काठमाडौं—नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण पूरा गरी आज बुधबार नेपाल फर्किंदैछन्। नेपाल वायु सेवा निगमको विमानबाट उनी मध्यान्ह १२ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछन्।
भारतमा रहँदा सभापति उनी इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको सेमिनारमा प्रमुख वक्ताको रुपमा सहभागी भएका थिए। नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा नेहरु मेमोरियल लेक्चर दिएका उनलाई सो विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।
नेपाल फर्किने अघिल्लो दिन मंगलाबार सभापति देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। भारतीय प्रधानमन्त्रीसँग उनले नेपालको राजनीति तथा भूकम्पपछिको पुनःनिर्माणको विषयमा छलफल गरेका थिए।