राष्ट्रपति सवारीले दुनियाँलाई सास्ती
२८ माघ २०७९
•
४ मिनेट पाठ
राष्ट्रपति सवारीले दुनियाँलाई सास्ती
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण शुक्रबार नेपाल वायुसेवा निगमको कार्यालयअगाडि कान्तिपथमा भएको जाम। तस्बिर: प्रसन गुरुङ/नागरिक
काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत कन्सल्ट्यान्ट अर्थोपेडिक्स अनकोलोजिस्ट डा. जनिथ सिंह ओपिडीको ड्युटी सकेर घर फर्कन शुक्रबार साँझ कार्यकक्षबाहिर निस्किए। पार्किङमा राखिएको साइकल डोर्‍याउँदै ट्रमा सेन्टरको परिसर हुँदै गेटसम्म पुगे। त्यहाँ बाक्लो भिड थियो। त्यही भिड छिचोल्दै निस्कन खोज्दा नेपाल प्रहरीका एकजना हवल्दार आक्रोशित हुँदै उनलाई धकेल्न थाले। सिंहले आफू डाक्टर भएको भन्दै परिचयपत्र देखाए। तर ती हवल्दार झन् आक्रोशित भएर परिचयपत्र खोस्दै लाठी प्रहार गर्न थाले। लाठीबाट डा. सिंहको टाउकोमा गम्भीर चोट लागेको छ। घर जान निस्केका उनी चोट लागेपछि पुनः ट्रमा सेन्टरमै फर्किएर उपचार गराइरहेका छन्।  




घाइते भएका डा. सिंह हाडजोर्नी तथा नसाको क्यान्सर रोगका नेपालकै उत्कृष्ट चिकित्सक मानिन्छन्। यसरी वरिष्ठ चिकित्सकमाथि लाठी प्रहार भएपछि तत्काल ट्रमा सेन्टर र छेउमै रहेको वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवा ठप्प पारेर आन्दोलित भएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले छेउमै रहेको कान्तिपथमा चक्काजामसमेत गरे। त्यसपछि प्रहरीले फेरि बल प्रयोग गरेको थियो। बल प्रयोगबाट अन्य केही चिकित्सक र स्वास्थ्यकर्मीमाथि पनि लाठी प्रहार भएको थियो। त्यसमा पनि केही घाइते भएको बताइएको छ। त्यसयता शुक्रबार अबेर साँझसम्म पनि ट्रमा सेन्टर र वीर अस्पतालको सेवा ठप्प छ। आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी प्रहार भएपछि ट्रमा सेन्टरमा कार्यरत सबै चिकित्सक र स्वास्थ्यकर्मी अस्पतालबाहिर प्रदर्शनमै थिए। उनीहरूले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै आएका छन्।  

यसैबीचमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्की आफैं समस्या समाधानका लागि छलफलमा खटिएका थिए। प्रहरीले ट्रमा सेन्टरको व्यवस्थापन समिति र आन्दोलित चिकित्सक समूहसँग छलफल गरेको थियो। छलफलबाट प्रहरीले चिकित्सकमाथि लाठी प्रहार गर्ने हवल्दारलाई कारबाही गर्ने र ट्रमा सेन्टरबाट जाहेरी दर्ता गर्ने सहमति भएको ट्रमा सेन्टरका शाखा अधिकृत नवराज गौतमले बताए। ‘यो सहमतिअनुसार अस्पतालका सेवा सुचारु नै राख्ने भन्ने छ,’ उनले भने, ‘तर चिकित्सकका आफ्नै संघसंगठन छन्। उहाँहरूको निर्णय भने आउन बाँकी छ।’

राष्ट्रपति सवारीका कारण तनाव

लाठी प्रहार गर्ने प्रहरी हवल्दार भने राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि सडक खाली गर्न तैनाथीमा बसेका थिए। दिउँसो राष्ट्रपति भण्डारी संघीय संसद्मा सम्बोधन गर्न नयाँ बानेश्वर पुगेकी थिइन्। साँझ शीतलनिवास फर्किंदा वीर अस्पताल अगाडिको बाटो प्रयोग गरिएको थियो।  

त्यसकारण प्रहरीले राष्ट्रपति भण्डारीको सवारीका लागि सडक खाली गराइरहेको थियो। जसको चपेटामा डा. सिंह परेका हुन्। यद्यपि उनीमाथि लाठी प्रहार भने ट्रमा सेन्टरको परिसरभित्रै भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। ‘राष्ट्रपतिज्यूको सवारी सडकमा होला। तर डा. सिंह हाम्रै कम्पाउन्डभित्रै हुनुहुन्थ्यो,’ अर्थोपेडिक्स डा. किरण खनालले भने, ‘डाक्टर हुँ भन्दाभन्दै परिचयपत्र नै खोसेर उहाँमाथि लाठी प्रहार गरिएको छ।’  

उता नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले राष्ट्रपतिको सवारीलाई केहीछिन पर्खन गरिएको आग्रह नमान्दा समस्या आएको दाबी गरे। ‘भिभिआइपीको सवारी हुँदा एकतर्फी बाटो केही छिनलाई रोक्नुपर्ने प्रोटोकल छ। त्यो क्षेत्र एकतर्फी नै भएकाले पुरै रोक्नुपर्छ,’ डिआइजी पोखरेलले भने, ‘सायद उहाँ (डा. सिंह) केही हतारमा हुनुहुन्थ्यो। केही छिन रोक्न भनी गरिएको आग्रह मान्नुभएनछ। त्यसैले समस्या पैदा भयो।’ प्रहरीले रोक्न खोज्दा डा. सिंहबाटै प्रहरीमाथि लात्ती प्रहार भएको उनले दाबी गरे। ‘उहाँले लात्ती हान्दा अवस्था केही खल्बलियो। नियन्त्रणमा लिन लाठी चार्ज भएको हो,’ डिआइजी पोखरेलले भने।  

राजधानीका सडक दिनभर ठप्प  

यता राष्ट्रपति भण्डारीले संघीय सदनलाई सम्बोधन गर्न राष्ट्रपति कार्यालय शीतल निवासदेखि नयाँ बानेश्वरस्थित संघीय संसद भवन र त्यहाँबाट शीतल निवासको सवारी गरेकी थिइन्। जसको दुरी जम्मा सात किलोमिटर छ। रित्तो सडकमा गाडीमा सवारी गर्दा बढीमा १५ मिनेट लाग्छ। राष्ट्रपति भण्डारीको यति यात्राका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको सडक शुक्रबार दिनभरि अस्तव्यस्त भएका थिए। घन्टौंसम्म सवारी जाम भएको थियो। प्रहरीले राष्ट्रपति भण्डारीको सवारीका लागि शीतलनिवास महारागन्जबाट, लाजिम्पाट, रत्नपार्क, माइतीघर हुँदै नयाँबानेश्वरको सडक खाली गराएको थियो। यो सडक खाली गराउन घन्टौंसम्म मेहनत लाग्दा बाँकी क्षेत्रमा लामै जाम भएको थियो। ‘हामीले भिभिआइपीको यात्राको प्रोटोकल पूरा गर्न सवारीका लागि सडक खाली गर्नैपर्छ। काठमाडौंमा एक सेकेन्ड पनि जाम हुँदा पुरै क्षेत्र जाम हुन्छ,’ डिआइजी पोखरेलले भने, ‘जाम हुन्छ भनेर भिभिआइभीको सवारीका लागि प्रहरीले पूरा गर्नुपर्ने दायित्वबाट हामी भाग्न मिल्दैन।’
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस