पूर्व मन्त्री पाण्डेको कम्पनी 'पुल अलपत्र छोडेर सम्पर्कविहीन', मन्त्री किराँतीले गरे फोन
२१ फागुन २०७९
•
३ मिनेट पाठ
पूर्व मन्त्री पाण्डेको कम्पनी 'पुल अलपत्र छोडेर सम्पर्कविहीन', मन्त्री किराँतीले गरे फोन
पुर्वमन्त्री बिक्रम पाण्डेको कम्पनीले अलपत्र छोडेको चुहारको पुल।
दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोशी नदीमाथि मोटरेवल पुलको शिलान्यास हुँदा स्थानीय औधी खुसी थिए।




दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुल तेस्रो वर्ष लागिसक्दा पनि नबन्दा स्थानीयको खुसी निराशामा परिणत भएको छ। उदयपुर र भोजपुर दुईतिर पिलर थोरै मात्र उठाएर ठेकेदार कम्पनी गायब छ। 

तोकिएको समयमा काम सम्पन्न नगरे पनि कम्पनीलाई फेरि एक वर्ष म्याद थपियो, तर आधा वर्ष बितिसक्दा पनि फिल्डमा निर्माणको काम अघि बढेको छैन। अहिले भोजपुरका जनतामा निराशा र आक्रोश मात्र छैन, ठेकेदार नै सम्पर्कविहीन भइदिँदा निर्वाचित जनप्रतिनिधिहरू जनतालाई जवाफ दिन नसक्ने अवस्थामा छन्। यो पुल प्रदेश सरकार अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबाट ठेक्का लागेको हो।

मोटरबोटबाट सप्तकोशी तरेर पुल अनुगमन गर्न जादै मन्त्री सुदन किरातीसहितको टोली। 
प्रदेश सरकारले बजेट विनियोजन गरेपछि पुलको ठेक्का काठमाण्डौंको कालिका प्यासिफिक जेभिले पारेको थियो। कालिका प्यासिफिक जेभी राप्रपाका सांसद तथा हालै सरकारबाट हटेका मन्त्री विक्रम पाण्डेको कम्पनी हो। सरकारको मन्त्रीसमेत भइसकेका पाण्डेको कम्पनीले कस्तो काम गर्छ भन्ने उदाहरण यो पुललाई हेरे हुन्छ। पुलको शिलान्यास तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका थिए। यो पुलको लागी भ्याटसहित २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँको ठेक्का सम्झौता भएको थियो। पुलको ठेक्का सम्झौता २०७७ असोज २१ गते भएको थियो भने २०७९ कार्तिक ४ सम्म काम सम्पन्न गर्ने अवधि थियो। 

चौतर्फी दबाब पछि दुई साताअघि फागुन १० गते निर्देशनालयले ठेकेदार कम्पनीलाई बोलाएको थियो। प्रतिनिधि आएर एक साताभित्र फागुन १७ देखि काम सुरु गर्ने प्रतिबद्धता जनाएको थियो। तर, आइतबार भोजपुरबाट निर्वाचित सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्री सुदन किराँती स्थलगत अनुगमनमा चुहार पुग्दा पुल निर्माणको काम भएको थिएन। निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्ण, इन्जिनियर लक्ष्मीप्रसाद सापकोटालाई लिएर चतराबाट मोटर बाटो हुँदै मन्त्री किराँती अनुगमनमा पुगेका थिए।

हारमा पुल अनुमन गर्दै मन्त्री सुदन किराती। 
मन्त्री किरातीले निर्माण कम्पनी पूर्वमन्त्री विक्रम पाण्डेको भएको थाह पाएपछि तत्काल पाण्डेलाई फोन गरेर पुल निर्माणको काम तत्काल सुचारु गर्न आग्रह गरे। ‘यो पुल नबनेसम्म भोजपुरको आर्थिक विकास हुन सक्दैन, अहिले धेरै क्षति व्यहोरिरहेको छ, ’मन्त्री किरातीले भने, ‘यो हाम्रो लाइफलाइन हो। सबैले आआफ्नो ठाउँबाट पहल गरौँ। म केन्द्रमा कस्छुँ। विक्रम पाण्डेलाई बोलाएको छु, म कुरा गर्छु। यही वर्षभित्र बनाइसक्ने गरी काम अघिबढ्नुपर्छ।’

यातायात पूर्वाधार निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्णले पुलको आवश्यकता र महत्त्व सबैले आत्मसात् गरे पनि निर्माण कम्पनीबाट ढिलासुस्ती भइरहेको बताए। मन्त्रीले पनि विक्रम पाण्डेलाई फोन गरेको र तत्कालै पुनः निर्देशनालयबाट पनि पत्राचार गरेर निर्माण सुचारु गर्न पहल गर्ने उनले बताए। ‘मन्त्री ज्यु आफैले पूर्व मन्त्री विक्रम पाण्डेलाई फोन गर्नुभएको छ। हामीले पनि पहल गरिरहेका छौँ, फेरि पत्राचार गरे। शीघ्रताको साथ काम सक्न पहल गछौं,’उनले भने।

भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष सुनिता किरातीले पुल निर्माण नहुँदा कृषकहरूको उब्जनी बजारसम्म पुर्‍याउन नसकेर कुहिएर खेर गइरहेको बताइन्। स्थानीय जनताले पुल नबनेकै कारण जनप्रतिनिधिहरूलाई बाटो छेकेर आक्रोश पोख्ने गरेको भन्दै उनले गम्भीरतापूर्वक लिएर काम गर्न पनि आग्रह गरिन्। ‘यो पुल जसरी हुन्छ, बन्नु नै पर्छ, ’उनले भनिन्।

हतुवागढीका रमेश हतुवाली चैत र वैशाखभित्र ठेकेदारले निर्माण सामग्री नलगेमा कार्तिक पछि मात्र सहज हुने बताउँछन्। जेठ पछि वर्षा सुरु हुने र बाटो हिलामय भएर सामग्री ढुवानी हुनै नसक्ने उनले बताए। ‘जेठपछि वर्षाले बाटो हिलो हुन्छ, र सामान ढुवानी हुन सक्दैन। कार्तिक पछि मात्र बाटो खुल्छ, यसरी त ६ महिनामा कसरी पुल बन्छ ?’उनले भने। यो पुल निर्माण हुँदा खोटाङको चिसापानी, भोजपुरको सदरमुकामबाट दिङ्ला हुँदै सङ्खुवासभा पनि जोडिने उनले बताए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२९ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस