ हजार विनियोजित भएकोमा हालसम्म १५ करोड ७८ लाख ४२ हजार ४ सय १९ रुपैया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका प्रमुख हिरालाल भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार प्रदेशको तुलनामा संघिय सरकारको बजेटको खर्च निकै माथि छ। संघिय सरकारले सिन्धुलीमा ३ अर्ब १३ करोड १४ लाख ५१ हजार १ सय ४० रुपैया बजेट उपलब्ध गराएकोमा हालसम्म २ अर्ब ४३ करोड १२ लाख ३७ हजार ९ सय ८७ रुपैया खर्च भइसकेको छ। हालसम्म ७४ दशमलब ७६ प्रतिशत बजेट खर्च भएको तथ्याङक छ। यस्तै चालु तर्फ संघिय सरकारको ४९ दशमलब ५३ प्रतिशत बजेट खर्च भएको छ। सरकारले ६ अर्ब ६१ करोड ४७ लाख १० हजार ७ सय ९० रुपैया चालु तर्फ संघिय सरकारले सिन्धुलीलाई उपलब्ध गराएकोमा हालसम्म ३ अर्ब २७ करोड ६३ लाख ५७ हजार ४ सय ७२ रुपैया बजेट खर्च भएको कोलेनीका प्रमुख भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार प्रदेश तर्फको बजेट न्युन खर्च हुनुमा निर्वाचन चाडपर्व लगायतका कारणले खर्चमा ढिलाई भएको हुनसक्ने अनुमान गरिएको छ। यस्तै संघ तर्फ सुनकोसी मरिण डाइभर्सन आयोजनाको काम तिब्र भएकाले सोही अनुसार भुक्तानी भएकाले संघ तर्फको खर्च बढी भएको देखिएको छ। प्रदेश तर्फको हालसम्म कम्तिमा ३० प्रतिशत माथि खर्च हुनुपर्ने हो चालु आर्थिक बर्षमा निकै कम खर्च भएको छ उनले भने। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार कमलामाई नगरपालिकाको २६ करोड ३२ लाख ७८ हजार रहेकोमा ७ करोड ३९ लाख खर्च गर्न कोलेनिका मार्फत निकासा भएको छ। यस्तै २१ करोड ५३ लाख ६७ हजार बजेट रहेको दुधौली नगरपालिकामा हालसम्म १२ करोड ६० लाख ६६ हजार निकासा भएको छ।
यसैगरि गोलञ्जोर गाँउपालिकामा १० करोड २२ लाख १० हजारमा ५ करोड ६४ लाख ५६ हजार गइसकेको छ। घ्यालेख गाँउपालिकामा ४ करोड २८ लाख ९२ हजारमा १ करोड २२ लाख ८४ हजार रुपैया निकासा भएको छ। तीनपाटन गाँउपालिकाको १३ करोड ७८ लाख १४ हजारमा ३ करोड ९२ लाख रुपैया गएको छ भने फिक्कलको ५ करोड २४ लाख ६७ हजारमा ३ करोड ७ लाख १५ हजार गएको छ। यसैगरि मरिण गाँउपालिकाको ७ करोड २ लाख ६१ हजारमा २ करोड ९ लाख १ हजार गएको र ११ करोड १८ लाखमा ३ करोड २ लाख ६२ हजार गएको भने हरिहरपुरगढी गाँउपालिकामा ६ करोड ७ लाख ८० हजारमा ३ करोड ५६ लाख २३ हजार रुपैया कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार कोलेनिकाबाट निकासा गरिएको भएपनि कति खर्च गरे वा गरेनन् भन्ने स्थानिय तहको तथ्याङ कोलेनिकामा भने आउदैन।