सामाजिक उद्यमीसम्बन्धि ऐन र नीति बनाउने मन्त्री राईको प्रतिबद्धता
०६ फागुन २०७९
•
२ मिनेट पाठ
सामाजिक उद्यमीसम्बन्धि ऐन र नीति बनाउने मन्त्री राईको प्रतिबद्धता
भूमि व्यवस्था, सहकारी  तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको उद्घाटन गर्दै देशमा रोजगारी सिर्जना र समृद्धिका लागि सामाजिक उद्यमशिलता जरुरी रहेको बताएका छन्। सामाजिक उद्यमशिलताका लागि ऐन र नीति नियम तय गर्ने कुरामा उनले उद्यमीहरु र सामाजिक अभियान्ता माझ प्रतिबद्धता व्यक्त गरेका हुन्।  




राष्ट्रिय सामाजिक उद्यमी मञ्चको आयोजनामा यहि फागुन ३ गतेबाट  शुरु भएको ३ दिवशीय राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन २०७९  ‘जनता, पृथ्वी र समृद्धिका लागि सामाजिक उद्यमशिलतामैत्री प्रणालीको स्थापना गरौं’ भन्ने नाराका साथ काठमाडौं आज सम्पन्न भएको छ। आजको कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका नेता पार्वत गुरुङ्ग, नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैन सिंह महर, राष्ट्रिय योजना आयोगको सदस्य डा संगिता सिंह, गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, अन्तराष्ट्रिय गैर सरकारी संघका अध्यक्ष भगवान श्रेष्ठ तथा सामाजिक उद्यमीहरुले सामाजिक उद्यमशिलताको महत्वका बारेमा मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता  सामाजिक उद्यमी मञ्चका संयोजक अर्जुन भट्टराईले गरेका थिए। सामाजिक उद्यमशिलाको वर्तमान अवस्था, नीतिगत र कानुनी चूनौती बारेमा छलफल गरि आगामी दिनका लागि रणनीति तय गर्ने, सामाजिक उद्यमशिलताका बारेमा सचेतना बृद्धि गर्न, सामाजिक  उद्यमशिलता प्रवद्र्धनका लागि सहकार्य वृद्धि गर्ने सम्मेलनको मुख्य उद्धेश्यहरु थिए। 

सम्मेलनको शुरुवात फागुन ३ गते  शैक्षिक क्षेत्र र सामाजिक उद्यमशिलत छलफल अन्र्तक्रिया, विभिन्न क्याम्पसका कादम्वरी विद्यार्थी र शिक्षकहरुसँग छलफल तथा परामर्श, फागुन ४ गते सामाजिक उद्यमीहरुसँग भेटघाट र परामर्श आयोजना गरिएको थियो भने फागुन ५ गते  राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलनको आयोजना गरिएको छ। पहिलो  शत्रमा नीतिगत बहस र पैरवी भएको छ भने दोस्रो सत्रमा विभिन्न विषयगत प्रस्तृति रहेको थियो।
अर्को समाचार
प्रदेशमा गठबन्धनकै सरकार बन्छ: मुख्यमन्त्री राई
०५ पौष २०७९
•
१ मिनेट पाठ
प्रदेशमा गठबन्धनकै सरकार बन्छ:  मुख्यमन्त्री राई
प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेशमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन्। मंगलबार  नेपाल पत्रकार महासंघ प्रदेश १ को साधारणसभा उद्घाट कार्यक्रममा  बोल्दै मुख्यमन्त्री राईले प्रदेशमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका हुन्।




मुख्यमन्त्री राईले आफू पुनः मुख्यमन्त्री बने पनि नबने पनि सत्तारुढ गठबन्धनकै सरकार बन्ने र आफ्नो सरकारले थालेका कामहरूलाई नयाँ बन्ने सरकारले पुरा गर्ने स्पष्ट पारे। ‘फेरि पनि सत्तारुढ गठबन्धनकै सरकार बन्छ’ उनले भने ‘अहिलेको सरकारले थालेका कामलाई नयाँ सरकारले पुरा गर्छ।’  मुख्यमन्त्री राईले बजेटको सीमाका कारण आफूले सोचे अनुसारको र जनताले चाहना गरे अनुसारको काम गर्न कठिन भएको बताए।

राईले सञ्चार क्षेत्रमा पनि चाहे अनुसारको काम गर्न नसकिएको स्पष्ट पारे। उनले विभिन्न जिल्लामा पत्रकार महासंघका भवन निर्माणमा प्रदेश सरकारले सहयोग गरेको उल्लेख गरे। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले राजनीतिक तथा सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण  रहेको बताए।

यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवि पत्रकारको हकहित र अधिकारको रक्षाका लागि प्रदेश सरकार सँधै तत्पर रहेको बताए। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पत्रकारहरूको पेशागत सुरक्षाका लागि महासंघ सँधै लागि पर्ने बताए।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस