'एक चीन नीतिमा नेपाल दृढ'
२४ कार्तिक २०७३
•
५ मिनेट पाठ
'एक चीन नीतिमा नेपाल दृढ'
काठमाडौं–परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र नेपालका नेता एक चीन नीतिमा प्रतिबद्ध भएको बताएका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार साँझ सञ्चारकर्मीसँग परराष्ट्रमन्त्री महतले भने, ‘एक चीन नीतिप्रति कुनै दुविधा छैन । हामीले यसमा पटकपटक प्रतिबद्धता व्यक्त गर्दै आएका छौं । न चीन सरकारलाई नेपालको एक चीन नीतिप्रति शंका छ ।’




महतले यस विषयमा नेपाल सरकारसँग चिनियाँ दूतावासले कुनै जवाफ नमागेको पनि बताए । उनले सरकार, सत्तारुढ दलका नेता र मन्त्री कोही पनि चीनविरोधी गतिविधिमा नलागेको दाबी गरे ।

यसैबीच, परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ दूतावासका अधिकारीलाई सोमबार मन्त्रालयमा बोलाएर नेपाल एक चीन नीतिप्रति अडिग रहेको स्पष्ट पारेका छन् । ‘हामीले दूतावासका अधिकारीलाई असन्तुष्ट भएको हो भनेर सोध्यौं,’ महतले भने, ‘होइन भन्ने जवाफ आएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय नहुँदै यहाँको सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको विषय, चीनको चर्को आलोचना गर्ने भारतीय गैरसरकारी संस्थाको कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता, भारत निर्वासित तिब्बती नेता सामेल कार्यक्रममा देउवाको उपस्थिति, नेपाल आर्ट काउन्सिलको कार्यक्रममा ताइवानको झन्डा राखिएको र गृहमन्त्री विमलेन्द्र निधिका गतिविधिप्रति आपत्ति जनाउँदै एक चीन नीतिसम्बन्धी धारणा मागेको थियो ।

नेपाल आर्ट काउन्सिलमा भएको कार्यक्रममा ताइवानी झन्डा राखिएको विषयमा चिनियाँ दूतावासले जानकारी गराएपछि हटाउन लगाएको मन्त्री महतले बताए । ‘आर्ट काउन्सिलको कार्यक्रममा ताइवानको झन्डा राखिएको विषयमा दूतावासबाट परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको थियो,’ उनले भने, ‘गृह मन्त्रालयमार्फत कार्यक्रमस्थल पुग्दा ती झन्डा हटाएको भेटियो । बिनाकारण मन्त्रीलाई विवादमा तान्ने काम भएको छ ।’

काउन्सिलमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनमा ताइवानलाई स्वतन्त्र देशका रुपमा प्रस्तुत गर्दै उसको झन्डा राखिएको थियो । चिनियाँ अधिकारीले परराष्ट्र मन्त्रालयमा त्यो विषयमा आपत्ति जनाएपछि मन्त्री महतले प्रहरी महानिरीक्षकलाई फोन गरेर झन्डा हटाउन निर्देशन दिएका थिए ।

‘प्रहरी कार्यक्रमस्थल पुग्दा कार्यक्रम सकिइसकेको थियो,’ प्रहरीका एक अधिकारीले भने, ‘भोलिपल्ट कार्यक्रम हुँदा ताइवानको झन्डा राखिएको थिएन ।’ माओत्से तुङको नेतृत्वमा चीनमा भएको जनवादी क्रान्तिपछि पराजित कोमिन्ताङ पार्टीका सदस्यहरू ताइवानमा बस्दै आएका छन् । नेपालले ताइवानलाई चीनको अभिन्न अंग मान्दै आएको छ ।

मन्त्री महतले नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवा सहभागी भारतको गोवामा आयोजित एक कार्यक्रममा तिब्बतबाट निर्वासित नेताहरू नभएकोे बताए । सत्तारुढ भारतीय जनता पार्टी निकट ‘इन्डिया फाउन्डेसन’ ले आयोजना गरेको कार्यक्रममा देउवा प्रमुख वक्ता रहेका बेला  तिब्बतबाट निर्वासित नेता नभएको उनले प्रस्ट पारे । तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोप्सान साङे वक्ता रहेको सो कार्यक्रममा तिब्बतका धर्मगुरु दलाई लामाले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेको बताइएको छ ।

‘शेरबहादुर देउवा एक चीन नीतिमा प्रतिबद्ध हुनुहुन्छ । उहाँले एउटै मञ्चमा निर्वासित तिब्बती नेतासँग अन्तक्र्रिया गर्नुभएको छैन,’ महतले भने, ‘यो नियोजित रुपमा प्रचार भएको छ ।’
अर्को समाचार
नेपालद्वारा फेरि एकपटक चिनियाँ सहायक विदेशमन्त्री सामु ‘एक चीन नीतिमा दृढ' रहेको प्रतिवद्धता व्यक्त
१२ जेष्ठ २०७९
•
२ मिनेट पाठ
नेपालद्वारा फेरि एकपटक चिनियाँ सहायक विदेशमन्त्री सामु ‘एक चीन नीतिमा दृढ' रहेको प्रतिवद्धता व्यक्त
नेपालले फेरि एकपटक नेपाल एक चीन नीतीमा दृढ रहेको र चीन विरोधी पृथकतावादी गतिविधिका लागि कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको छ।




चीन–नेपालको १४औँ चरणको बैठकमा चिनियाँ सहायक विदेशमन्त्री वु जियाङहाओसँगको भर्चुअल भेटमा नेपाली पक्षले उक्त प्रतिवद्धता जनाएको चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ। बुधबार कूटनीतिक परामर्श भएको थियो।

चीन र नेपाल असल छिमेकी र एकअर्कालाई सहयोग, सम्मान र विश्वास गर्ने मित्र हुन्। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले एकअर्काको देशमा भ्रमण गरे र द्विपक्षीय सम्बन्धलाई पारस्परिक विकास र समृद्धिका लागि रणनीतिक साझेदारीमा स्तरोन्नति गरेका थिए।

‘घनिष्ठ छिमेकी र प्रिय मित्रका रूपमा चीन र नेपालले आफ्नो परम्परागत मित्रतालाई बढावा दिनुपर्छ र एकअर्कालाई समर्थन गर्न दृढ उभिनुपर्छ,’ चिनियाँ सहायक विदेशमन्त्री वु जियाङहाओले भर्चुअल भेटमा भनेका छन्।  

उनले महामारी रोकथाम, उच्च गुणस्तरको बेल्ट एण्ड रोड इनिसिएटिभ निर्माण गर्ने र विभिन्न क्षेत्रमा घनिष्ट सञ्चार कायम राख्न दुवै पक्षको सहकार्यलाई बलियो बनाउनुपर्ने बताए।  

नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालले चीनसँगको सम्बन्धलाई निकै महत्व दिएको बताउँदै द्विपक्षीय विकासमा सन्तुष्टि र विश्वास व्यक्त गरे।

सचिव पौडेलले नेपाल एक चीन सिद्धान्तमा दृढताका साथ लागिरहेको र चीन विरोधी पृथकतावादी गतिविधिका लागि कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने बताए। उनले नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभमा सक्रिय सहभागिता जनाउने, विभिन्न तहमा सञ्चारलाई सुदृढ गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा चीनसँग समन्वय गर्ने बताए।

दुवै पक्षले भावी व्यापार तथा लगानी, अन्तरसम्बन्ध, कानून प्रवर्तन र सुरक्षा र मानवीय आदानप्रदानका क्षेत्रमा सहयोग र योजनाका बारेमा पनि विचार आदानप्रदान गरेका छन्।

मार्चमा, चिनियाँ स्टेट काउन्सिलर र विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरे, जुन २०२१ जुलाईमा नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि चिनियाँ प्रतिनिधिमण्डलको उच्चस्तरीय भ्रमण हो। नेपालले अमेरिककासँग ५० करोड डलरको एमसीसी सम्झौता गरेपछि यो भ्रमण भएको हो।

भ्रमणका क्रममा वाङले नेपालको मामिला जनताले नै निर्णय गर्नुपर्छ भन्ने चीनको विश्वास रहेको र नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा आँच पुर्‍याउने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र भूराजनीतिक खेलमा संलग्न हुने कुनै पनि प्रयासको चीनले विरोध गर्ने बताए।

फेब्रुअरीमा, बीबीसीले रिपोर्ट गर्यो कि, 'बीबीसीमा लीक भएको नेपाल सरकारको रिपोर्ट अनुसार चीनले सुदूरपश्चिमको हुम्ला जिल्लाको दुई देशको साझा सिमानामा अतिक्रमण गरेको नेपालले आरोप लगाएको छ।'

यद्यपि, ग्लोबल टाइम्सले २०२० देखि दाबीहरू उठेको र नेपालको कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले बारम्बार खण्डन गरेको पाएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस