लुम्बिनी प्रदेशः अर्थमा हानथाप, सरकार बिस्तारमा ढिलाई
२७ माघ २०७९
•
५ मिनेट पाठ
लुम्बिनी प्रदेशः अर्थमा हानथाप, सरकार बिस्तारमा ढिलाई
मुख्यमन्त्री  नियुक्त भएको महिना दिन पुग्दा समेत गठबन्धनमा आबद्ध दलहरु बिच मन्त्रालय भागबन्डामा किचलो हुँदा लुम्बिनी प्रदेश सरकार बिस्तार हुन सकेको छैन। गठबन्धनमा आबद्ध प्रमुख दुई दल एमाले र माओवादी सँगै साना दलहरु बिच सरकार बिस्तारका बिषयमा मत बाझिएका छन्।




अझ मूलतः सरकार बिस्तार हुन नसक्नुको प्रमुख कारण अर्थ मन्त्रालयमा सत्ता गठबन्धनका प्रमुख दुई दल एमाले र माओवादी बिच दाबी बाझिनु हो। मुख्यमन्त्री लीला गिरी अर्थ मन्त्रालय आफैसँग राख्ने अडानमा देखिएका छन् भने माओवादीले उक्त मन्त्रालय आफ्नो भागमा पर्नु पर्ने अडान लिइरहेको छ। यो मन्त्रालय कसको भागमा पर्ने भन्ने विवादका कारण प्रदेश सरकारको बिस्तार हुन नसकेको माओवादीका एक सांसदले जानकारी दिए। माओवादीले अर्थ सहित तीन मन्त्रालय माग गरेको छ। 

अहिले माओवादीबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको हैसियतमा सरकारमा छिन्। अब माओवादीले अर्थ सहित थप २ मन्त्रालय पाउनु पर्ने अडान लिइरहेको छ। ‘हामीहरुले अर्थ सहित तीन मन्त्रालय माग गरिरहेका छौँ,’ माओवादीका ती सांसदले भने ‘तर अर्थ नदिने मनसायमा मुख्यमन्त्री ज्यू देखिनु भएको छ, गाँठो यहीँ नेर हो।’ 

मुख्यमन्त्री गिरीले भने शंकर पोख्रेल मुख्यमन्त्री हुँदा उनी आफैले अर्थ मन्त्रालय समेत राखेका कारण आफूले पनि उक्त मन्त्रालय राख्न पाउनु पर्ने अडान लिइरहेका छन्। फलतः उनले अब माओवादीलाई अर्थ बाहेक एक मन्त्रालय मात्रै दिने मनसाय बनाएका छन्। थप एक मन्त्रालय मात्रै पाए माओवादी दुई मन्त्रालय सहित सरकारमा सहभागी हुने छ। ‘हामीहरुलाई अब एउटा मन्त्रालय मात्रै लैजान भनिएको छ,’ माओवादी सांसदले भने ‘जुन कुरा सम्भव नै छैन।’  
माओवादीले दोस्रो वरीयताको उक्त मन्त्रालय आफूले नपाए सरकारमा सहभागी नहुने सम्मको चेतावनी मुख्यमन्त्री गिरीलाई दिइसकेको छ। ‘दोस्रो वरीयताको मन्त्रालय नपाए सरकारमा सहभागी नहुने भनेर हामीहरुले मुख्यमन्त्रीलाई भनिसकेका छौँ,’ती सांसदले भने ‘हेरौँ भोलि सम्मको गतिविधि कसरी अगाडी बढ्छ रु’ आफूले अर्थ सहित ३ मन्त्रालय पाउनु पर्ने अडान लिएको माओवादीले साना दलहरुलाई समेट्ने जिम्मा पनि मुख्यमन्त्री गिरीलाई नै दिएको छ। ‘हामीहरुले तीन मन्त्रालय पाएपछि बाँकी बचेका ६ मन्त्रालयको जिम्मा एमालेलाई नै दिएका छौँ,’ ती सांसदले भने ‘एमालेले कति राख्ने रु साना दलहरुलाई कति मन्त्रालय दिएर मिलाउने रु यो जिम्मा सबै एमालेलाई नै दिएका छौँ।’ एमालेले मुख्यमन्त्री सहित ५, माओवादीले अर्थ सहित ३ र बाँकी २ मन्त्रालय साना दलहरुको भाग मिलाएर समेट्न माओवादीले मुख्यमन्त्री गिरीलाई सुझाव दिएको छ। यो प्रदेशमा मुख्यमन्त्री सहित १० मन्त्री हुनेछन्। माओवादीका ती सांसदले मन्त्रालय भागवण्डाका बिषयमा छलफल चलिरहेको र आइतबार सम्म ठोस निर्णय आउने दाबी गरे। पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका गिरीले २८ गते शपथ सँगै दुई एमालेबाट एक र माओवादीबाट एक गरी दुई जना बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।     

रुष्ट जसपा

सत्तागठबन्धनमा रहेर मुख्यमन्त्रीमा गिरीलाई समर्थन गरेको जनता समाजवादी पार्टी समेत मुख्यमन्त्रीको भूमिका देखि रुष्ट बनेको छ। उसले सरकार बिस्तारका बिषयमा आफूहरूसँग कुनै पनि छलफल नभएको भन्दै एकलौटी ढंगले मुख्यमन्त्री चल्न खोजेको दाबी गरेको छ। ‘हामी पनि सत्ता गठबन्धनमा आबद्ध दलनै हो नि,’ जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने ‘तर हामीहरुसंग सरकार बिस्तार,मन्त्रालय भागवण्डाका बिषयमा अहिले सम्म कुनै छलफल नै गरिएको छैन।’ 
आफूहरूसँग छलफल नै नगरेर अगाडी बढ्न खोजिनु आफूहरूलाई बेवास्ता गर्न खोजिएको भन्दै जसपाले सरकारको समर्थनमा रहन नसक्ने जवाफ मुख्यमन्त्रीलाई दिने तयारीमा छ। ‘हामीहरुलाई बेवास्ता गर्न खोजिएको छ, सरकारमा सहभागी हुने भनेर हाम्रो पार्टी केन्द्रीय समितिले निर्णय गरेका कारण हामीहरुले प्रदेशमा मुख्यमन्त्रीलाई समर्थन गरेका हौँ,’ यादवले भने ‘तर हामीहरुलाई पेलेरै जान खोजिएको छ, फलतः हामीहरुले सरकारमा सहभागी हुन नसक्ने भनेर जवाफ दिने तयारीमा छौँ।’ जसपाले पनि सरकारमा सहभागीताका लागि एक मन्त्रालय माग गरिरहेको छ। त्यो पनि बिकासे मन्त्रालय आफूले पाउनै पर्ने अडान उसको छ। ‘गाडीमा झण्डा हल्लाएर मात्रै भएन,बिकासे मन्त्रालय हामीहरुले पाउनै पर्छ,’ यादवले भने ‘यदि यसो हुन नसके हाम्रो निर्णय फरक हुन्छ।’ यो प्रदेशमा जसपाका तीन सांसद छन्। 

गठबन्धन विरुद्ध नागरिक उन्मुक्ति  

विश्वासको मत नदिँदा सुदूर पश्चिम प्रदेश सरकार उलटपलट पारिदिएको नागरिक उन्मुक्ति पार्टी सरकार विरुद्ध उभिएको छ। रेशम चौधरीको रिहाइको एक सूत्रीय माग सहित सरकारको समर्थनमा रहेको नागरिक उन्मुक्ति पार्टी यो प्रदेशमा पनि गठबन्धन विरुद्ध उभिएको छ।

उन्मुक्ति पार्टी २५ माघमा दाङमा भएको राष्ट्रियसभाको उप निर्वाचनमा आफ्नो उम्मेदवार उठाएरै गठबन्धन विरुद्ध भिड्यो। चार सांसद रहेको यो प्रदेशका सबै चारै जना सांसदहरूले उन्मुक्तिका उम्मेदवारलाई मतदान गरेका थिए।   तर यो पार्टीले सत्ता गठबन्धन पुरै त्यागी नसकेको बताउँछ। यो पार्टीका संसदीय दलका नेता चौधरीले गठबन्धन प्रति असन्तुष्टि रहेको भएपनि गठबन्धनबाट अलगै हुने निर्णयमा भने पुगी नसकेको बताए। 

‘वर्तमान सरकार र सत्ता गठबन्धनमा आबद्ध ठूला दलहरु प्रति हाम्रो असन्तुष्टि हो,’ संसदीय दलका नेता धर्मराज चौधरीले भने ‘तर हामीहरुले गठबन्धनबाट अलगै हुने निर्णय भने गरिसकेका छैनौँ।’ रेशम चौधरीको रिहाइको प्रमुख सर्त सहित यो दलले संघ देखि प्रदेश तह सम्म गठबन्धनमा सामेल हुने निर्णय लिएको थियो। लुम्बिनी प्रदेशमा पनि यो दलले मुख्यमन्त्री एमालेका लीला गिरीलाई समर्थन गरेको थियो भने मुख्यमन्त्री गिरीलाई विश्वासको मत समेत दिएको थियो। 
पछिल्लो समय सत्ता गठबन्धन विरुद्ध उम्मेदवार कायम गर्दै आएको उन्मुक्ति पार्टीले यसलाई आफ्नो माग कार्यान्वयनका लागि दबाबका रुपमा लिँदै आएको छ। यो पार्टीले प्रदेशको उपसभामुख पदमा समेत गठबन्धन विरुद्ध फरक उम्मेदवार उठाएको थियो। तर पछि आफूहरूको माग सम्बोधनका लागि केन्द्रमा पहल गर्ने गठबन्धनमा आबद्ध दलहरुको आश्वासन पछि उपसभामुख पदबाट उम्मेदवारी फिर्ता लिएको थियो। 
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस