नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै सत्ता गठबन्धन भत्किने बताएका छन्।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. १ ले आज सोमबार रुपन्देहीको कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले फागुन १० गते भित्रै सत्ता गठबन्धन भत्काउने दाबी गरेका हुन्।
काँग्रेस महामन्त्री थापाले जनताको म्यान्डेट विपरीत बनेको वर्तमान सरकार भत्काएर जनचाहाना अनुरूपकै सरकार निर्माण हुने बताएका हुन्।
राजनीतिक स्थिरता, विकास र समृद्धिकालागि पाँच वर्ष सँगै सरकार चलाउने बाचा सहित गठबन्धन गरेर जनताको माझ गएको स्मरण गर्दै उनले जनतालाई झुक्याउने अधिकार कसैलाई नभएको बताए।
‘चुनाव अघि जनतासँग एक खालको बाचा सहित गठबन्धन गरेर मत मागेपछि तलमाथि गर्ने अधिकार कसैलाई थिएन तर नेतृत्वले व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न सकेन, अब भने ती कमजोरी सच्याएर जनचाहाना अनुरूपकै गठबन्धन बन्छ, हामी बनाउँछौँ’ काँग्रेस महामन्त्री थापाले भने।
नेता थापाले राष्ट्रपतिमा पनि काँग्रेसले तय गरेको उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन्। सिंहदरबार र शीतल निवास बिच समानान्तर सत्ता चल्न नदिन काँग्रेसले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्नु पर्ने उनको भनाइ थियो।
एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बने देश दुर्घटनामा जाने भन्दै उनले देशलाइ दुर्घटनाबाट जोगाउन काँग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति बन्नु पर्ने जिकिर गरे।

‘जनताले दिएको म्यान्डेट विपरीत बनेको सरकारका बिरुद्ध केही दिन भित्रै नयाँ र सुखद समाचार सुन्न पाउनुहुनेछ’ थापाले भने।निर्वाचन अघि जनता माझ जाँदा एउटा गठबन्धन र निर्वाचन पछि सरकारमा जान अर्को गठबन्धन गरिँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै उनले अब काँग्रेसकै नेतृत्वमा गठबन्धन बन्ने बताएका हुन्। अहिलेको सत्ता गठबन्धनलाई अध्यारोमा हैन उज्यालो मै आएर भत्काउने प्रयास रहने र त्यसमा सफल हुने दाबी उनले गरे।
राजनीतिक स्थिरता, विकास र समृद्धिकालागि पाँच वर्ष सँगै सरकार चलाउने बाचा सहित गठबन्धन गरेर जनताको माझ गएको स्मरण गर्दै उनले जनतालाई झुक्याउने अधिकार कसैलाई नभएको बताए।
‘चुनाव अघि जनतासँग एक खालको बाचा सहित गठबन्धन गरेर मत मागेपछि तलमाथि गर्ने अधिकार कसैलाई थिएन तर नेतृत्वले व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न सकेन, अब भने ती कमजोरी सच्याएर जनचाहाना अनुरूपकै गठबन्धन बन्छ, हामी बनाउँछौँ’ काँग्रेस महामन्त्री थापाले भने।
नेता थापाले राष्ट्रपतिमा पनि काँग्रेसले तय गरेको उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन्। सिंहदरबार र शीतल निवास बिच समानान्तर सत्ता चल्न नदिन काँग्रेसले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्नु पर्ने उनको भनाइ थियो।
एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बने देश दुर्घटनामा जाने भन्दै उनले देशलाइ दुर्घटनाबाट जोगाउन काँग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति बन्नु पर्ने जिकिर गरे।
‘संविधानले कार्यकारी अधिकार प्रधानमन्त्रीमा छ भनेर चिन्छ तर एमालेले भनेको व्यक्ति राष्ट्रपति बन्यो भने कार्यकारीको अभ्यास शीतल निवासबाट पनि हुन्छ र समानान्तर सत्ता चल्छ’ नेता थापाले भने।काँग्रेस महामन्त्री थापाले पार्टी भित्र देखिएका केही मतभेदहरूलाई छलफलको माध्यमबाट निकास निकाल्ने बताए। संविधान र लोकतन्त्रको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न काँग्रेसको विकल्प नभएको भन्दै उनले जनतासँग गरेका प्रतिवद्धताहरुलाइ पुरा गरेरै छाड्ने बताएका हुन्।
अहिले देखिएको आर्थिक तथा वित्तीय सङ्कटबाट पार पाउन पनि काँग्रेस नेतृत्वको गठबन्धन आवश्यक भएको उनले दोहोर्याए।कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक, जिल्ला सभापति रामकृष्ण खाँण, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हिराबहादुर खत्री, सचिव विजय गुरुङ लगायतले बोल्दै देश र जनताकालागि काँग्रेस एक ढिक्का भएर अगाडी बढ्नु पर्ने बताए।