लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ।
आइतबार ७ मन्त्री थप भएसँगै यो प्रदेशको मन्त्री परिषद्ले पूर्णता पाएको हो। जस अनुसार लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री सहित ५, माओवादी केन्द्रले अर्थ मन्त्रालय सहित ३ र राप्रपा तथा जनमत पार्टीबाट एक/एक मन्त्रालय पाएका छन्।
आइतबार एमालेका ३, माओवादीका २ र राप्रपा तथा जनमत पार्टीका एक/एक मन्त्रीले शपथ लिए। यी मन्त्री थप भएसँगै १० मुख्यमन्त्री सहित १० मन्त्री रहने यो प्रदेशको मन्त्री परिषद् पूर्ण भएको छ।
माओवादीबाट संसदयि दलका नेता जोखबहादुर महरा अर्थ मन्त्री, ईन्द्र जीत चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा शपथ लिए। यसै गरी एमालेका विष्णु पन्थीले स्वास्थ्य, दुर्गा प्रसाद चौधरीले वन तथा वातावरण तथा तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्था मन्त्रीको शपथ लिए। यसै गरी राप्रपाका जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्री र राप्रपाका जानकी प्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रीका रूपमा शपथ लिए। यस अघि मुख्यमन्त्री लीला गिरीले गत पुस २८ मा एमालेबाट एक जना र माओवादीबाट एक जनालाई विना विभागीय मन्त्री चयन गरेका थिए।
उनले माओवादीका कृष्णा केसी र एमालेका चेतनारायण आचार्यलाई मन्त्री चयन गरेका थिए। केसीलाई आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयको जिम्मा तोकिएको छ भने एमालेका आचार्यलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ। तर माओवादीबाट मन्त्री चयन भएकी कृष्णा केसीले भने आफूले मन्त्री पदबाट राजीनामा दिई सकेको बताएकी छिन्।
केसीले मुख्यमन्त्री गिरीलाई भेटेर आफूले राजीनामा बुझाएको बताएको भए पनि उनको मन्त्री पदलाई आइतबार सम्म कायमै राखिएको छ।