चुरे तथा वन जंगल संरक्षण अभियानले आज जनकपुरधाममा हजारौं दलित सुकुम्बासी उतारेर प्रदर्शन गरेको छ।
भूमिहिनलाई जग्गा उपलब्ध गराउ, दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे वन जंगल संरक्षण गर, चुरे अभियन्ताहरुमाथि लगाएको झुठा मुद्दा फिर्ता गर लगायतका ५ बुंदे माग राखेर दलित सुकुम्बासीहरु र चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुले प्रदर्शन गरेका हुन्। अभियानले यो आन्दोलनलाई 'जनआवाज आन्दोलन' नाम दिएको छ।
मधेशका सबै जिल्लाबाट आएका दलित सुकुम्बासीहरु जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय पनि घेराउ गरेका छन्।
पटक पटक आन्दोलन र आमरन अनशन बसेपछि प्रदेश सरकारले ७ बुंदे सम्झौता गरे पनि कार्यान्वयन नगरेपछि बाध्य भएर पुन: आन्दोलन गर्नुपरेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए।
उनका अनुसार प्रदर्शनमा सहभागीहरु आजदेखि अनिश्चितकालीन धर्ना समेत बस्नेछन्। माग पुरा नभएसम्म धर्ना जारी रहने उनीहरूले बताएका छन्।
काठमाडौं। नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ।
पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११:०० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो।
देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन्।
उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई सानेपास्थित केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनु पर्ने छ भने काठमाडौं उपत्यका बाहिर रहेका प्रतिनिधिहरूका लागि जुम प्रविधिमार्फत सहभागी हुने व्यवस्था मिलाइएको छ।
पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने र जनताका मुद्दाहरूसँग प्रत्यक्ष जोडिने उद्देश्यका साथ कांग्रेसले ७५३ वटै पालिकामा एकैसाथ यो अभियान परिचालन गर्न लागेको महामन्त्री डा डिला संग्रौलाले जानकारी दिइन्।
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...