कार्कीलाई कारबाही माग
०६ कार्तिक २०७३
•
५ मिनेट पाठ
कार्कीलाई कारबाही माग
काठमाडौं- विभिन्न राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठन तथा पेशागत संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कारबाही र उनीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्ताव पास गर्न माग गरेका छन्। महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा छन्।




बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, नेपाल पार्टीले  शुक्रबार विज्ञप्ति जारी गर्दै कार्कीको कार्यशैली गलत भएको जनाएको छ। संसदीय समितिले बोलाउँदा बयान दिन नजाने, न्यायपालिकाको काममा अवरोध खडा गर्नेजस्ता कार्कीका गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न कठिन हुने उसले स्पष्ट पारेको छ।

संवैधानिक अंगमा रहेका कुनै पनि अधिकारीले पदीय आचरणविरुद्ध काम नगरेमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न सार्वभौम संसद् सक्षम भएको उसले जनाएको छ। नयाँ शक्तिले आयोगको प्रमुखमा कार्कीको नियुक्ति प्रक्रियामै त्रुटि रहेकोसमेत बताएको छ।

नयाँ शक्तिले संसद्बाट सिधै नियुक्त हुने जनलोकपालको आवश्यकता भएको जनाएको छ। जनलोकपाल संसद्बाट नियुक्त हुने व्यवस्था भए राजनीतिक नेतृत्वप्रति उत्तरदायी नभई सिधै संसदप्रति उत्तरदायी हुने नयाँ शक्तिको भनाइ छ।

संवैधानिक पदमा 'हाम्रा हैन कि राम्रा र जनउत्तरदायी' व्यक्ति नियुक्त गर्नसमेत नयाँ शक्तिले आग्रह गरेको छ।

त्यस्तै विवेकशील, नेपालले पनि कार्कीलाई कारबाही माग गर्दै महाभियोग प्रस्ताव पास गराउन माग गरेको छ। विवेकशील नेपालले सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्ससँग मिलेर कार्कीलाई कारबाही गर्न दबाब दिन र्‍याली निकाल्ने भएको छ। कार्कीविरुद्ध दर्ता महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित गर्न संसद् तथा राजनीतिक दलहरूलाई दबाब दिने उद्देश्यले शनिबार बिहान ११ बजे माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गर्न लागिएको उसले जनाएको छ।

सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले पनि र्‍यालीमा सहभागी हुन राजनीतिक दल, बुद्धिजीवी, लेखक, कलाकार, पेसाकर्मी, नागरिक समाज, सञ्चारकर्मी, अभियन्ता सबैलाई अपिल गरेको छ। एक चौथाइभन्दा बढी सांसद महाभियोगको पक्षमा उभिएको सन्दर्भमा यो प्रक्रियालाई टुंगोमा पुर्‍याउन व्यापक जनसमर्थन आवश्यक पर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'तपाईं लोकतन्त्र वा लोकमानतन्त्रको पक्षमा उभिनु हुन्छ?, भोलि (शनिबार) को दबाब र्‍याली तपाईं–हाम्रा लागि निर्णायक हो।'

प्रजातान्त्रिक विचार समाजले पनि लोकतान्तिक संस्कार र पद्धतिका लागि कार्कीका विषयमा संसदमा दर्ता भएको महाभियोगलाई जनभवाना कदर हुनेगरी पारित गर्न माग गरेको छ। कार्कीले सर्वाेच्च अदालतको अपमान गर्दै कानुनी शासनको उपहास गरेको भन्दै समाजले उनीविरुद्ध कारबाही माग गरेको हो।

'कार्कीको विगत र वर्तमान क्रियाकलाप कानुनी शासन, लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेकाले संसद्मा समेत चर्को बहस चलिरहेकै छ। नेपालका कुनै पनि नागरिक संविधान र कानुनमाथि हुँदैनन् र छैनन्। सबैले कानुन पालना गर्नुपर्छ भन्ने समाजको दृढ मत छ,' विज्ञप्तिमा उल्लेख छ, 'त्यसकारण कार्कीउपर दर्ता महाभियोग प्रस्तावमाथि यथाशीघ्र जनभावनाको कदर गर्दै उचित निर्णय गरियोस्।'

यसैगरी, अधिवक्ता दिनेश त्रिपाठीको संयोजकत्वमा रहेको नागरिक समाज, युवा संघ, नेपाल, मानव अधिकार तथा शान्ति समाज, नेपाललगायतले कार्कीलाई कारबाही गर्न माग गरेका छन्।
अर्को समाचार
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कार्कीलाई तत्काल पक्राउ गर्न माग
०५ जेष्ठ २०८३
•
२ मिनेट पाठ
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कार्कीलाई तत्काल पक्राउ गर्न माग
जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्कीलाई भदौ २४ गते सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।




मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त माग गरिएको हो। विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार, सार्वजनिक भिडियो तथा तस्बिरहरूमा सांसद कार्की स्वयं संसद् भवन परिसरमा आगजनीमा संलग्न भएको देखिएको विज्ञप्तिमा भनिएको छ। यस्तै, उनले उक्त घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको र संलग्नताको संकेत दिएका थिए।

विज्ञप्तिमा भनिएको छ, 'राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको यस्तो हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो।'

सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको छ।

सुधन गुरुङ प्रकरणमा प्रश्न  

विज्ञप्तिमा थप भनिएको छ, 'साथै सुधन गुरुङलाई अहिलेसम्म पक्राउ नगरी, छानबिन नगरी सरकार के हेरेर बसेको छ? छानबिन गर्न प्रहरी छ, सरकारी वकिल कार्यालय छ, राजस्व अनुसन्धान विभाग छ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। किन छुट्टै समिति चाहियो?'

यस्तो छ जेनजी मुभमेन्ट नेपालको मागहरू:

- गृह मन्त्रालय र नेपाल प्रहरीले सांसद कृष्णकुमार कार्कीलाई तत्काल पक्राउ गरी आगजनी, तोडफोड तथा सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाओस्।

- राजनीतिक संरक्षण र दोषी उन्मुक्तिको संस्कृतिको अन्त्य गर्दै कानुनी राज्यको प्रत्याभूति गरियोस्।

- नाइजेरियन युवतीसँग सम्बन्धित आरोपको निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस्।

मुभमेन्टले निष्पक्ष अनुसन्धान, कानुनी शासन र दोषीमाथि अविलम्ब कारबाहीको माग गर्दै शान्तिपूर्ण तर प्रमाणमा आधारित छानबिनको पक्षमा रहेको जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस