लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन सुरु भएको छ। बिहान १० बजे देखि घोराहीमा मतदान सुरु भएको भएको छ। मतदान दिउँसो ३ बजे सम्म रहने छ। रुपन्देहीका राष्ट्रियसभा सदस्य एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिएर रिक्त भएको उक्त सीटका लागि उपनिर्वाचन भएको हो।
निर्वाचनमा ३ जना बिच प्रतिष्पर्धा भएको छ। सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दसौँदी चुनावी मैदानमा उत्रिएका छन्। यसैगरि कांग्रेसका तर्फबाट माधव प्रसाद आचार्य मैदानमा छन्। यसैगरि सत्तागठबन्धनको समर्थनमा रहेको नागरिक उन्मुक्ती पार्टीले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दिएको छ। यो पार्टीले राजेन्द्रबिर रायलाई उम्मेदवार बनाएको छ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा प्रदेशका ८७ प्रदेशसभा सदस्य र १ सय ९ स्थानीय तहका २ सय १८ जना प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। मतदान सकिए लगत्तै मत गणना हुने निर्वाचन कार्यालयले जनाएको छ।