‘नेपालमा सरकारी बिदा धेरै भए। यसले सेवा प्रवाहमा समस्या उत्पन्न गराएको छ। यसबारे पुनर्विचार गर्न आवश्यक छ। यसका लागि गृहकार्य गर्छौं’, पाँच दिनअगाडि प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भनेका थिए। तर प्रधानमन्त्री दाहालले बोलेको पाँच दिन नबित्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध दिवस’ भन्दै फागुन १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते देशमा ‘सशस्त्र युद्ध’ सुरु गरेको थियो। सोही दिनको सम्झनामा अहिले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि कर्णाली प्रदेश र वाग्मती प्रदेश सरकारले पनि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका थिए। फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको यो पहिलोपटक हो।
संघीय सरकारको गृह मन्त्रालयले आइतबार जारी गरेको सूचनामा लेखिएको छ, ‘२०७९ फागुन १ गते सोमबारका दिन जनयुद्ध दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७९÷१०÷२९ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ सार्वजनिक बिदासम्बन्धी सूचनामा गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतको हस्ताक्षर छ।
नेपालमा सार्वजनिक बिदा बढी भएको विज्ञहरू बताउँछन्। त्यसमा पनि सरकारले बीचबीचमा मनलाग्दी बिदा दिने गरेको छ। यसअघि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मागबमोजिम पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिएको थियो। अपर्झट अवस्था या संक्रमणकालीन अवस्थामा संघीय मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिने चलन छ। तर मन्त्रिपरिषद्ले मनपरी सार्वजनिक बिदा घोषणा गर्दा केही व्यक्तिलाई फाइदा भए पनि आम रूपमा सेवाग्राहीलाई कठिनाइ उत्पन्न हुने विज्ञ बताउँछन्। मन्त्रिपरिषद्ले बीचबीचमा बिदा घोषणा गर्दा आम रूपमा सेवाग्राहीलाई मर्का पर्ने प्रशासन विज्ञहरूको भनाइ छ।
पहिले नै कामको योजना बनाएका सेवाग्राहीलाई बीचबीचमा घोषणा गरिएका बिदाले मर्का पर्छ। २०७८ सालको तुलनामा २०७९ मा सात दिन बिदा थप गरिएका छन्। मन्त्रिपरिषद्ले पनि बीचबीचमा थप बिदा दिने गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७९ सालका लागि सात दिन सार्वजनिक बिदा थप गरेको थियो। तत्कालीन केपी ओली नेतृत्व सरकारले २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गरी २०७८ मा दिने बिदाको सूची सार्वजनिक गरेको थियो। देउवा सरकारले ओली सरकारले दिएका बिदामा थप ७ दिन थपेको थियो।
सार्वजनिक बिदा घोषणा गर्दा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ। प्रदेश तथा स्थानीय सरकारले बिदा दिने विषयमा पनि कार्यविधि बनाइएको छ। प्रदेश सरकार कार्य सञ्चालन कार्यविधिले प्रदेश सरकारले वर्षभरि ६ दिन तथा स्थानीय सरकार कार्यसञ्चालन कार्यविधिले स्थानीय सरकारले वर्षभरिमा तीन दिन बिदा दिनसक्ने व्यवस्था गरेको छ। तर कार्यविधिबाहिर गई प्रदेश र स्थानीय सरकारले सार्वजनिक बिदा घोषणा गर्न थालेका छन्। २०६६ सालमा तत्कालीन सरकारले सार्वजनिक बिदाबारे अध्ययन गर्न तत्कालीन गृहसचिव गोविन्द कुसुमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलमा संघीय मामिला मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति मन्त्रालयका सचिव सम्मिलित थिए।
उक्त कार्यदलले सार्वजनिक बिदामा कटौती गर्न सरकारलाई सिफारिस गरेको थियोे। कार्यदलको सुझाव प्रतिवेदन कार्यान्वयनमा आएन। २०७७ चैत ९ गते प्रकाशित राजपत्रमा पर्व बिदा, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक स्थान विशेषमा दिने बिदा, जात्रा बिदा, दिवस बिदा, दसैं बिदा, तिहार बिदा गरी विभिन्न किसिमका बिदाको सूची छ। विज्ञहरूका अनुसार नेपालमा दिइने सार्वजनिक बिदाका दिन अन्य देशहरूको तुलनामा बढी छन्।
यसैबीच फागुन १ गते बिदा दिने निर्णयको राप्रपाले विरोध गरेको छ। बिदाको निर्णय गर्न आइतबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा राप्रपाका मन्त्रीहरू सहभागी भएनन्। राप्रपाबाट उपप्रधानमन्त्री तथा उ,र्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उ,र्जा राज्यमन्त्री दीपकबहादुर सिंह सरकारमा सहभागी छन्। मन्त्रिपरिषद्ले फागुन १ गते बिदा दिने निर्णय गर्दै छ भनेर जानकारी पाएपछि राप्रपाका मन्त्रीहरू बैठकमा अनुपस्थित भएका हुन्।
राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मान्छे मारेको दिनलाई सम्झेर बिदा दिन आवश्यक नभएको बताए। ‘यो कुनै देशसँग जोडिएको विषय होइन। एकजना व्यक्तिको निजी स्वास्र्थसँग जोडिएको विषय हो यो’, शाहीले भने, मान्छे मार्ने दिनलाई सम्झनुपर्ने कुनै अर्थ नै छैन। यो गलत कुरा हो।’
यसैगरी मानव अधिकार तथा शान्ति समाजले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति व्यक्त गरेको छ। सरकारको यो निर्णय लोकतन्त्र र अहिंसाको सार्वभौम मान्यताको प्रतिकूल रहेको मानव अधिकार तथा शान्ति समाजको प्रतिक्रिया छ। एमालेका नेता योगेश भट्टराईले पनि फागुन १ गते सार्वजनिक बिदा घोषणा गरिएकोमा असन्तुष्टि जनाएका छन्। ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरवस्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ। अरू सबै यसकै अधिनस्थ हुन्। फेरि अलगअलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक ध्रुवीकरणमा नफसाऔं’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।