काठमाडौं–बिहीबार १ बजेकालागि बोलाइएको व्यवस्थापिका संसद बैठक बस्दै नबसी स्थगित भएको छ। बुधबार अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचि थियो। तर संसद सचिवालयले आइतबार ११ बजेसम्मकालागि व्यवस्थापिका संसद बैठक स्थगित गरेको हो। विशेष परिस्थितिले बैठक स्थगित भएकाे सभामुख अाेनसरी घर्तीका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए। यसैबीच विशेष राजनीतिक कारण भन्दै सभामुख अाेनसरी घर्तीकाे जेनेभा भ्रमणसमेत स्थगित भएकाे छ। सभामुख शुक्रकार जेनेभा जाने कार्यकम थियाे।
अर्को समाचार
संसदमा पेश भएन महाअभियोग प्रस्ताव
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।
बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।

यो पनि पढौँ