प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तारमा चुनौती,उपप्रधानमन्त्री मात्र ८ जना पुग्ने सम्भावना
२१ फागुन २०७९
•
४ मिनेट पाठ
प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तारमा चुनौती,उपप्रधानमन्त्री मात्र ८ जना पुग्ने सम्भावना
फाइल तस्बिर
आठ दलिय गठबन्धन जोगाएर राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने रणनीतिमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद विस्तार गर्न भने चुनौती खडा भएको छ।

त्यसो त उनले मन्त्रिमण्डल विस्तारको काम राष्ट्रपति निर्वाचन पछिलाई सारेका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुदैछ।

आठ दलीय गठबन्धनलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने हुँदा उपप्रधानमन्त्रीको संख्या आठ जना पुग्ने सम्भावना देखिएको छ। पुस १० मा एमालेसहित सात दल सम्मिलित समीकरणमा ४ जना उपप्रधानमन्त्री थिए।  

अहिले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मात्रै उपप्रधानमन्त्री छन्। उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री पनि हुन्। आठ दलमध्ये माओवादी केन्द्रले यसअघि नै उपप्रधानमन्त्री लिइसकेकाले बाँकी सात दलले पनि उपप्रधानमन्त्री मागिरहेका छन्। आठ दलमध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी ९नेकपा एस०, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई उपप्रधानमन्त्री दिनुपर्ने बाध्यता छ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि उपप्रधानमन्त्री मागिरहेको बताइएको छ। नाउपाले केही मन्त्रालयका साथै कैलाली जिल्लालाई टुक्र्याएर टीकापुरलाई छुट्टै जिल्ला बनाउनुपर्ने लगायत माग अघि सारेको छ। संस्थापक सल्लाहकार रेशम चौधरीको मुद्दा फिर्ता लिनुपर्ने मुख्य सर्त त छँदैछ।  

‘संसद्मा चार सिट रहेको नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरिसकेको छ,’ स्रोतले भन्यो। यस्तै सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी भएको अवस्थामा उनीहरूलाई पनि उपप्रधानमन्त्री दिनैपर्ने बाध्यतामा दाहाल हुनेछन्।

यसअघिको सातदलीय गठबन्धनमा एमालेबाट एक, रास्वपाबाट एक र राप्रपाबाट एक उपप्रधानमन्त्री थिए। पहिलेकै गठबन्धनमा रहेको र अहिले पनि गठबन्धनमा सहभागी भएको जनमत पार्टीले पनि उपप्रधानमन्त्रीमा दाबी गरिसकेको छ। जनमत पार्टीका तर्फबाट खानेपानीमन्त्री रहेका अब्दुल खाँले त उपप्रधानमन्त्रीसहित जनमत पार्टीका अध्यक्ष डा। सिके राउत सरकारमा सहभागी हुने अभिव्यक्ति सार्वजनिक रूपमै दिइसकेका छन्।  

बिहीबारको सांसद अभिमुखीकरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन्। त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादव सांसद भएर उपप्रधानमन्त्रीमा आउने सम्भावना छ। जसपाले बारा–२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएर त्यहाँ उपनिर्वाचन हुँदा अध्यक्ष यादवलाई चुनाव जिताएर उपप्रधानमन्त्री सहित सरकारमा सहभागी गराउने तयारी गरिरहेको छ।

नेकपा एसले अहिलेको गठबन्धन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको मागदाबी गरेको छ। प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी सरकारमा सहभागी हुने धारणा राखे। ‘सरकारमा जानुपर्छ भन्ने साथीहरूको  मत छ तर कुन रूपमा जाने भन्नेबारे यकिन भएको छैन तर गठबन्धन बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकै कारण नेकपा एस महत्त्वपूर्ण मन्त्रालय र भूमिकासहित सरकारमा सहभागी हुनेछ,’ खतिवडाले भने। संसद्मा नेकपा एसका १० सांसद छन्।

अहिले संसद्मा ३२ सिट भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ। संसद्मा ८९ सिट भएको कांग्रेसले उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालय लिने सम्भावना छ। राष्ट्रपतिको निर्वाचनअघि सरकार विस्तार नहुने भएकाले दलहरूले औपचारिक रूपमा सरकारमा सहभागी हुने विषयमा छलफल गरेका छैनन्। अहिले राष्ट्रिय जनमोर्चा पार्टी ९राजमो० ले सरकारमा जाने इच्छा देखाएको छैन। यदि राजमो सरकारमा जान चाहेको खण्डमा अध्यक्ष चित्रबहादुर केसी नै सहभागी हुने भएकाले उनलाई उपप्रधानमन्त्री दिनैपर्ने हुन्छ।

२०७२ सालमा केपी ओली प्रधानमन्त्री भएका बेला उनी उपप्रधानमन्त्री भइसकेका छन्। चार सिट रहेको नाउपाले उपप्रधानमन्त्री दाबी गरिरहँदा चार सिट नै रहेको लोसपाले पनि उपप्रधानमन्त्रीमा दाबी गर्ने भएको छ। यसरी अघिल्लो गठबन्धनभन्दा अहिलको गठबन्धनमा उपप्रधानमन्त्रीहरू बढी हुने सम्भावना छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार अहिले नै सरकार विस्तारको कसरत भएको छैन।

राष्ट्रपतिको निर्वाचनपछि भने दलीय सहमतिका आधारमा सरकार पुनर्गठन र विश्वासको मत लिने काम हुने उनले बताए। ‘अहिले राष्ट्रपतिका लागि मत माग्ने समय चलिरहेको छ। सहकार्यमा रहेका प्रमुख दलहरूबीच छलफल भएपछि मात्रै सरकार पुनर्गठन हुनेछ। तत्काल मन्त्रिपरिषद् विस्तार हुने अवस्था छैन, राष्ट्रपतिको निर्वाचन सकिएपछि भने तुरुन्तै हुन सक्छ,’ गजुरेलले भने।

सरकार गठन कसरी हुने भनेर चासो र चर्चा भइरहेका बेला नेकपा एसले गृह मन्त्रालय मागेर माओवादी केन्द्रलाई अप्ठेरोमा पारेको छ। आलोपालो प्रणालीअन्तर्गत सरकार चलाउँदा अर्कोपटक अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री भए अर्को पार्टीलाई दिन सकिने गरी नेकपा एसले गृह मन्त्रालयमा दाबी गरेको हो। गृह माओवादी आफैंले राख्ने भन्दै त्यहाँका कर्मचारीलाई आफूअनुकूल हुनेगरी सरुवा गरिसकिएको स्थिति छ। तर नेकपा एसले गृह मागेपछि प्रधानमन्त्री दाहाल दोधारमा परेका छन्।

माओवादी केन्द्रले गृह मन्त्रालय लिए भौतिक मन्त्रालय छाडेर नारायणकाजी श्रेष्ठ गृहमा आउने सम्भावना छ। गृहमा यसअघि पनि श्रेष्ठले रुचि राखेका थिए। एमालेसहित बनेको गठबन्धनमा श्रेष्ठले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रुचि राखे पनि रास्वपाका सभापति रवि लामिछानेले गृह तथा उपप्रधानमन्त्री नछाडेपछि श्रेष्ठका भागमा भौतिक मन्त्रालय परेको थियो। ‘गृह मन्त्रालय माओवादी आफैंले राख्न खोजेको छ। अर्थसहित अन्य मन्त्रालय अन्य दललाई दिने तर प्रधानमन्त्री आफैंले गृह मन्त्रालय माओवादी केन्द्रका कुनै नेतालाई दिन चाहेको देखिन्छ,’ माओवादीका एक पदाधिकारीले भने।
अर्को समाचार
राष्ट्रिय विकास परिषद्को बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिइने
१३ वैशाख २०८१
•
१ मिनेट पाठ
राष्ट्रिय विकास परिषद्को बैठक बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिइने
राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बस्ने बैठक बिहान ८ बजे होटल याक एन्ड यतिमा सुरु हुनेछ।

राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामाथि छलफलका लागि बैठक बोलाइएको हो। बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिने तयारी गरिएको छ।

बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको मस्यौदा प्रस्तुत गर्नेछन्। त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिनेछन्।

उद्घाटन सत्र समापन भएपछि विषयक्षेत्रगत छलफलको सत्र सुरु हुने बताइएको छ। छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस