कञ्चनपुर, चैत २ - निर्धारित समयमै संविधान निर्माण गर्न जनदबाब सिर्जना गर्न भन्दै नेपाल विद्यार्थी सङ्घले सोमबार कञ्चनपुरबाट मेची-महाकाली यात्रा सुरु गरेको छ।
नेपाली काङ्ग्रेसमा धार्मिक सहिष्णुता र सामाजिक एकता कायम गराउन तथा नेपाली काङ्ग्रेसलाई युवाशक्तिका साथ मजबुत बनाउन यात्राको आयोजना गरिएको बताइएको छ। यात्राले पर्यटन वर्ष २०११ सफल बनाउन बन्द हडताल सदाका लागि अन्त्य गर्न सन्देश दिन सघाउ पुर्याउने नेविसङ्घका पूर्वअध्यक्ष कल्याणकुमार गुरुङले बताए।
मेचीको काँकडभिट्टा र कञ्चनपुरबाट एकैसाथ सुरु भएको सो यात्रा चितवनमा चैत ८ भेट हुने तथा चैत ९ गते संविधानसभा बाहिर दबाबमूलक सभाको आयोजना गरी समापन हुने बताइएको छ।
नेविसङ्घका महामन्त्री प्रतिमा गौतम र मनोजमणि आचार्यसहित यहाँबाट सुरु भएको यात्रामा ४१ जना सहभागी छन्। टोलीको नेतृत्व पूर्वअध्यक्ष गुरुङ र काकडभिट्टा टोलीको नेतृत्व नेविसङ्घका अध्यक्ष प्रदीप पौडेलले गरेका छन्। - रासस