भक्तपुर घ्यापेडांडामा समूहमा पिकनिक मनाउन आएकी प्रतिनिधि सभाकासांसद सहनाज रहमानको शनिबार निधन भएको छ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार आज १२ बजेर २५ मिनेटमा सांसद पिकनिक स्थलमा रहेको कुर्चीमा बसेकोमा एक्कासी लड्न जादा बेहोस भएकी थिईन । घटनापछि उपचारको लागि नजिकैको मध्यपुर अस्पताल लगेकोमा उपचारको क्रममा उनको सवा एक बजे मुत्यु भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।
एसपी केसीका अनुसार जिल्लाको सूर्यबिनायक नगरपालिका ८ घ्यापेडांडामा जनता समाजवादी पार्टी नेपाल गैरभौगोलिक विशेष प्रदेश समिति, बौद्रिक पेशाकर्मी समितिको आयोजनामा होली मिलन तथा वनभोज र परिचयात्मक कार्यक्रममा आयोजना भएको थियो।
त्यही क्रममा जसपा नेपालको संघीय समानुपातिक सांसद झापा भद्रपुर नगरपालिका ६ फुलबारी स्थायी घर भई हाल मध्यबानेश्वर काठमाडौ बस्ने बर्ष ६४ की रहमान लगायत ४६ जनाको टोली पिकनिक खान आएका थिए । घटनास्थल प्रहरी वृत्त जगाती भक्तपुरबाट ७ किलोमिटर दक्षिण पश्चिम पर्दछ।