नेकपा माओवादी केन्द्रले रौतहटमा जनयुद्ध दिवस मनाएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सांसद सत्यनारायण भगत बिनको प्रमुख आतिथ्यमा माधव नारायण नगरपालिका ४ माइधिआ मानपुरमा २८ औँ जनयुद्ध दिवस मनाइएको हो।
केन्द्रीय सदस्य बिनले जनयुद्धका सहिद राम अयोध्या मुखियाको सालिकमा माल्यार्पण गरी जनयुद्ध दिवसको सुरुआत गरेका हुन्। मुखियाको सालिक स्थलमा आयोजित जनयुद्ध दिवसमा पूर्व राज्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य बिनले महान जनयुद्धको कारण देशमा संघीयता तथा गणतन्त्र आएको र आम नागरिकमा चेतनाले महान छलाङ मारेको स्पष्ट पारेका छन्।
रौतहटको विभिन्न ठाउँमा पनि जनयुद्ध दिवस मनाइएको छ। यसै गरी केन्द्रीय सदस्य बिनको अगुवाइमा रौतहटको चन्द्रनिगाहपुर चोकमा जनयुद्ध दिवसको सम्झनामा दीपावली गरिएको छ।