कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने
२५ माघ २०७९
•
२ मिनेट पाठ
कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने
प्रतिनिधि सभाले कानुन कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले नियमावलीमा कार्यान्वयनमा आएका कानुनको परीक्षण गर्ने प्रावधान राख्ने विषयमा सहमति जुटाएको हो।




यसअघि कानून कार्यान्वयनको अध्ययन गर्ने सम्बन्धमा नियमावलिमा व्यवस्था गरिएको थिएन। नियमावलीमा नै व्यवस्था गरेर अब भने कार्यान्वयनमा रहेका कानुनको अवस्था, सो कानुनप्रति आम नागरिकको चासो तथा कानूनबारे लक्षित वर्गमा जानकारी पुगे-नपुगेको सम्बन्धमा अध्ययन गरिने भएको हो । कानुन कार्यान्वयन मापन अध्ययनका लागि छुट्टै समिति बनाउने अथवा सम्बन्धित समितिले क्षेत्राधिकार भित्रका कानुन कार्यान्वयनको मापन गर्ने भन्ने सम्बन्धमा भने मस्यौदा समिति टुंगोमा पुगेको छैन । 

छलफलमा  मस्यौदा समितिका अधिकांश सदस्यले कानुन कार्यान्वयनमा आएको ३ वर्षपछि त्यस्ता कानुन कार्यान्वयनको परीक्षण गर्नुपर्ने धारणा राखेका छन्। मस्यौदा समितिका सचिव एकराम गिरीले कानुन कार्यान्वयको अवस्था अध्ययन गर्ने विषयमा सहमति भएपनि समयावधि बारेमा भने मस्यौदाको अन्तिम टुंगो नलागेसम्म भन्न नसकिने बताए।

उनले भने, ‘संसदले कानुन बनाइसके पश्चात उक्त कानून कार्यान्वयनको चरणमा के कस्ता समस्याहरु आए। त्यसमा कस्ता सुधारहरु आवश्यक छ। यस्ता कानुनहरुप्रति आम नागरिकको के कस्तो प्रतिक्रियाहरु रहेको छ।

कानुनको प्रभावकारीता कस्तो छ भनेर मापन गर्नुपर्ने  एउटा  विशेष व्यवस्थामा अहिलेको नियमावली मस्यौदा समितिले छलफल गरिरहेको छ। त्यो विषय अब बन्ने नियमावलीमा राख्न आवश्यक छ भन्ने विषयमा छलफल भएको हो । छलफलको क्रममा कानून कार्यान्वयन भएको तीन वर्ष वा पाँच वर्ष पछाडि मापन गर्नुपर्छ भन्ने विषय छलफलमा आएको छ। अहिले नै यति वर्ष राख्ने भन्ने विषयमा मस्यौदाले अन्तिम रुप नपाएसम्म परिमार्जन गर्न सकिने भएकाले अहिले नै यति वर्ष राख्ने भनेर टुंगिएको अवस्था होइन। सम्बन्धित क्षेत्रभित्र पर्ने कानूनहरुको सन्दर्भमा सम्बन्धित समितिले नै मापन गर्नुपर्ने भन्ने दृष्टिकोणबाट यो छलफल अगाडि बढेको छ। सम्बन्धित समिति नै कानुन मापनमा उत्तरदायी हुनुपर्ने अवस्था सिर्जना हुनसक्छ। ’

विज्ञहरुले कानून बनेपनि कानुनबारे सर्वसाधरणलाई जानकारी नभएको, लक्षित वर्ग लाभान्वित हुन नसकेको तथा कतिपय कानुनहरु ५ वर्षसम्म पनि कार्यान्वयनमा नै नआएको भन्दै कानुन कार्यान्वयनको  अवस्था अध्ययन गरी आवश्यक सुधार गर्नुपर्ने आवश्यकता औल्याउँदै आएका छन्। तर नियमावलीमा स्पष्ट व्यवस्था नभएकाले कानुन कार्यान्वयनको अवस्थाको अध्ययन गरिएको छैन।
अर्को समाचार
समितिको नाम हेरफेर, संख्या चार
२६ पौष २०८०
•
३ मिनेट पाठ
समितिको नाम हेरफेर, संख्या चार
राष्ट्रियसभाको पूर्ण कार्यकाल ६ वर्ष पुग्दा राष्ट्रियसभा नियमावली परिमार्जन कार्य अन्तिम चरणमा पुगेको छ। नियमावली मस्यौदा समितिले तयार गरेका प्रारम्भिक मस्यौदामा चार समिति कायम नै राखिएको छ। जसमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ।




