यसरी ढाँटे देउवाले
२६ कार्तिक २०७३
•
८ मिनेट पाठ
यसरी ढाँटे देउवाले
काठमाडौं- नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घन्टा बित्न नपाउँदै तिब्बती नेतासँगै बसेको उनको फोटो सार्वजनिक भएको छ। इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिब्बती निर्वासन सरकारका प्रमुख (प्रधानमन्त्री) लोप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बिहीबार बाहिर आएको हो।

देउवाले भारतमा साङेसँग भेटवार्ता गरेको भन्दै चीनले नेपालसँग असन्तुष्टि जनाएपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरी देउवाले त्यस्तो भेटवार्ता नगरेको भन्दै बचाउ गरेका थिए। भारत भ्रमणबाट बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा देउवाले पनि कुनै तिब्बती नेतासँग आफ्नो भेट नभएको दाबी गरेका थिए।

फाउन्डेसनको कार्यक्रमस्थलको दर्शकदीर्घामा देउवा र साङे सँगै बसेको फोटो साउथ एसिया चेकले सार्वजनिक गरेको हो। तिब्बती निर्वासन सरकारप्रमुखसँगको भेटबारे सरकार र देउवा दुवैले अस्वीकार गरेको भए पनि फोटो सार्वजनिक भएपछि उनीहरुबीच भेट भएको पुष्टि भएको छ।

उक्त फोटोबारे जिज्ञासा राख्दा परराष्ट्रमन्त्री महतले भने देउवाले तिब्बती शरणार्थी नेतासँग भेट नगरेको पुरानै दाबी दोहोर्‍याए। 'फोटोमा चिनियाँजस्तो देखिने मान्छे देउवाजीसँगै बसेको देखिन्छ, थाहा छैन उनी को हुन्। कार्यक्रममा को को आएर बस्छ कसले ठेक्का लिन सक्छ?,' परराष्ट्रमन्त्री महतले आक्रोशित हुँदै नागरिकसँग प्रतिक्रिया जनाए, 'दर्शकदीर्घामा त जो पनि बस्छन्। कुन बेला को आएर आडमा बस्छ, त्यसको जिम्मा किन देउवाजीले लिनुपर्ने?'

देउवा र साङे सँगै बसेको फोटोको आधिकारिकतामाथि उनले शंका गरे। सार्वजनिक फोटो कम्प्युटरको सहयोगले जोडेको पनि हुन सक्ने उनको संशय थियो। परराष्ट्रमन्त्री महतले भने, 'देउवाजी कार्यक्रमको स्टेजमा तिब्बती नेतासँगै बस्नुभएको छैन। आडमा को मान्छे आएर बस्यो, उहाँ (देउवा) लाई थाहा छैन। आडमा बसेको मान्छे तिब्बती निर्वासन सरकारप्रमुख नै हुन् भनेर कसरी चिन्ने?'

कांग्रेस सभापति देउवा कात्तिक ४ गते फाउन्डेसनले गोवामा आयोजना गरेको 'इन्डिया आइडियाज कन्क्लेभ २०१६' मा सहभागी भएका थिए। कार्यक्रमलाई तिब्बती निर्वासित धार्मिक गुरु दलाई लामाले भिडियोमार्फत सम्बोधन गरेका थिए भने तिब्बती निर्वासन सरकारप्रमुख साङेले प्रत्यक्ष उपस्थित भई कार्यक्रमलाई सम्बोधन गरेका थिए। गोवामा कार्यक्रमका दौरान देउवा र तिब्बती निर्वासन सरकारप्रमुखबीच भेट भएको जानकारी पाएपछि चीनले त्यस विषयमा नेपाल सरकारसँग असन्तुष्टि व्यक्त गरेको थियो। नेपालले तिब्बत र ताइवानलाई चीनकै अभिन्न अंग मान्दै आएको छ।

'एक चीन नीति' अँगालेको नेपालका नेताले तिब्बती शरणार्थीलाई भेटेको र राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित एक कार्यक्रममा ताइवानको झन्डा राखिएको भन्दै चीनले आपत्ति जनाएको थियो। देउवा भारत गई तिब्बती शरणार्थी नेता भेटेको खबर बाहिर आएपछि कांग्रेसका अन्य नेता रामचन्द्र पौडेल र महामन्त्री शंशाक कोइरालाले समेत असन्तुष्टि जनाउँदै कांग्रेस एक चीन नीतिमा अडिग रहेको बताएका थिए। चीनले आपत्ति जनाएपछि परराष्ट्रमन्त्री महतले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए भने देउवाले पनि एक चीन नीतिलाई कांग्रेसले नछाडेको जनाएका थिए।

पछिल्ला दिन नेपालभित्र भएका गतिविधि र मन्त्री तथा नेताका क्रियाकलापलाई लिएर चीनले असन्तुष्टि व्यक्त गर्दै आएको। खासगरी केपी शर्मा ओली सरकार परिवर्तनसँगै नेपाल–चीन सम्बन्धमा दुरी बढेको महसुस चीनले गर्दै आएको छ। चीनको छिङआई प्रान्तका सार्वजनिक सुरक्षा मामिला प्रमुख वाङ चोङसङको नेतृत्वमा कात्तिक १५ देखि १८ सम्म नेपाल भ्रमण गरेको एक चिनियाँ टोलीलाई गृह मन्त्रालयका उच्च अधिकारी भेट नदिएपछि चीनको असन्तुष्टि झनै बढेको छ।

'भ्रमणका बेला भेट मागेका सबै व्यक्तिसँग भेट पाइन्छ भन्ने हुँदैन। फुर्सद भए भेटका लागि समय दिने हो,' परराष्ट्रमन्त्री महतले भने, 'चिनियाँ टोलीलाई जे विषयका लागि निम्ता गरिएको थियो, सम्बन्धित व्यक्तिसँग भेट गर्न दिइएको छ। एउटा सन्दर्भमा आउने, अर्को सन्दर्भमा भेट माग्दा समयका कारण भेट दिइएन भने त्यसलाई अपमानका रुपमा बुझ्नु हुँदैन।'

वाणिज्यमन्त्री रोमी गौचनले कात्तिक २ गते नेपाल आएका चिनियाँ उद्योग तथा वाणिज्यमन्त्री चाङ माओलाई भेट नदिँदा पनि चीन असन्तुष्ट बनेको छ। माओ फर्केलगत्तै कात्तिक २१ देखि २३ गते चीनको ल्हासामा हुने भनी मिति तोकिसकेको नेपाल–चीन बैठक स्थगित गरेको चीनले घोषणा गर्‍यो। बैठकमा ओली सरकारका पालामा नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौता कार्यान्वयन गर्न आवश्यक प्रोटोकललाई अन्तिम रुप दिने तयारी गरिएको थियो।

'प्रोटोकल बैठक स्थगित भएको घोषणा चीनले गरेको हो। त्यसमा नेपाल सरकार जिम्मेवार हुँदैन, हामी त तयारी अवस्थामा थियौं,' परराष्ट्रमन्त्री महतले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस