लुम्बिनी प्रदेशमा बुधबार राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ। रुपन्देहीका राष्ट्रियसभा सदस्य एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि रिक्त भएको सिटका लागि उपनिर्वाचन हुन लागेको हो।
बुधबार हुने निर्वाचनमा तीन जना बिच प्रतिष्पर्धा हुनेछ। सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दसौँदी चुनावी मैदानमा उत्रिएका छन्। यसैगरि कांग्रेसका तर्फबाट माधव प्रसाद आचार्य मैदानमा छन्।
यसैगरि सत्तागठबन्धनको समर्थनमा रहेको नागरिक उन्मुक्ती पार्टीले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दिएको छ। यो पार्टीले राजेन्द्रबिर रायलाई उम्मेदवार बनाएको छ।
देशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा प्रदेशका ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ जना प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ।
यो प्रदेशमा सबै भन्दा बढि मतभार नेपाली कांग्रेसको छ। प्रदेशसभा सदस्य २७ रहेको कांग्रेसका यो प्रदेशमा ९२ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखको संख्या छ। यसरी कांग्रेसको मतभार २ हजार ९ सय ५४ छ। यसैगरि नेकपा एमालेका २९ जना प्रदेश सांसद छन् भने ६७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख छन्। यसरी एमालेको यो प्रदेशको मतभार २ हजार ५ सय ९८ रहन्छ। यसैगरि माओवादी केन्द्रको कुल मतभार १ हजार १ सय ४ छ भने राप्रपाको मतभार २ सय ४६ छ।
यसैगरि लोसपाको मतभार २ सय १६ छ भने नागरिक उन्मुक्ती पार्टीको मतभार १ सय ९२ छ। यस्तै जनमत पार्टीको मतभार १ सय ४४ छ भने ४ स्वतन्त्र सांसद रहेको प्रदेशमा स्वतन्त्र सांसदको मतभार १ सय ४४ छ। यस्तै राष्ट्रिय जनमोर्चाको १ सय २०, नेकपा एकीकृत समाजवादीको ४८ र जनता प्रगतीशील पार्टीको मतभार ३६ छ।
गठबन्धनमा आवद्ध दलहरुको मतभार बढि देखिने भएकाले एमालेका दसौँदी जीत उन्मुख जस्तै देखिएका छन्। तथापी कांग्रेसले भने साना दलहरुलाई फकाईरहेको छ। साना दलहरुको सहयोगमा आफ्नो जीत सुनिश्चित गर्ने दाउमा कांग्रेस देखिन्छ। ‘हामीहरु साना दलहरुको साथ र समर्थनका लागि प्रयास गरिरहेका छौँ,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ‘यसो भएमा कडा प्रतिष्पर्धा बन्ने छ।’
बुधबार घोराहीमा हुने मतदानका लागि प्रदेशसभा सदस्यहरुका लागि एउटा र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुका लागि अर्को मतदान केन्द्र कायम गरिएका छन्। बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म मतदानको समय तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।