समितिका एक सदस्यले दिएको जानकारीअनुसार यसअघिको दिगो विकास समितिको ठाउँमा विकास, आर्थिक मामिला तथा सुशासन समिति राखिएको छ।

यस समितिको कार्यक्षेत्र यसअघिको दिगो विकास समितिको भन्दा अझै बढाइएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिले विकास योजना, आयोजना, दिगो विकास, समन्यायिक एवं सन्तुलित विकास, लगानी, जनसंख्या व्यवस्थापन, अर्थव्यवस्था, सार्वजनिक वित्त, पूर्वबजेट छलफल, शासकीय सुधार तथा सुशासन प्रवर्द्धन , सूचना प्रविधि तथा नवप्रवर्तनसम्बन्धी विषय र सम्बद्ध निकायलगायतको क्षेत्राधिकार यो समितिलाई दिइएको छ।

यसअघिको विधायन व्यवस्थापन समितिको नाम परिवर्तन गरिएको छैन। समितिमा यसअघिको कार्यक्षेत्र कायम राख्दै संघीय एकाइबीच विधायिकी अन्तरसम्बन्धसम्बन्धी विषय र सम्बद्ध निकाय हेर्ने अधिकार थप गरिएको छ।
यसअघिको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको नाम परिमार्जन गरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति नामकरण गरिएको छ।

यो समितिले सार्वजनिक नीति, प्रत्यायोजित विधायन, सरकारी आश्वासन, राष्ट्रिय महत्त्वका दस्तावेज, अभिलेख व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्विक सम्पदासम्बन्धी विषय र सम्बद्ध निकायबारे अध्ययन गर्ने अधिकारको व्यवस्था गरिएको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको नाम परिमार्जन गरी संघीयता तथा राष्ट्रिय सरोकार समिति नामकरण गरिएको छ।

समितिको क्षेत्राधिकारमा राज्यको तहगत संरचनामा समन्वय र सवलीकरण, राजनीतिक, वित्तीय तथा प्रशासनिक संघीयता, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोत, सामजिक न्याय, मानव अधिकार, परष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयन, राष्ट्रिय सुरक्षा, संवैधानिक निकाय, श्रम, रोजगार र उपभोक्ता हित, शान्ति प्रक्रिया, विपद् व्यवस्थापन, सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, समावेशीकरण, लैंगिक मामिला पिछडिएको क्षोत्र, समुदाय तथा संस्कृतिसम्बन्धी विषय र सम्बद्ध निकाय राखिएका छन्।

यसअघिका विषयगत समितिहरूमा दिगो विकास तथा सुशासन समितिले सरकारले अख्तियार गरेको दिगो एवं सन्तुलित विकास र सुशासन प्रबद्र्धनसम्बन्धी विषय हेर्ने गरेको थियो भने विधायन व्यवस्थापन समितिले सभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धानसम्बन्धी विषय हेर्ने गरेको थियो।

यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासनसम्बन्धी कार्य र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी विषय हेर्ने गरेको थिए।
राष्ट्रिय सरोकार तथा समन्वय समितिले तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रि सुरक्षा र संवैधानिक आयोगसम्बन्धी विषय हेर्ने कार्यक्षेत्र रहेको थियो।

राष्ट्रियसभाले गत असोज २६ गते राष्ट्रियसभा नियमावली, २०७५ संशोधन’ गर्नका लागि मस्यौदा समिति गठन गरेको थियो। १२ सदस्यीय मस्यौदा समितिमा कांग्रेसकी, अनिता देवकोटा र जितेन्द्रनारायण देव, एमालेका दिलकुमारी रावल थापा पार्वती र भैरवसुन्दर श्रेष्ठ, एकीकृत समाजवादीबाट मदनकुमारी शाह (गरिमा), माओवादी केन्द्रका महेशकुमार महरा र सुरेशकुमार आले मगर, जसपाका मोहम्मद खालिद सदस्य रहेका छन्।

त्यस्तै लोसपाका शेखरकुमार सिंह, राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद खिमलाल देवकोटा, मनोनित विमला राई पौड्याल रहेका छन्। समितिले एक चरणको छलफल पनि आगामी अधिवेशनमा यो मस्यौदा पेस गर्नेछ।
२०७४ फागुन २० गते राष्ट्रियसभाको पहिलो बैठक बसेको थियो भने, आगामी फागुन १९ गते ६ वर्ष पूरा हुँदैछ। ५९ सदस्यीय राष्ट्रियसभामा गोलाप्रथाबाट आएका एकतिहाइ दुई वर्षमा, एकतिहाइ चार वर्षमा र एकतिहाइ आगामी फागुन १९ गते बिदाई हुँदैछ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस