चेपुवामा दाहाल
१७ असोज २०७३
•
७ मिनेट पाठ
चेपुवामा दाहाल
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले दशैं अघि नै संविधान संसोधनको प्रस्ताव लैजाने प्रतिवद्धता जनाए पनि सत्ता सहयोगी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बीचको सीमाङकनको बिबाद मिलाउन नसक्दा प्रस्ताव नै अड्किन पुगेको छ।




नयाँ संविधान प्रति बिमति जनाउँदै आन्दोलनरत मधेसी मोर्चा/संघीय गठबन्धनले सीमाङकन हेरफेर नगरी गरिएको संशोधन प्रस्ताव अस्विकार गर्ने र कांग्रेसका शीर्ष नेताले सीमाङकन चलाउन अस्विकार गरेपछि प्रधानमन्त्री दाहाल अप्ठयारोमा छन्।

नेपाली कांग्रेसका नेता सीमाङकन तल माथि नै गर्न नमान्ने, मोर्चाका नेताहरु सीमाङकन अलिकति भए पनि हेरफेर गर्नुपर्छ भनेर अडान कसिरहेका कारण संसोधनमा ढिलाई

सत्ताको प्रमुख सहयोगी कांग्रेस र मधेसी मोर्चाबीच सीमाङकनको बिबाद हल गर्न प्रधानमन्त्रीलाई समस्या परेको परेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आर्चायले बताए।

‘नेपाली कांग्रेसका नेता सीमाङकन तल माथि नै गर्न नमान्ने, मोर्चाका नेताहरु सीमाङकन अलिकति भए पनि हेरफेर गर्नुपर्छ भनेर अडान कसिरहेका कारण संसोधनमा ढिलाई भइरहेको छ,’ आचार्यले भने, ‘अन्य बिषयमा लगभग सैद्धान्तिक सहमति भइसकेको छ, त्यही बिषय मात्रै मिल्न बाँकी छ।’ उनका अनुसार संविधान संशोधनका लागि प्रधानमन्त्रीले पहल कदमी लिए पनि सत्तारुढ कांग्रेस संवेदनशील नभएको वालुवाटार निकट स्रोतले जनायो।

कैलाली – कञ्चनपुरको भूगोल टुक्राउनलाई कांग्रेस सभापति शेरबहादुरले मानिरहेका छैनन् भने झापा, मोरङ सुनसरीको भूगोल तलमाथि गर्न नहुने पक्षमा कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला लागि परेका छन्

सरकारी कामकाजीको भाषा थप गर्नु परेमा डा. लवदेव अवस्थी नेतृत्वको राष्ट्रिय भाषा आयोगले गरेको सिफारिस अनुसार थप गर्ने तर तत्कालै संविधानमा किटान गरेर नजाने सहमति भइसकेको छ । राष्ट्रिय सभाको बनोट ५० प्रतिशत भूगोलबाट र ५० प्रतिशत जनसंख्याको आधारमा गर्नुपर्ने बिषयमा पनि सैद्धान्तिक सहमति जुटिसकेको छ।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले अधिवक्ता दिपेन्द्र झामार्फत संविधान संसोधनको ड्राफटसमेत तयार पारिसकेका छन्। तर, उनकै पार्टीका शीर्ष नेताहरु भने सीमाङकनमा लचिलो हुन सकेका छैनन्।  

प्रधानमन्त्री दाहालले सीमाङकनमा अलिकति लचिलो हुनका लागि कांग्रेस नेतृत्वसँग कुराकानी गरिरहेका छन्। तर, कैलाली – कञ्चनपुरको भूगोल टुक्राउनलाई कांग्रेस सभापति शेरबहादुरले मानिरहेका छैनन् भने झापा, मोरङ सुनसरीको भूगोल तलमाथि गर्न नहुने पक्षमा कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला लागि परेका छन्। दुवैले आ–आफनो भूगोल टुक्राउन अस्विकार गर्दै सीमा आयोगलाई जिम्मेवारी दिनु पर्ने अडान राखेको वालुवाटार स्रोतले बतायो ।

मधेसी मोर्चाले भने प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षलाई देखाएर संविधान संशोधन प्रक्रिया अडकाएको भन्दै रोष प्रकट गर्न सुुरु गरेका छन्। नियमतः सत्तारुढले पेश गर्नु पर्ने प्रस्ताव  प्रतिपक्षलाई देखाएर उम्कन नमिल्ने तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनालले बताए। ‘सबैभन्दा पहिला सत्तारुढ गठबन्धनवाट संशोधनको प्रस्ताव आउनु पर्यो, त्यसपछि नै प्रमुख प्रतिपक्ष एमालेसँग कुराकानी सुरु हुन्छ,’ सोनालले भने, ‘एमालेलाई देखाएर सत्तारुढले प्रस्ताव नल्याउँदा हामीमा निराशा छाएको छ।’ तर, संविधान संशोधनमा कहाँ निर बिषय अडकिएको आफूहरुले थाहा पाउन नसकेको मोर्चाका नेताको भनाइ छ।

प्रधामन्त्रीमा निर्वाचित हुन अघि दाहालले मोर्चासँग ३ बुँदे सम्झौता गर्दा भदौ भित्रै संशोधन प्रस्ताव लैजाने प्रतिवद्धता जनाएका थिए। भारत भ्रमण जानु अघि नै संविधान संसोधन प्रस्ताव लैजाने जनाए पनि पूरा नभए पछि प्रधानमन्त्री दाहालले दसंै अघि संविधान संशोधन प्रस्ताव दर्ता गराउने मोर्चाका नेतासँग जनाए पनि अझै त्यसले पूर्णता पाउन सकेको छैन्।

तर, पछिल्लो समय ‘बृहत राजनीतिक सहमति पछि मात्रै’ संसोधन प्रस्ताव लैजाने प्रस्टिकरण दिँदै आएका प्रधानमन्त्री दाहालले संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव विदेशबाट फर्केपछि मात्रै प्रस्ताव गर्ने जनाउँदै आएका छन्। तर, हाल युरोप भ्रमणमा रहेका संयोजक यादव भने अक्टोबर ११ अर्थात असोज २५ मा मात्रै स्वदेश फर्कर्ने कार्यक्रम छ । जुन दिन नेपालीहरुको महान चाड दसैंको टिकाको दिनपर्दछ ।
अर्को समाचार
अन्तरदलको दबाबमा दाहाल
०७ माघ २०७१
•
१४ मिनेट पाठ
अन्तरदलको दबाबमा दाहाल
काठमाडौं-संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै सहयात्री दलको निरन्तर दबाब र चेपुवामा पर्दै गएका छन्। सत्तापक्षसँग ‘सहमति जुटाएर' फर्केका दाहालले सहयात्री दल र नेताहरूको चर्को दबाब र धम्की सामना गर्न नसक्दा आफ्नो निर्णयमा ‘टर्निङ प्वाइन्ट' लिनुपरेको थियो। उनले दृढ इच्छाशक्तिसहित स्वतन्त्र निर्णय लिन तथा सहयात्री दलको विश्वास जित्न नसक्दा पनि संविधान निर्माण कार्य कठिन बन्दै गएको छ।‘प्रचण्ड (दाहाल) ले कुरा फेर्योल भन्ने आरोप लागिरहेको छ, त्यो दबाब र प्रभावका कारण पनि हो भन्ने बुझ्न कुनै गाह्रो छैन्,' दाहालनिकट एक नेताले नागरिकसँग भने भने, ‘पार्टी र मोर्चाभन्दा माथि उठेर ‘रिस्क' लिँदै निर्णय लिएर फर्क्यो, यता खबरदार डगमाउलास् र किन त्यसो गरेर आइस् भनेर अध्यक्षलाई चर्को दबाब दिन्छन्।' 
शान्ति र संविधानका लागि युद्धग्रस्तबाट शान्ति प्रक्रियामा आउँदा र लोकतान्त्रिक संविधानका लागि पार्टी विभाजन हुदाँसम्म पनि नडगमाउने दाहालले संविधान निर्माणमा अवरोध गरेको भन्नुको कुनै तुक नभएको उनले जिकिर गरे।
संविधान निर्माणका लागि विकल्पै विकल्प पेस गर्दै आएका दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पार्टी अडान छाडेर मिश्रित प्रणालीमा जान तयार रहेको धेरै अघि नै जनाउ दिएका थिए। ‘अस्ति त झन् मैले शासकीय स्वरूपमा सहमति हुँदैन भने रिजर्भेसन राखेर जान एमाओवादी तयार छ सम्म पनि भनेको थिएँ,' दाहालले बुधबार सुनाए, ‘शासकीय स्वरूपमा नै अब हलो अडकाउँदैनौं, संघीयतामा कुरा मिलाऊ भनेर प्रस्ताव गरेको थिएँ, कुरा निकै सकारात्मक नै बन्दै गएको पनि थियो।' आफूले पार्टी र मोर्चालाई नसोधीकन उक्त निर्णय गरेर निकै रिस्क लिएको दाहालले बताए।
उनका अनुसार मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष–समानुपातिक) मा सैद्धान्तिक सहमति जुटेको थियो भने त्यसको अनुपातमा मात्रै सहमति जुटाउन बाँकी थियो। न्याय प्रणालीका हकमा १० वर्षसम्म संवैधानिक अदालत राख्ने विषयमा पनि सत्तापक्षसँग सहमति जुटिसकेको थियो। ‘आमा वा बाबु' को नामबाट नागरिकता दिने र संविधानका अपरिवर्तनीय धारा थप गर्ने विषयमा पनि सहमति भइसकेको थियो जसलाई औपचारिकता दिन मात्रै बाँकी थियो। 
‘सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउने र सहमति हुन बाँकी रहेको संघीयता लगायतका विषयमा सहमति जुटाउन थप दुई दिन समय दिनुपर्ने कुरा गरेको थिएँ, उहाँहरू (सत्तापक्ष) ले मान्दै मान्नुभएन,' दाहालले भने। 
उनले सबैभन्दा बढी अनुदार शैलीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला नै देखा परेपछि सहमतिको वातावरण थप बिग्रिन पुगेको बताए।
सहमति निर्माणका लागि भन्दै दाहालले माग गरेअनुसार दुई दिन समय थप गर्न मुख्यतः पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र शेरबहादुर देउवा ‘सर्तसहित' सकारात्मक देखिएका थिए। ‘ठिकै छ, सहमति जुटाउनका लागि दुई दिन समय थप गर्न हामी तयार छौं, तर तपाईंले आमहडताल (माघ ६) चाहिँ फिर्ता गरेर सहमतिको वातावरण बनाउनुहोस् र विश्वास दिलाउनुहोस् भन्यांै, तर उहाँ (दाहाल) मान्नुभएन,' देउवाले सञ्चारकर्मीसँग भनेका थिए। 
बैठकमा ‘त्यसका लागि व्यक्तिगत रूपमा म र मेरो पार्टी तयार छ, तर घोषित आमहडतालै रोक्ने विषयचाहिँ मेरो बसमा छैन' भन्ने जवाफ दिएर दाहाल वार्ताबाट निस्केका थिए। 
माघ १ गते पार्टी कार्यालयमा भएको पोलिटब्युरो हैसियतका सदस्यहरूको बैठकमा दाहालले भनेका थिए, ‘ओली (केपी) जीले भनेजस्तै पूर्वका झापा, मोरङ, सुनसरी र देउवाले भने जस्तै पश्चिमका कैलाली र कञ्चनपुरको अडान हामीले मानेरै जाऔं, त्यसमा माओवादीका तर्फबाट गलफत्ती नगरौं।' सोहीअनुसार जाने संकेत पनि दाहालले चारपक्षीय बैठकमा गरेकै थिए। तर, मोर्चाआबद्ध नेताले उनी फर्केपछि चर्को रूपमा असहमति जनाए।
स्रोतअनुसार प्रस्तावित ‘मधेस र थारुवान–थरुहट प्रदेश' बाट तराई–मधेसका पाँच जिल्लालाई छुटाउन दाहाल तयार रहेको संकेत पाउनेबित्तिक्कै सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देव र रामजनम चौधरीले दाहाललाई ‘आच्छुआच्छु' पारेका थिए। ‘कांग्रेस र एमालेले भनेजस्तै ७ प्रदेशलाई पनि मान्ने, शासकीय स्वरूपको अडान छाडेर रिजर्भेसन लेख्छु भन्ने, संघीयताका मूल मुद्दा र एजेन्डालाई पनि छाडेर आउने?' दाहालसँग उनीहरूले भनेका थिए, ‘त्यसमाथि कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरीलाई मधेसबाट अलग गर्ने कुरा मान्न सकिँदैन, यो निकै आपत्तिजनक कुरा हो, यसो गरियो भने ठिक हुने छैन।'
उक्त विषयमा मुख्यतः तीन नेताले दाहाललाई खबरदारी गरेपछि दाहाल झस्किएका थिए। कर्णले त गच्छदारलाई फोन नै गरेर ‘सत्तापक्षका अगाडि खुट्टा कमाउनुभयो भने ठिक हुँदैन' भन्नेसम्म धम्की दिएको स्रोतले जनायो। 
दाहालनिकट नेताहरूका अनुसार एमालेबाट चोइटिएको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी सबैभन्दा कडा रूपमा ‘जातीय पहिचानको राज्य हुनुपर्ने' भन्दै दाहाललाई सबैभन्दा बढी र निरन्तर खबरदारी गरिरहन्छन्। मोर्चाको अवधारणा बनाउँदा पनि ‘जातीय एजेन्डा' लाई स्थापित गराउन संघीय समाजवादीले निकै जोडबल गरेको एमाओवादी नेताहरूले बताए। 
समाजवादी जनता पार्टीका सभासद प्रेमबहादुर सिंहले पछिल्लो समयमा दाहालले संविधान निर्माणमा ‘त्याग र रिस्क' लिन खोज्दा भित्र र बाहिर दुवैतर्फबाट दबाब आइरहेको बताए। ‘प्रचण्डजीलाई विभिन्न समूहले स्वाभाविक रूपमा दबाबमा पारिरहेको अनुभव मैले पनि गरेको छु, तर संविधान जसरी पनि जारी गर्नुपर्छ भनेर लागिरहनुभएको छ,' दाहाल नेतृत्व मोर्चाका प्रवक्तासमेत रहेका सभासद सिंहले भने, ‘संघीयताका सवालमा नै कुरा गरांै न, उहाँले त एकल जातीय प्रदेश हुन सक्दैन, त्यसमाथि प्रदेशको नाममा सहमति हँुदैन भने त्यसको जिम्मा प्रदेशसभालाई नै दिऊँ न त भनेर प्रस्ताव पनि गरिरहनुभएको छ।' दाहालले संविधान निर्माण कार्यलाई भाँड्न खोजेको भन्ने आरोपमा कुनै सत्यता नभएको सिंहले बताए ।
अझ, संविधानसभाभित्र रहेका दल र नेताले भन्दा पनि बाहिर रहेका दलहरूले दाहाललाई बढी नै दबाबमा राख्ने र धम्की दिने गर्छन्। ‘पदमरत्न तुलाधार नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी दाहाललाई ‘लचिलो भएर प्रस्तुत नहुन' निरन्तर दबाब दिनेमा अग्रणी समूह हुन्,' दाहालनिकट स्रोतले भन्यो। ‘ख्याल गर्नुहोला, अहिले तपाईं (दाहाल) बाघमा चढेर सवार हुनुभएको छ, छाडेर दायाँबायाँ लाग्नुभयो भने सबैभन्दा पहिला त्यो बाघले तपाईंलाई नै खान्छ' भन्दै तुलाधार नेतृत्वमा रहेका जनजाति नेताहरूले धम्क्याउने गरेको एमाओवादी नेताहरू बताउँछन्। स्रोतअनुसार संयोजक तुलाधारसहित पासाङ शेर्पा, ओम गुरुङलगायतले ‘जातीय संघीयताको एजेन्डामा' दाहाललाई बढी नै दबाबमा राख्दै आएका छन्। 
‘संविधानसभाबाट संविधान, एमाओवादीको अभियान' भन्दै वैद्य माओवादीलाई चुनावमा छाडेका एमाओवादी अध्यक्ष दाहालले अहिले ‘संविधानसभा विघटनको निरन्तर माग गर्ने' वैद्य माओवादीसँग कार्यगत एकता गरिरहेका छन्। सैद्धान्तिक र कार्यदिशाका हिसाबले दुवै निकै फरक छन्, तर ‘सत्तापक्षलाई तर्साउन' का लागि संविधानसभाबाट संविधान लेख्ने एजेन्डाका हकमा उनले ‘अप्राकृतिक सम्बन्ध' जोडेका हुन्। 
मोर्चा आबद्ध दलले आपत्ति जनाएको सुनेलगत्तै वैद्यसँग भेट गरी माघ ५ गते पत्रकार सम्मेलनमा दाहालले भनेका थिए, ‘सहमति भएको भनेर बाहिर प्रचारबाजी भएको छ, त्यो हुँदै होइन, त्यसमा कुनै सत्यता छैन।' 
दाहालले ‘सहमति भएको दिन म आफैं उभिएर जानकारी दिन्छु' भन्दा छेउमा वैद्य सँगै थिए। तर, ‘सहमति धेरै विषयमा भएको थियो' भनेर उदाहरण नै पेस गर्ने बेलामा चाहिँ दाहालसँग वैद्य थिएनन। 
दाहालसहित मोर्चामा रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि ‘रिस्क' लिँदै संविधान निर्माणमा सक्रियता देखाइरहेका छन् । तर, दुवै नेतालाई पार्टीभित्र र मोर्चा आबद्ध दलहरूबाट चर्को दबाब आउने गरेको छ, जसका कारण ‘दृढ इच्छासहित स्वतन्त्र निर्णय गर्न' दुवै नेतालाई कठिन भइरहेको छ। 
विपक्षी मोर्चाका मुख्य नेतृत्वकर्ता दाहाल र गच्छदारलाई संविधानसभा बाहिर रहेका दल र तिनका नेताको खबरदारी बढी छ। ‘जसका कारण दुवै नेतालाई साहसिक निर्णय गर्न र लिन डर पैदा भएको देखिन्छ,' दुवै नेतानिकट एक मधेसी नेताले भने। उनका अनुसार दाहाललाई मुख्यतः वैद्य र चन्द तथा विभिन्न जातीय संगठन तथा गच्छदारलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस राष्ट्रिय अभियानका नेता जयप्रकाशप्रसाद गुप्तालगायतको बढी डर देखिन्छ। पछिल्लो समय दाहाल र गच्छदारलाई दबाब दिने समूहमा मातृका यादव, सरिता गिरीको समूह पनि थपिएका छन्। 
संविधान निर्माणका लागि साहसिक निर्णय लिने बेलामा सहयात्री दल न समाउन मिल्ने, न त छाड्न नै मिल्ने ‘भालुको कन्पट' जस्तै भएकाले पनि उनीहरू अप्ठेरोमा पर्दै आएका छन्। दाहाल र गच्छदारले मात्रै ‘दृढ इच्छासहित स्वतन्त्र निर्णय गर्न सके' मात्रै राष्ट्रिय अखण्डतालाई सुदृढ बनाउने लोकतान्त्रिक संविधान निर्माण हुन सक्ने र त्यसो गर्न नसके संविधान निर्माण प्रक्रिया ज्युँका त्युँ रहने दाहाल र गच्छदार निकटहरू नै बताउँछन्।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस