नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसदमा सांसदलाई बोल्न नदिनु गलत भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदले संसदमा हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोकेको स्मरण गर्दै संसदमा बोल्न पाउनु सांसदको अधिकार भएको बताए।
संसदमा सांसदले बोल्न पाउनुपर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइँदैन, रफत सञ्चार क्लब भक्तपुरको सोमबार भएको १३ औ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा उनले भने।
उनले संसद भनेको विचारको लडाइ गर्ने थलो भएको बताए। तर अहिले संसद पनि विचारको नभई बलको लडाइ हुन थालेको उनको भनाई छ।
उनले प्रतिपक्ष पनि हुँ भन्ने अनि सत्तामा भागबन्डा पनि खोज्ने काँग्रेसको नीति नै गलत भएको भनाइ राखे।
अर्को प्रसङ्गमा उनले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई कम्युनिस्टै होइनन् भन्दै काँग्रेस नेतृत्वको सरकारमा जाने कम्युनिष्ट हुन नसक्ने तर्क राखे।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताए।

'बलको लडाइ गर्ने संसद होइन, मैदान हो' उनले भने।उनले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन काँग्रेसले ल्याएको भन्दै आलोचना पनि गरे। 'प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारको रुपमा रहेर सरकारको गतिविधिलाई नियाल्छ, उनले भने, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो तर सत्ताको मोहले काँग्रेसले त्यो जिम्मेवारी नै छाडिदियो।'